Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

५० मेगावट क्षमताको हाइड्रोपावरको काम अन्तिम चरणमा

खबरडबली संवाददाता

फुङलिङ । ताप्लेजुङमा निर्माणधीन युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०७८ सालबाट सुरु भएको ५० मेगावट क्षमताको आयोजनाको निर्माणका कार्य अन्तिम चरणमा पुगेको हो ।

हालसम्ममा करिब ९० प्रतिशतभन्दा बढी निर्माणको कार्य सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकृत आशिष केदेम लिम्बूले जानकारी दिए । उनका अनुसार आगामी २०८२ सालको असार मसान्तसम्ममा विद्युत उत्पादन गर्ने तयारीका साथ निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ ।

आयोजनाको पेनस्टक पाइप जडानको कार्य र विद्युत गृहको केही कार्य बाँकी रहेको जनसम्पर्क अधिकृत लिम्बुको भनाइ छ । त्यस्तै विद्युत गृहबाट आठ किलोमिटर टाढा रहेको एक सय ३२ केभिए ढुङ्गेसाँघु सबस्टेसनसम्मको तार बिछ्याउने कार्य समेत अन्तिम चरणमा पुगेको छ । विद्युत गृहबाट सबस्टेसनसम्म २८ वटा टावर निर्माण गरिएको छ । जसको करिब ५ प्रतिशत मात्रै तार बिछ्याउने कार्य बाँकी रहेको लिम्बूले जानकारी दिए।

मेरिङ्देन गाउँपालिकाको थुकिमा र लिबाङको नावा क्षेत्रमा ड्यामसाइड निर्माण गरी मेवाखोलाको पानी प्रयोग गरेर उत्पादन हुने आयोजनाको कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । ड्यामसाइडबाट चार दशमलब ८ किलोमिटरको सुरुङमार्गमार्फत पावर हाउसमा पानी पुर्‍याइने छ । आयोजनाको पावर हाउस खाम्लुङको मुनितर्फको भेग खोला खेतमा निर्माण गरिएको छ ।

नौ अर्बको लागतमा सम्पन्न हुने आयोजनाको अति प्रभावित क्षेत्रहरूमा थुकिमा, लिङतेप, खाम्लुङ, लिबाङ, मिक्वाखोला गाउँपालिकाको १ नम्बर वडा खोक्लिङ, आठराई त्रिवेणी गाउँपालिकाको ५ नम्बर वडा चाँगे र मैवाखोला गाउँपालिकाको १ नम्बर वडा ढुङगेसाँघु परेका छन् ।

आयोजनाले आइपिओ निष्कासनका लागि नेपाल धितो पत्र बोर्डमा दिएको आवेदन प्रक्रियामा रहेको बताइएको छ । जसको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा दर्ता, भोलि पेसी

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ। ...

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending