Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

यो साता सुनकाे मूल्यमा तीव्र उकालो, नयाँ रेकर्ड कायम

खबरडबली संवाददाता

काठमाडौं  । गएको साताको सुन-चाँदी बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ । साताको प्रारम्भमा सुनको मूल्य लगातार घट्दै गएकोमा अन्त्यतिर तीव्र वृद्धिसँगै नयाँ रेकर्डसमेत कायम भएको छ । चाँदीको मूल्यमा पनि साता भरमा केही घटबढपछि अन्त्यमा बढेको देखिएको छ ।
साताभरमा सुन ८ हजार ६ सय रुपैयाँले वृद्धि भएको  छ भने चाँदीको मूल्यमा पनि ३५ रुपैयाँको समग्र वृद्धि देखिएको छ ।

साताको पहिलो कारोबारको दिन अर्थात् आइतवार सुनको मूल्यमा गिरावट देखियो उक्त दिन सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कायम भयो । चाँदीको मूल्य पनि ७० रुपैयाँले घट्दै १ हजार ८ सयमा झर्‍यो ।
सोमवार सुन पुनः ७ सय रुपैयाँले घट्दै १ लाख ७३ हजार ८ सय रुपैयाँमा झर्‍यो । तर चाँदी भने प्रतितोला ३० रुपैयाँले बढ्दै १हजार ८ सय ३० रुपैयाँमा पुग्यो ।
मङ्गलवार पनि सुनमा अझै ४ सय रुपैयाँको गिरावट देखियो र सुनको मूल्य प्रतितोला १ लाख ७३हजार ४सयमा झर्‍यो । चाँदीको मूल्य भने स्थिर रहँदै सोमवारकै मूल्य अर्थात् प्रतितोला १ हजार ८ सय ३० नै कायम रह्यो ।
गत मङ्गलवारसम्म घट्दै आएको सुनको मूल्य साताको उत्तरार्ध अर्थात् बुधवार, बिहीवार र शुक्रवारमा भने तीव्र वृद्धि भयो र ऐतिहासिक रेकर्ड समेत कायम गर्‍यो । 
बुधवार सुनको मूल्यमा २ हजार रुपैयाँको वृद्धि आएको थियो, जसले मूल्यलाई प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा पुर्‍यायो । चाँदी पनि ५ रुपैयाँले बढेर प्रतितोला  १ हजार ८ सय ३५ रुपैयाँमा पुग्यो ।
बिहीवार सुनमा साताकै सबैभन्दा ठूलो वृद्धि देखियो ।  ५ हजार ७ सय रुपैयाँको भारी उकालो चढ्दै सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम गर्‍यो । चाँदीमा पनि ६५ रुपैयाँको वृद्धिसँगै मूल्य प्रतितोला १ हजार ९ सय पुगेको थियो।

त्यस्तै साताको अन्तिम दिन अर्थात् शुक्रवार पुनः सुनमा उल्लेखनीय ३ हजार ९ सय रुपैयाँको वृद्धि भएको थियो, जसले सुनलाई प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा पुर्‍यायो । चाँदी पनि ५ रुपैयाँले बढ्दै १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भयो ।


अघिल्लो साताको शुक्रवार भने सुन प्रतितोला १ लाख ७६ हजार ४ सयमामा कारोबार भएको थियो भने चाँदी प्रतितोला १हजार ८ सय ७० रुपैयाँमा कायम भएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन रेनकोट, लाखौंको मन जित्ने यात्रा : भाइरल भिडियोका बालबालिका र क्यामेरापछाडिको कथा

काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो...

भारतबाट केरा आयात रोकिएपछि चितवनका किसान दंग, बारीमै दोब्बर मूल्य

चितवन । भारतबाट केरा आयात रोकिएपछि चितवनका केरा किसानले वर्षौंपछि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्। सरकारले आयातमा रोक लगाएसँगै स्थानीय उत्प...

पृथ्वी राजमार्गमा माइक्रोबस दुर्घटना, तनहुँमा ८ यात्रु घाइते

तनहुँ । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। गण्डकी प्रदेश–०१–००१ ख ०१७१ नम्बरको माइक्र...

निर्वाचन क्षेत्रमै लडे रास्वपा सांसद गोविन्द पन्थी, सामान्य घाइते

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी आफ्नै निर्वाचन क्षेत्रमा लडेर सामान्य घाइते भएका छन्। गुल्मी नि...

सरकारसँग एनसेलको नयाँ टकराव, प्रधानमन्त्री कार्यालयमा पुग्यो पुनरावलोकनको निवेदन

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरणका क्रममा सरकारले राखेका सर्तमाथि गम्भीर असन्तुष्ट...

अर्थतन्त्र उकास्ने दौडमा प्रधानमन्त्री बालेन, उद्योगी–व्यवसायीसँग शृङ्खलाबद्ध छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछिल्ला दुई सातायता निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीक...

बागमती किनार फेरिँदै : हटाइएका बस्तीमा अब पार्क, हरियाली र पदमार्ग

काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्...

नाबालिकाको डिम्ब कारोबार प्रकरण : एक महिला पक्राउ, चिकित्सकमाथि पनि अनुसन्धान

काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...

‘काठमाडौं र सत्ता केन्द्रित हुँदा जनता र संगठनबाट टाढियौं, यही हाम्रो ठूलो कमजोरी भयाेः प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending