जेरुसेलम । इजरायलको मोसाद गुप्तचर निकायका २५० भन्दा बढी पूर्व अधिकारीले गाजा पट्टीमा जारी युद्ध तत्काल अन्त्य गर्न र त्यहाँ रहेका इजरायली बन्धकहरूको रिहाईका लागि आग्रह गरेका छन् ।
उनीहरूले एक पत्रमा हस्ताक्षर गरी युद्ध अन्त्य र बन्धकको रिहाईका लागि आग्रह गरेको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले आइतबार जनाएको छ ।
मोसादका तीन जना पूर्व प्रमुख डानी याटोम, एफ्रेम हालेभी र तामिर पार्डोका साथै उक्त सेवाबाट निवृत्त भएका अन्य दर्जनौं अनुभवी अधिकारीले हस्ताक्षर गरेका छन् ।
मोसादका पूर्व सदस्यहरूले पत्रमा भनेका छन्, “निरन्तरको लडाईंले बन्धक र हाम्रा सैनिकको जीवनलाई खतरामा पार्छ र त्यो दुःखको अन्त्य गर्ने सम्झौतामा पुग्नका लागि सबै सम्भावनाहरू खोजिनुपर्छ । साहसी निर्णय गर्न र देशको सुरक्षाका लागि जिम्मेवार भएर काम गर्न हामी सरकारलाई आह्वान गर्दछौँ ।”
उनीहरूले आरक्षित वा सेवानिवृत्त सयौँ सैन्य एयर सदस्यहरूको पक्षमा समर्थन व्यक्त गर्दै शत्रुताको अन्त्य र बन्धकहरूको फिर्तीका लागि आह्वान गरेका हुन् ।
बिहीबार एयर क्रूहरूको पत्र प्रकाशित भएपछि इजरायली वायु सेनाका कमान्डर टोमर बारले हस्ताक्षरकर्ताहरूमध्ये सक्रिय रिजर्भिस्टहरूको सेवा समाप्त गर्ने निर्णय गर्नुभएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बर्खास्तीको निर्णयको समर्थन गर्दै हस्ताक्षरकर्ताहरूलाई ‘साना अतिवादी समूह’ को संज्ञा दिनुभएको छ भने उनीहरूले ‘इजरायली समाजलाई भित्रबाट तोड्न’ प्रयास गरिरहेको बताउनुभएको छ ।
आइतबार पनि करिब २०० इजरायली सैन्य चिकित्सकले युद्ध रोक्न र बन्धकहरूलाई घर फर्काउन माग गर्दै एउटा निवेदनमा हस्ताक्षर गरेको पत्रको प्रतिलिपि प्रकाशित गर्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
“गाजामा जारी लडाईंको मुख्य उद्देश्य कुनै सुरक्षा उद्देश्य बिना राजनीतिक र व्यक्तिगत स्वार्थ पूरा गर्नु हो र यसले सैनिक र बन्धकहरूको जीवनलाई खतरामा पार्छ,” विज्ञप्तिमा भनिएको छ ।
हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणका क्रममा २५१ जनालाई गाजामा बन्धक बनाएको थियो । हाल गाजामा ५९ जना इजरायली बन्धक रहेका छन् र तीमध्ये २४ जना अझै जीवित रहेको अनुमान गरिएको छ ।
इजरायल र हमासबीच गत जनवरीमा तीन चरणको युद्धविराम सम्झौता भएको थियो । तर पहिलो छ हप्ताको वार्ता मार्च १ मा सकिएपछि दोस्रो चरणको वार्तामा गतिरोध उत्पन्न भएको छ । त्यसपछि इजरायलले युद्धविरामको गतिरोधका बिच मार्च १८ मा गाजामा सैन्य कारबाही पुनः सुरु गरेको थि
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: