Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

दैलेखमा ३ महिने शिशुको नाटकीय अपहरण

खबरडबली संवाददाता

 दैलेख  । दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी ग्वालिपिन्नस्थित बमबहादुर बुढाको घर पछाडि कोटमाराको रुखमा राखिएको पराल र खरमा विहीबार राति ९ बजेतिर कसैले आगो लगाईदियो । खरमा लागेको खबर तुरुन्तै छिमेकीको घरतिरबाट बमबहादुर कहाँ पुग्यो । उनका अढाई वर्षे छोरा र तीन महिनाकी छोरी निदाइसकेका थिए ।

बमबहादुर र उनको श्रीमति मनिषा छिटो–छिटो आगो निभाउन दौडिए । छिमेकीहरु पनि जम्मा भए । आगो निभाउन र कसले आगो लगायो होला भन्ने अनुमानमा गफिँदागफिँदै उनीहरुको झण्डै एक घण्टा समय त्यहीँ बित्यो । आगो निभाएर ओझ्यानमा पुग्दा बमबहादुर दम्पति शिशु अवस्थाकी छोरी श्रेयालाई देख्दैनन् ।

छोरी ओझ्यानबाटै गायब भएको देख्दा बमबहादुर दम्पति मात्र होइन छिमेकीहरुमा पनि सन्नाटा छायो । जताततै खोजतलास गर्दा समेत कुनै भेउ पाएनन् । छोरी हराएको पीडाले बमबहादुर दम्पति रातभर निदाउन पनि कसरी ? प्रहरी, नातागोतालाई खबर गर्नेदेखि सामाजिक सञ्जालहरुबाट खोजीका लागि अनुनय गर्दै रात कट्यो ।

शुक्रबार बिहान ९ बजेतिर चामुण्डाविन्द्रासैनी नगरपालिका–२ लामीडाँडामा एक युवतीले शिशु काखी च्यापिरहेको अवस्थामा भेटिइन् । स्थानीयले ती अविवाहित युवतीलाई चिन्थे । उनीहरुले नवजात शिशु देखेपछि कसको हो भनेर सोध्न थाले । युवती हड्बडाइन् ।

स्थानीयले उनको व्यवहारलाई शंकास्पद लिँदै शिशुका आफन्तको सोधीखोजीमा लागे । तीन महिने शिशु च्यापेकी ती २० वर्षीय युवती थिइन्, चामुण्डाविन्द्रासैनी नगरपालिका २ सिरौलीकी शर्मिला विष्ट । लामीडाँडाका स्थानीयले शर्मिलालाई नियन्त्रणमा लिँदै जम्बुकाँध र ठाँटीकाँधबाट प्रहरी बोलाए । शिशुका बाबु बमबहादुर सहितका युवाहरु पनि चामुण्डाविन्द्रासैनीको लामिडाँडा पुगे ।

करिब १४ घण्टापछि छोरी सकुशल भेटिएपछि परिवारजन हर्षित भए । ठाँटीकाँध गाउँपालिका पश्चिम दैलेखमा पर्छ । त्यहाँबाट चामुण्डाविन्द्रासैनी नगरपालिका १ सिराडी गाउँ पुग्न हिँडेरै एक दिन लाग्छ । शिशुको घर रहेको सिराडीमा ती युवतीका आफन्त, नातेदार पनि छैनन् । उनी कसरी त्यहाँ पुगिन र के उद्देश्यले शिशु अपहरण गरिन् ? भन्ने अनुसन्धानपछि खुल्दै जाला । प्रारम्भिक सोधपुछमा शर्मिलाले दुल्लूका तीन जना युवाहरुले शिशु आफूलाई थमाएको बताएकी छन् । स्थानीयसंग उनले भनिन्, ‘घरबाट मैंले उठाएर ल्याएको होइन, मलाई बीच बाटोमा फेला पारेका हुन्, आफूहरु खाजा ल्याउन जान्छौं भनेर बच्चा मलाई समाउन लगाए, त्यसपछि सम्पर्कमै आएनन् ।’

जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले शिशु अपहरणमा संलग्न युवतीलाई अनुसन्धानका लागि सदरमुकाम ल्याइएको बताए । ‘घटनामा को–कसको संलग्नता थियो, किन अपहरण गरियो, रातीको समयमा त्यति टाढा कसरी पुगियो ? यी सबै कुरा विस्तृत अनुसन्धानपछि नै थाहा हुन्छ, उनले भने, ‘युवतीको बयानका आधारमा घटना सलंग्नहरुको पहिचान गरी आवश्यक कारबाही हुन्छ ।’

प्रहरी र स्थानीयले घटनालाई नियोजित र संगठित प्रकृति भनेका छन् । उनीहरुका भनाईमा ती युवती एक्लैले रातिको समयमा जंगलको बाटो बच्चा काखी च्यापेर हिँड्न असम्भव छ । शिशुका काका दीपक बुढाले एक जनाबाट मात्र यो घटना नभएको बताए । ‘सानो बच्चा छ भन्ने थाहा पाएरै आगो लगाउने र बाबुआमा निभाउन गएको मौका छोपेर चोरी गरिएको छ, योजनाबद्ध घटना हो,’ उनले भने, यसले गाउँमा झन् त्रास फैलायो ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending