Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

१ लाख ५८ हजार बढी शान्ति सैनिकले देशको इज्जत बढाएका छन्ः राष्ट्रपति

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको स्पष्ट पारेका छन ।

राष्ट्रपति पौडेलले अन्समिल मिसन लिवियामा जाने श्री नयाँ भैरवीदल गुल्म सातौं डफ्फाका सकलदर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई विहिबार काभ्रेको पाँचखालमा संबोधन गर्दै सो धारणा व्यक्त गरेका हुन । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । 

“आन्तरिक रुपमा पनि नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको छ भन्ने कुरा म ढुक्कले भन्न चाहन्छु”, राष्ट्रपति पौडेलले भने ।

नेपाली सेनाले लामो समयदेखि संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यमा भाग लिदैँ अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको छविलाई उच्च राख्दै आएको पनि उनले जनाए । राष्ट्रपति पौडेलले नेपाली सेना र सुरक्षा निकायलाई विश्वले ठूलो भरोसा गरेको छ भन्ने कुरा शान्ति सेनामा सबैभन्दा ठूलो हाम्रो उपस्थितिले स्पष्ट पारेको बताए ।

नेपाली सेनाको उच्च अनुशासन, वफादारिता, कार्य दक्षता तथा शान्ति कार्यप्रतिको प्रतिबद्धताको कदरस्वरुप संयुक्त राष्ट्र संघले नेपाली सेनालाई विभिन्न मिसनमा सहभागी गराउन थालेको ६७ वर्ष पुरा भएको स्मरण गर्दै उनले हालसम्म नेपाली सेनाका करिव १ लाख ५८ हजार बढी शान्ति सैनिकले ४४ वटा संयुक्त राष्ट्रसंघका मिसनमा आफ्नो कार्य दक्षता प्रर्दशन गरिसक्नु हाम्रा लागि खुसीको विषय भएको बताए । 

हाल विभिन्न ११ मिसनमा करिव ६ हजार बढी शान्ति सैनिक कार्यरत रही नेपाल शान्ति सैनिक योगदान दिने मुलुकहरू मध्ये पहिलो स्थानमा रहेको तथ्यले गौरवान्वित बनाएको उनको भनाइ छ ।

‘नेपाली सेनाको सैनिक मात्र होईन्, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतिक हुनुहुन्छ तपाईंहरू, राष्ट्र संघको मिसन क्षेत्रमा नेपाली सेनाले करिब छ दशकदेखि कायम गर्दै आएको वीरता र शान्ति स्थापनार्थ देखाएको प्रतिवद्धताको इतिहासलाई तपाईहरूले निरन्तरता दिदंै अगाडि बढाउनु हुनेछ र हाम्रो बहादुरी, सेवा र त्यागको परम्परालाई विश्वमै पहिचान गराउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु”, राष्ट्रपति पौडेलले भने ।  त्यसैगरी सेनाको परिवार, नेपाली सेना, सम्पूर्ण देशवासी तथा संयुक्त राष्ट्र संघले समेत पूर्ण विश्वास राखेको कुरालाई स्मरण गराउँदै राष्ट्रपति विश्व शान्तिको दायित्वलाई गर्वका साथ पुरा गर्न सफलता मिलोस् भन्ने शुभकामना दिएका छन ।

राष्ट्रपति पौडेलले हालको बदलिंदो विश्व परिवेश र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय जगतमा वृद्धि  भईरहेको सुरक्षा चुनौतीका सम्बन्धमा त्यस क्षेत्रमा खटीजानेहरु जानकार नै भएको उल्लेख गर्दै  अन्समिल मिसन लिवियामा समेत सुरक्षा स्थिति चुनौतीपूर्ण हुन सक्ने हुँदा जटिल अवस्थामा परिचालन हुनुपर्ने यथार्थलाई मनन् गरी मानसिक तथा शारीरिक रुपले तयार नै रहेको कुरामा विश्वास व्यक्त गरेका छन ।

“विगतमा नेपाली सेनाले विभिन्न मिसनहरूमा प्रभावकारी रुपमा कार्य गर्दै विश्व शान्तिमा उत्कृष्ट योगदान दिएको वास्तविकतालाई स्मरण गरी नेपाल, नेपाली जनता र नेपाली सेनाको छविलाई सदैव उच्च राख्दै सबैले पेशेवर र अब्बल तरिकाले कार्य सम्पादन गर्नु हुन शुभकामना दिन चाहन्छु”, राष्ट्रपति पौडेलले भने । सो क्रममा राष्ट्रपति पौडेलले मिसनमा सहभागी हुने टोलीले गरेको पुर्व तयारी सम्बन्धी प्रस्तुतीको अवलोकन गरेका थिए । शान्ति मिशनसम्बन्धी विभिन्न तालिमबारे  राष्ट्रपति पौडेललाई  जानकारी गराइएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु; ५२ जिल्ला प्रभावित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...

अफगानिस्तानमा भीषण बाढीको कहर: २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...

हरेक जलन दुर्घटनापछि उही घोषणा, तर अत्याधुनिक अस्पताल अझै बनेन

काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...

जानकी मन्दिर घटनाप्रति हर्क साम्पाङको टिप्पणी– ‘यस्तो व्यवहारले मन्दिरको गरिमा बढेन’

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...

‘नेपाली भएरै मर्न पाऊँ’ : ८२ वर्षदेखि नागरिकताको पर्खाइमा रामदेव, पीडामा तीन पुस्ता

झापा । झापाको दमक नगरपालिका–८, विरानटोलको एउटा जस्ताले बारिएको सानो झुप्रोमा ८२ वर्षीय रामदेव महतोको जीवन बितिरहेको छ। साँझ परेपछि वरपरका घर उज्यालोले...

अण्डाको मूल्य बढ्यो, तर किसान अझै घाटामै

चितवन । बर्डफ्लुको प्रभावपछि घटेको अण्डाको मूल्य फेरि बढ्न थालेको छ। उत्पादन घट्दै जाँदा बजारमा माग बढेकाले मूल्यमा सुधार आएको भए पनि किसानले अझै उत्प...

लागूऔषधविरुद्ध देशभर प्रहरीको अपरेशन, विभिन्न जिल्लाबाट १७ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको कारबाहीका क्रममा विभिन्न प्रकारका लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनु...

पश्चिम नेपालमा बिहानै भूकम्प

काठमाडौं । पश्चिम नेपाल बुधबार बिहान भूकम्पको धक्काले हल्लिएको छ। बझाङको कोटदेवल केन्द्रबिन्दु भएर बिहान ४ः४० बजे स्थानीय मापनअनुसार ४.२ म्याग्निच्युड...

दोलखामा पहिरोले बाख्राको गोठ बगायो, ७३ वर्षीय वृद्ध बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ मा बुधबार बिहान गएको पहिरोमा परेर एक जना वृद्ध बेपत्ता भएका छन्। बिहान करिब २:३० बजे सिर्पिङ खोला जलविद्युत् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending