काठमाडौं । वीरगन्जमा हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्रामा दुई समूहबीचको तनाव र झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ। शोभायात्रा वीरगन्ज महानगरपालिका-२ स्थित श्रीराम हलको नजिकै जामा मस्जिद अगाडि पुग्दा विवाद बढेर झडपमा परिणत भएको थियो।
धार्मिक शोभायात्रा नगर परिक्रमा गर्ने क्रममा छपकैया चोकमा तनाव उत्पन्न भएपछि प्रशासनले आइतबार १२ बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार छपकैया चोकस्थित जाइज बिरयानी र अन्य केही पसलमा आगजनी भएको घटनाले स्थिति थप जटिल बनाएको थियो। लम्सालका अनुसार धार्मिक शोभायात्रामा घरको छतबाट ढुंगा फालिनु, झडपको मुख्य कारण भएको देखिएको छ।
झडपपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीहरूले अश्रुग्यास प्रहार गरेका थिए, जसको परिणामस्वरूप एक प्रहरी निरीक्षकसहित आठ प्रहरी घाइते भएका छन्। घाइतेमध्ये तीन प्रहरी नारायणी अस्पतालमा उपचाररत छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले घटनाको पछिल्लो अवस्था सम्बन्धी सूचना जारी गर्दै वीरगन्ज महानगरपालिका आसपासका क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेका छन्। कर्फ्यु आदेशले वीरगन्ज-१५ को भेडियाही चोक, वीरगन्ज-२५ को सिर्सिया चोक, वीरगन्ज-१४ को गण्डक चोक र वीरगन्ज-१६ को शंकराचार्य चोकसम्मको क्षेत्रमा प्रभाव पर्नेछ।
प्रशासनले कर्फ्युको उल्लंघन नगर्न स्थानीयलाई सचेत गराउँदै अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूलाई मात्र आवश्यक कागजातका साथ आवतजावत गर्न अनुमति दिएको छ। उल्लंघनकर्तालाई कानुनी कारबाहीको चेतावनीसमेत प्रशासनले दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - ०८:४६
सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...
चैत्र २४ गते, २०८२ - ०८:४३
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...
चैत्र २४ गते, २०८२ - ०८:३८
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...
चैत्र २४ गते, २०८२ - ०७:४८
एमालेसँगको सम्भावित एकताबारे पनि छलफल
चैत्र २४ गते, २०८२ - ०७:३२
काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...
चैत्र २४ गते, २०८२ - ०७:२८
सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी
चैत्र २४ गते, २०८२ - ०७:२३
कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...
चैत्र २४ गते, २०८२ - ०७:१९
गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...
चैत्र २४ गते, २०८२ - ०७:१६
झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...
चैत्र २४ गते, २०८२ - ०७:१०
काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...


प्रतिकृया लेख्नुहोस्: