Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

५० मेगावट क्षमताको हाइड्रोपावरको काम अन्तिम चरणमा

खबरडबली संवाददाता

फुङलिङ । ताप्लेजुङमा निर्माणधीन युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०७८ सालबाट सुरु भएको ५० मेगावट क्षमताको आयोजनाको निर्माणका कार्य अन्तिम चरणमा पुगेको हो ।

हालसम्ममा करिब ९० प्रतिशतभन्दा बढी निर्माणको कार्य सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकृत आशिष केदेम लिम्बूले जानकारी दिए । उनका अनुसार आगामी २०८२ सालको असार मसान्तसम्ममा विद्युत उत्पादन गर्ने तयारीका साथ निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ ।

आयोजनाको पेनस्टक पाइप जडानको कार्य र विद्युत गृहको केही कार्य बाँकी रहेको जनसम्पर्क अधिकृत लिम्बुको भनाइ छ । त्यस्तै विद्युत गृहबाट आठ किलोमिटर टाढा रहेको एक सय ३२ केभिए ढुङ्गेसाँघु सबस्टेसनसम्मको तार बिछ्याउने कार्य समेत अन्तिम चरणमा पुगेको छ । विद्युत गृहबाट सबस्टेसनसम्म २८ वटा टावर निर्माण गरिएको छ । जसको करिब ५ प्रतिशत मात्रै तार बिछ्याउने कार्य बाँकी रहेको लिम्बूले जानकारी दिए।

मेरिङ्देन गाउँपालिकाको थुकिमा र लिबाङको नावा क्षेत्रमा ड्यामसाइड निर्माण गरी मेवाखोलाको पानी प्रयोग गरेर उत्पादन हुने आयोजनाको कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । ड्यामसाइडबाट चार दशमलब ८ किलोमिटरको सुरुङमार्गमार्फत पावर हाउसमा पानी पुर्‍याइने छ । आयोजनाको पावर हाउस खाम्लुङको मुनितर्फको भेग खोला खेतमा निर्माण गरिएको छ ।

नौ अर्बको लागतमा सम्पन्न हुने आयोजनाको अति प्रभावित क्षेत्रहरूमा थुकिमा, लिङतेप, खाम्लुङ, लिबाङ, मिक्वाखोला गाउँपालिकाको १ नम्बर वडा खोक्लिङ, आठराई त्रिवेणी गाउँपालिकाको ५ नम्बर वडा चाँगे र मैवाखोला गाउँपालिकाको १ नम्बर वडा ढुङगेसाँघु परेका छन् ।

आयोजनाले आइपिओ निष्कासनका लागि नेपाल धितो पत्र बोर्डमा दिएको आवेदन प्रक्रियामा रहेको बताइएको छ । जसको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि पाँच अर्ब सुनिश्चित छ : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...

मौद्रिक नीतिमा नयाँ व्यवस्था : वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...

जनतालाई आर्थिक भार नपर्ने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छु: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ ।  ...

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ - मन्त्री लम्साल

समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ

अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छ: कृषिमन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ: मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending