Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

ओली सरकारसँग शेखर, गगन र विश्वप्रकाश असन्तुष्ट, रक्षात्मक देउवा

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेसइतर समूहका नेता डा. शेखर कोइरालाका साथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सरकारको प्रदर्शनप्रति असन्तुष्ट देखिएका छन् । शनिबार अलग–अलग कार्यक्रमलाई सम्बोधन गरेका उनीहरूले सरकारको कार्यसम्पादन र प्रधानमन्त्रीको कार्यशैली एवं प्राथमिकता चयनमाथि प्रश्न उठाएका छन् । 

सभापति शेरबहादुर देउवासँग पछिल्लो समय नजिक रहेका महामन्त्री थापाले शनिबार धनकुटामा आयोजित कार्यक्रममा नाम नलिई ऊर्जामन्त्री दीपक खड्काको आलोचना गरे । राजधानीमा आयोजित अर्को कार्यक्रममा नेता कोइरालाले कांग्रेस सत्तामा रहेको, तर सरकारमा नरहेको टिप्पणी गरेका छन् । 

महामन्त्री थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउने सरकारी निर्णयको विरोध गरे । ‘केही दिनअघि सरकारले एउटा कर्मचारीबारे, जुन निर्णय गर्नुपर्ने थिएन, त्यो निर्णयका कारण साथीहरूले उत्तर दिँदै हिँड्नुपरेको छ । त्यो अनावश्यक निर्णय गरेको कारणले हो,’ थापाले भने, ‘हाम्रा साथीहरूले अनावश्यक रूपमा सामाजिक सञ्जालमा मात्र नभएर टोलमा हप्की खानुपरेको छ ।’ 

महामन्त्री थापाले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई गर्नुपर्ने काम मात्रै गर्न सुझाव दिए । ‘तिमीहरूले गरेको राम्रो कामको प्रचार गर्न पाऊँ न । नगर्नुपर्ने काम नगर, गर्नुपर्ने काम मात्रै गर न,’ आक्रोशित थापाले भने । 

यस्तै, महामन्त्री शर्माले प्रधानमन्त्री केपी ओलीले कामको प्राथमिकता छुट्याउन नसकेको भन्दै आलोचना गरेका छन् । कांग्रेस बाँकेको नेपालगन्जमा शनिबार भएको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सरकारको गति बढाउन एवं प्रदर्शन सुधार गर्नतर्फ प्रधानमन्त्रीले ध्यान दिनुपर्ने बताए । ‘प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन, सरकारको प्रदर्शनमा ध्यान केन्द्रित गर्न जरुरी छ । प्रधानमन्त्रीज्यू, सरकारको गति बढाउन र सरकारको प्रदर्शन सुधार्नतर्फ लाग्नुस्,’ उनले भने, ‘आज दिनभर प्रधानमन्त्रीज्यूको समय शिक्षक आन्दोलनको हल खोज्न केन्द्रित हुनुपथ्र्यो । तर, प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नुभो ।’

कांग्रेस नेता कोइरालाले प्रतिस्पर्धी एमालेसँग सरकारमा रहेको भन्दै असन्तुष्टि जनाए । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औँ साधारणसभामा शनिबार उनले भने, ‘यो कांग्रेस सम्मिलित सरकार हो । तर, हामी सत्तामा छौँ, सरकारमा छैनौँ ।’ उनले हरेक ठाउँमा एमालेसँग प्रतिस्पर्धा गर्नुपर्ने कांग्रेस सरकारमा सँगै रहेकोमा असन्तोष व्यक्त गरेका थिए । 

डा. कोइरालाले एमालेसँगको सहकार्यमा खबरदारी आवश्यक रहेको पनि बताए । ‘कहीँकतै यो सरकारले गलत गरिरहेको छ कि भनेर हामीले खबरदारी गरिराख्नुपर्छ । यदि खबरदारी भएन भने यसले कांग्रेसलाई भविष्यमा अप्ठेरो पर्न सक्छ,’ उनले भने, ‘त्यसैले हामी सत्तामा छौँ, सरकारमा छैनौँ भनेको हुँ ।’

सरकारमा मन्त्री भएकाहरूले एमालेसँग सहकार्य गरेर जानुपर्ने र सुशासनका लागि काम गर्नुपर्ने उनको भनाइ थियो । उनले संविधान संशोधन र सुशासनमा पनि जोड दिए । ‘संविधान पुनरावलोकन÷संशोधन गर्ने कुरामा अब ढिलाइ नगरौँ,’ कोइरालाले भने, ‘यसमा जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ ।’ उनले भ्रष्टाचार नरहेको, तर सुशासन कायम गर्नुपर्ने पनि बताए । 

शनिबार डा. शेखर कोइरालाले सरकारबारे असन्तुष्टि पोखरिहँदा सभापति शेरबहादुर देउवा रक्षात्मक देखिए । देउवाले सरकारको नाममा अहिले ठुलो बदनामी भइरहेको पनि बताए । ‘डा. शेखर कोइरालाजीले भनिसक्नुभो । सरकारको नाममा धेरै ठुलो बदनामी भइरहेको छ । उहाँले यो नहोस् भनिसक्नुभयो,’ उनले कोइरालाले बोलेको विषयमा थपे । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending