काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार व्यवसाय मानव संसाधनलाई अन्तर्राष्ट्रिय बजारको लागि तयार गर्ने संसारकै सबैभन्दा सम्मानजनक पेशा रहेको बताएका छन्।
सोमवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खरिद गरेको प्रशासनिक भवनको औपचारिक समुद्घघाटन गर्दै मत्री भण्डारीले यस्तो बताएका हुन्।
समुद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालमा संघको आफ्नै प्रशासनिक भवन खरिद गर्नुका साथै महत्वपुर्ण कार्यहरु गर्न सफल भएकोमा उहाँ प्रति आभार प्रकट गरे ।
साथै उनले संघको आसन्न निर्वाचनले संघलाई हाक्न सक्ने सक्षम नेतृत्व चयन गर्न सफलता प्राप्तीका लागि शुभकामना व्यक्त समेत गरेका छन् ।
त्यस्तै संघका अध्यक्ष भण्डारीले संघ स्थापनाको ३२ वर्षपछि पहिलोपल्ट आफ्नै प्रशासनिक भवनको प्रांगणमा कार्यक्रम गर्न पाउँदा अत्यन्तै गौरावन्वित महशुस भएको बताए।
भवन खरिदका लागि सम्पुर्ण व्यवसायीहरुले उत्साहपूर्ण सहयोग गरेको बताउँदै उनले सहयोगी सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । भवन खरिद गर्दैगर्दा कतिपय व्यवसायीहरुले आफ्नो कार्यकाल असफल बनाउन विरोध समेत गरेको बताउँदै अध्यक्ष भण्डारीले असन्तुष्ट व्यवसायीहरुलाई पनि संघमा ऐक्यवद्ध हुन आग्रह गरे ।
त्यस्तै संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार) ले संघले ३२ वर्षदेखि देखेको आफ्नै प्रशासनिक भवनको सपना वर्तमान कार्यसमितिले पुरा गर्न सफल भएको खुशी व्यक्त गरे ।
वर्तमान नेतृत्वको अथक प्रयास पूर्वअध्यक्षहरुको गाइडलाइन र सम्पुर्ण व्यवसायीहरुको साथ र सहयोगका कारण आज संघको आफ्नै भवन हुन सफल भएको उनले बताए।
उनले भवन खरिद गर्दा केही रकम अझै अपुग भएको र सम्पुर्ण व्यवसायीहरुलाई थप सहयोग गर्न समेत आग्रह गरे ।
संघले काठमाडौंको सिफल चौर अगाडि साँढे ३ तलाको ६ आना १ दाम क्षेत्रफलमा व्यवसायीहरुबाट आर्थिक सहयोग संकलन गरेर प्रशासनिक भवन निर्माण गरेका हुन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: