Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

कुशासन छोप्न सरकार विकासको प्रोपगाण्डा फैलाउँदैछः घनश्याम भुसाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफ्नो कुशासन छोप्न सत्तागठबन्धनले विगतको तुलनामा अहिले ‘विकास भएको’ प्रोपगाण्डा फैलाएको बताएका छन् ।

आफ्नो नालायकी र भ्रष्टाचार आम नागरिकले भुलुन् भनेर सरकारले विकास भएको राष्ट्रिय भाष्य निर्माण गर्न खोजेको प्रोपगाण्डा चलाएको उनको दावी छ । गठबन्धन सरकारको आडमा दलाल र बिचौलिया गिरोहबाट राज्यदोहन चलिरहँदा मुलुकको वास्तविक जीवनमा लोकतन्त्र असम्भव रहेको भन्दै भुसालले राज्यदोहनले गणतन्त्रलाई झस्काइरहनेसमेत बताएका छन् ।

महासचिव भुसालले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै यस्तो बताएका हुन् । सरकारले आफूले गरेका पाप पखाल्न रवि रबालेनहरूको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजको उनको भनाइ छ ।

‘चैत्र १५ गते राजावादीहरूले जे गरे त्यो आपराधिक थियो । त्यसको निन्दा–भर्त्सना हुनुपर्थ्यो, भइरहने छ । तर अहिले त्यस घटनाको प्रचार यसरी गर्न थालिएको छ ताकि राजनीतिको चुलीमा बसेर यिनीहरुले गरेका सबै नालायकी र भ्रष्टाचार आम नागरिकले भुलुन्, बरू यिनीहरुलाई उभ्याउनु पर्ने कठघरामा पनि ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईँलाई नै उभ्याइयोस्,’ भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मुलुकमा गएको ७५ वर्षमा केही भएको छ । तर अहिले ‘विकास भएको’ राष्ट्रिय भाष्य निर्माण गर्न एउटा नयाँ प्रोपगण्डा जत्थालाई यसरी खटाइएको छ ताकि यिनको दलालरबिचौलिया गिरोहले गरेको राज्यदोहनको कुन मूल्य चुकाएर मुलुकले आजको बाटो, औसत आयु, स्वास्थ र साक्षरता, मोबाइल फोनजस्ता ‘विकास’ पाएको छ भन्ने तितो यथार्थ नागरिकका दिमागबाट मेटियोस् ।’

रवि लामिछाने र बालेन शाहका हर्कत अशोभनीय रहेको भन्दै महासचिव भुसालले त्यो समूहलाई नेता मान्नेहरूले आफ्नाविरुद्ध नारा लगाउन थालेपछि सत्तागठबन्धन झस्किएको बताएका छन् । ‘रवि लामिछाने र बालेन साहका अल्लारेरउत्ताउला हर्कत अशोभनीय छँदै छन् तर आफ्ना पाखण्डपूर्ण मिहिनेतबाट तयार भएको सामाजिक लफङ्गाहरूको अल्लारे उत्ताउलो समुदायले अरु कसैलाई नेता मानेर आफ्नै विरुद्ध नारा लगाउन थालेपछि सत्ता गठबन्धन झस्किएको छ,’ उनले लेखेका छन्, ‘रविरबालेनहरूको उखरमाउलोलाई यस्तो राष्ट्रिय खतरा देखाउन खोजिँदैछ जसमा सत्ताधारीका पाप पखाल्न पाइयोस् ।’

सत्ताधारीहरू चन्द्र–सूर्य रहेसम्म मुलुकको बेरोजगारी र कुशासनमाथि आफ्नो शासन सुरक्षित रहोस् तर प्रश्न नउठोस् भन्ने चाहिरहेको भन्दै भुसालले वर्तमान राजनीतिले प्रायश्चित नगर्दासम्म गणतन्त्रलाई झस्काइरहने उल्लेख गरेका छन् ।

‘यिनीहरू चाहन्छन्–चन्द्र–सूर्य रहेसम्म मुलुकको यही बेरोजगारी र कुशासनमाथि आफ्नो शासन सुरक्षित रहोस् तर यिनीहरूमाथि प्रश्न नउठोस् । वस्तुतः हाम्रो राजनीतिले प्रायश्चित्त नगर्दासम्म विद्रुप सपनाको ऐँठनले हाम्रो गणतन्त्रलाई झस्काइरहने छ । हामीले यिनीहरूको पाप बोकिरहनु र मुलुकको वास्तविक जीवनमा लोकतन्त्र आउनु असम्भव छ ।’

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु; ५२ जिल्ला प्रभावित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...

अफगानिस्तानमा भीषण बाढीको कहर: २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...

हरेक जलन दुर्घटनापछि उही घोषणा, तर अत्याधुनिक अस्पताल अझै बनेन

काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...

जानकी मन्दिर घटनाप्रति हर्क साम्पाङको टिप्पणी– ‘यस्तो व्यवहारले मन्दिरको गरिमा बढेन’

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending