सिरहा । सिरहामा प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फुल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिका स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ।
पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालिका १२ र २२ नम्वर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलवारीमा आजकै दिन मात्र फुल्ने फुल दर्शन गर्न आउने दर्शनार्थीहरुको भिड लागेका हुन्।
राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारीमा रहेको हारम जातको रुखमा फूल्ने फूल हेर्न नेपाल तथा भारतबाट लाखौको संख्यामा प्रत्येक वर्षझैं यस वर्षपनि दर्शनार्थीहरु बिहानैदेखि भिडलाग्न थालेको स्थानिय हरिभक्त चौधरीले जानकारी बताए।
सलेहश गाथामा उल्लेख गरिएअनुसार सिरहाको महिसोथामा जन्मिएका लोक नायक सलहेश फूल टिप्ने र प्रणयस्थलको रुपमा यो फूलबारी रहेको मानिन्छ।
आफ्नो क्षेत्रमा लोक नायकको रुपमा पुजिने राजा सलहेश र प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसहरुको भिड लाग्ने गरेको मन्दिरका पूजारी जितेन्द्र सिंह धामी जानकारी दिए।
उनका अनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको तर सलहेसले कारणवस अरु नै स्त्रिसंग विवाह गरेपनि उनीहरु विचको प्रेममा कुनै कमी नआएको भन्ने लोकोक्ती रहेको छ।
सोही प्रेमको प्रतिकको रुपमा बैशाख १ मात्रै सुनाखरीको फूल फुल्ने जनविश्वास रहेको छ।
सलहेश तराईका पासवान जातीको इष्टदेव रहेको र तेह्रौ शताब्दीका लोक नायक भएकोले सलहेशको पूजाअर्चना गर्नाले मनोकाक्षां, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधि हरण हुने जन विश्वास समेत रहेको छ। फूलबारी भित्र दुर्लभ जातीका जडीबुटीहरु समेत रहेको बताइन्छ।
प्रत्येक वर्ष बैशाख १ गते एक जोडी माला आकारमा फूल्ने फूल राजा सलहेश र उहाँकी पे्रमिका मालिनीको पे्रम प्रतिकका रुपमा फूल्नेगरेको जनविश्वास छ।
ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणहरुको घुँइचो लागेका छन्।
पर्यटकीय महत्व बोकेका विभिन्न दर्शनीय स्थलहरु मध्ये सिरहाको सलहेश फुलवारी अन्य दिन पर्यटकहरु पुग्ने गरेपनि आज नयाँ वर्षको दिन विशेष पूजा अर्चना गर्ने श्रद्धालु भक्तजनहरुको ठूलो भिड लाग्ने गरेको छ।
हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै मानिस भेला हुन्छन् र ठूलो मेला पौराणिककालदेखि लाग्दै आईरहेको छ।
सलहेश फूलवारी मेला व्यवस्थित गर्न यस वर्ष फूलबारी क्षेत्रमित्र सामानहरु बेच्न प्रतिवन्ध लगाएको छ।
दर्शनार्थीहरुको सहजताको लागि फूलबारी क्षेत्रभन्दा बाहिरमा सवैलाई सहज हुनेगरी सामान विक्रिका स्टलहरु निर्माण गर्न दिईएको मेला समितिले जनाएको छ।




यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...
श्रावण ६ गते, २०८३ - ०८:२२
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...
श्रावण ६ गते, २०८३ - ०८:१२
काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...
श्रावण ६ गते, २०८३ - ०८:०१
झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...
श्रावण ६ गते, २०८३ - ०७:५८
काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...
श्रावण ६ गते, २०८३ - ०७:५४
काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...



प्रतिकृया लेख्नुहोस्: