पथरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरेस्थित डाँस खोलादेखि कानेपोखरीको चिसाङ खोलासम्मको उत्तरी भेगमा रहेको राष्ट्रिय वनलाई चाक्ला वनको अवधारणा अन्तर्गत व्यवस्थापन गर्न लागेको भन्दै १३ वटा सामुदायिक वनले आपत्ति जनाएका छन्।
सामुदायिक बन उपभोक्ता महासंघ अन्तर्गत रहेका पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका ४-४ र लेटाङ नगरपालिकाका ५ वटा सामुदायिक वनका प्रतिनिधि तथा वन अभियान्ताहरूले सोमबार डिभिजन वन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै उक्त निर्णयको विरोध गरेका छन्।
कानेपोखरी,लेटाङ र पथरीशनिश्चरेका १३ वटा सामुदायिक वनले छोएको उक्त राष्ट्रिय वन करिब १ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ।
सामुदायिक वनमा उपभोक्ताको संख्या दिनानुदिन बढ्दो रुपमा गइरहेको अवस्थामा सोही १३ वटा वनका उपभोक्ताले रेखदेख गर्दै आइरहेको राष्ट्रिय वन समुदायलाई नै हस्तान्तरण गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
उक्त वनलाई चाक्ला वनको अवधारणा अन्तर्गत लैजाँदा संरक्षित राष्ट्रिय वनलाई स्थानीयस्तरबाट संरक्षणको कार्य निरन्तर भइरहेको भए पनि सेवा सुविधाबाट बञ्चित गरिँदा स्थानीय उपभोक्तालाई अन्याय हुने सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोख्रेलले बताए।
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ मोरङको नेतृत्वमा डिभिजन वन कार्यलय मोरङ पुगेको उक्त टोलिले आफ्ना माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनी समेत दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: