काठमाडौं । गएको साताको सुन-चाँदी बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ । साताको प्रारम्भमा सुनको मूल्य लगातार घट्दै गएकोमा अन्त्यतिर तीव्र वृद्धिसँगै नयाँ रेकर्डसमेत कायम भएको छ । चाँदीको मूल्यमा पनि साता भरमा केही घटबढपछि अन्त्यमा बढेको देखिएको छ ।
साताभरमा सुन ८ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्यमा पनि ३५ रुपैयाँको समग्र वृद्धि देखिएको छ ।
साताको पहिलो कारोबारको दिन अर्थात् आइतवार सुनको मूल्यमा गिरावट देखियो उक्त दिन सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कायम भयो । चाँदीको मूल्य पनि ७० रुपैयाँले घट्दै १ हजार ८ सयमा झर्यो ।
सोमवार सुन पुनः ७ सय रुपैयाँले घट्दै १ लाख ७३ हजार ८ सय रुपैयाँमा झर्यो । तर चाँदी भने प्रतितोला ३० रुपैयाँले बढ्दै १हजार ८ सय ३० रुपैयाँमा पुग्यो ।
मङ्गलवार पनि सुनमा अझै ४ सय रुपैयाँको गिरावट देखियो र सुनको मूल्य प्रतितोला १ लाख ७३हजार ४सयमा झर्यो । चाँदीको मूल्य भने स्थिर रहँदै सोमवारकै मूल्य अर्थात् प्रतितोला १ हजार ८ सय ३० नै कायम रह्यो ।
गत मङ्गलवारसम्म घट्दै आएको सुनको मूल्य साताको उत्तरार्ध अर्थात् बुधवार, बिहीवार र शुक्रवारमा भने तीव्र वृद्धि भयो र ऐतिहासिक रेकर्ड समेत कायम गर्यो ।
बुधवार सुनको मूल्यमा २ हजार रुपैयाँको वृद्धि आएको थियो, जसले मूल्यलाई प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा पुर्यायो । चाँदी पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा पुग्यो ।
बिहीवार सुनमा साताकै सबैभन्दा ठूलो वृद्धि देखियो । ५ हजार ७ सय रुपैयाँको भारी उकालो चढ्दै सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम गर्यो । चाँदीमा पनि ६५ रुपैयाँको वृद्धिसँगै मूल्य प्रतितोला १ हजार ९ सय पुगेको थियो।
त्यस्तै साताको अन्तिम दिन अर्थात् शुक्रवार पुनः सुनमा उल्लेखनीय ३ हजार ९ सय रुपैयाँको वृद्धि भएको थियो, जसले सुनलाई प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा पुर्यायो । चाँदी पनि ५ रुपैयाँले बढ्दै १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भयो ।
अघिल्लो साताको शुक्रवार भने सुन प्रतितोला १ लाख ७६ हजार ४ सयमामा कारोबार भएको थियो भने चाँदी प्रतितोला १हजार ८ सय ७० रुपैयाँमा कायम भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...
चैत्र १७ गते, २०८२ - १९:४६
उदयपुर । उदयपुरकाे त्रियुुगा नगरपालिका–९ रातमाटेमा बजारबाट किनेर ल्याएको चामल प्लास्टिकको भएको र पकाउँदा भकुण्डोजस्तो डल्लो बन्ने गरेको भन्ने हल्ला स्...
चैत्र १७ गते, २०८२ - १९:३९
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भए...
चैत्र १७ गते, २०८२ - १९:३७
काठमाडौं । नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहको बैठकमा पूर्वसभापति शेर बहाहदुर देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्ने चर्चाप्...


प्रतिकृया लेख्नुहोस्: