काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार व्यवसाय मानव संसाधनलाई अन्तर्राष्ट्रिय बजारको लागि तयार गर्ने संसारकै सबैभन्दा सम्मानजनक पेशा रहेको बताएका छन्।
सोमवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खरिद गरेको प्रशासनिक भवनको औपचारिक समुद्घघाटन गर्दै मत्री भण्डारीले यस्तो बताएका हुन्।
समुद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालमा संघको आफ्नै प्रशासनिक भवन खरिद गर्नुका साथै महत्वपुर्ण कार्यहरु गर्न सफल भएकोमा उहाँ प्रति आभार प्रकट गरे ।
साथै उनले संघको आसन्न निर्वाचनले संघलाई हाक्न सक्ने सक्षम नेतृत्व चयन गर्न सफलता प्राप्तीका लागि शुभकामना व्यक्त समेत गरेका छन् ।
त्यस्तै संघका अध्यक्ष भण्डारीले संघ स्थापनाको ३२ वर्षपछि पहिलोपल्ट आफ्नै प्रशासनिक भवनको प्रांगणमा कार्यक्रम गर्न पाउँदा अत्यन्तै गौरावन्वित महशुस भएको बताए।
भवन खरिदका लागि सम्पुर्ण व्यवसायीहरुले उत्साहपूर्ण सहयोग गरेको बताउँदै उनले सहयोगी सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । भवन खरिद गर्दैगर्दा कतिपय व्यवसायीहरुले आफ्नो कार्यकाल असफल बनाउन विरोध समेत गरेको बताउँदै अध्यक्ष भण्डारीले असन्तुष्ट व्यवसायीहरुलाई पनि संघमा ऐक्यवद्ध हुन आग्रह गरे ।
त्यस्तै संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार) ले संघले ३२ वर्षदेखि देखेको आफ्नै प्रशासनिक भवनको सपना वर्तमान कार्यसमितिले पुरा गर्न सफल भएको खुशी व्यक्त गरे ।
वर्तमान नेतृत्वको अथक प्रयास पूर्वअध्यक्षहरुको गाइडलाइन र सम्पुर्ण व्यवसायीहरुको साथ र सहयोगका कारण आज संघको आफ्नै भवन हुन सफल भएको उनले बताए।
उनले भवन खरिद गर्दा केही रकम अझै अपुग भएको र सम्पुर्ण व्यवसायीहरुलाई थप सहयोग गर्न समेत आग्रह गरे ।
संघले काठमाडौंको सिफल चौर अगाडि साँढे ३ तलाको ६ आना १ दाम क्षेत्रफलमा व्यवसायीहरुबाट आर्थिक सहयोग संकलन गरेर प्रशासनिक भवन निर्माण गरेका हुन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: