Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

बारामा चट्याङकाे आगलागीमा परेर २० लाखकाे कुखुरा फार्म धव्स्त

खबरडबली संवाददाता

कलैया । बारामा दुई ठाउँमा चट्याङ लागेर आगलागी भएको छ। बारागढी गाउँपालिका वडा नम्बर ४ सुखीपथरा बस्ने हरिन्द्रप्रसाद कामीको कुखुरा फर्ममा चट्याङ लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

आगलागीबाट दुई हजार तयारी कुखुरा ,कुखुराको दाना र कुखुरा फर्म गरी अन्दाजी २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उक्त ठाउँमा आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

त्यस्तै करैयामाई गाउँपालिका वडा नम्बर ८ नरही बस्ने अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाएको फुसको घर र कृषि मिटरमा चट्याङ लागेर आगलागी भएको छ। आगलागीमा परी घर र मिटर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागी बाट घर र मिटर गरी अन्दाजी १० हजार बराबरको क्षती भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु; ५२ जिल्ला प्रभावित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...

अफगानिस्तानमा भीषण बाढीको कहर: २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...

हरेक जलन दुर्घटनापछि उही घोषणा, तर अत्याधुनिक अस्पताल अझै बनेन

काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...

जानकी मन्दिर घटनाप्रति हर्क साम्पाङको टिप्पणी– ‘यस्तो व्यवहारले मन्दिरको गरिमा बढेन’

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...

‘नेपाली भएरै मर्न पाऊँ’ : ८२ वर्षदेखि नागरिकताको पर्खाइमा रामदेव, पीडामा तीन पुस्ता

झापा । झापाको दमक नगरपालिका–८, विरानटोलको एउटा जस्ताले बारिएको सानो झुप्रोमा ८२ वर्षीय रामदेव महतोको जीवन बितिरहेको छ। साँझ परेपछि वरपरका घर उज्यालोले...

अण्डाको मूल्य बढ्यो, तर किसान अझै घाटामै

चितवन । बर्डफ्लुको प्रभावपछि घटेको अण्डाको मूल्य फेरि बढ्न थालेको छ। उत्पादन घट्दै जाँदा बजारमा माग बढेकाले मूल्यमा सुधार आएको भए पनि किसानले अझै उत्प...

लागूऔषधविरुद्ध देशभर प्रहरीको अपरेशन, विभिन्न जिल्लाबाट १७ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको कारबाहीका क्रममा विभिन्न प्रकारका लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनु...

पश्चिम नेपालमा बिहानै भूकम्प

काठमाडौं । पश्चिम नेपाल बुधबार बिहान भूकम्पको धक्काले हल्लिएको छ। बझाङको कोटदेवल केन्द्रबिन्दु भएर बिहान ४ः४० बजे स्थानीय मापनअनुसार ४.२ म्याग्निच्युड...

दोलखामा पहिरोले बाख्राको गोठ बगायो, ७३ वर्षीय वृद्ध बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ मा बुधबार बिहान गएको पहिरोमा परेर एक जना वृद्ध बेपत्ता भएका छन्। बिहान करिब २:३० बजे सिर्पिङ खोला जलविद्युत् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending