झापा । मेचीनगर नगरपालिका–८ का पर्शुराम गिरीले दुई वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन् । करिब १० कट्ठा जमिनमा खेती सुरु गरेका उनले एक सिजनमा तीन लाख रूपैयाँ आम्दानी गरिरहेका छन् ।
।
वैदेशिक रोजगारीमा १७ वर्ष बसेर स्वदेश फर्केपछि गिरीले व्यावसायिक केराखेती सुरु गरेका हुन् । खेतीबाट मनग्य आम्दानी हुन थालेपछि खेतीको क्षेत्रफल विस्तार गरी १५ कठ्ठा बनाएको बताउँदै खेती विस्तारका लागि थप पाँच बिघा जमिन खोजी गरिरहेको उनको बताए ।
गिरीले ‘जि–नाइन’ जातको केराका छ सय बोट लगाएको जानकारी दिँदै यो केराको कोसा पोटिलो, ठूलो र पाकेपछि अरुभन्दा स्वादिलो हुने बताए । ‘रुखोपाखो जग्गा भएकाले धान रोप्दा १० हजार नाफा नहुने ठाउँमा अहिले केरा बेचेरै एक सिजनमा तीन लाख आम्दानी भइरहेको छ र खनजोत, मल, रोग, कीराको नियन्त्रणलगायतमा करिब एक लाख खर्च हुने जनाउँदै उनले हरेक सिजनमा दुई लाख बचत गरिरहेको बताए ।
मेचीनगर, अर्जुनधारा, गौरीगञ्ज, कचनकबल, गौरादह, बाह्रदशी, कमल र भद्रपुरमा एक हजार ९०० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । सामान्यतः केराको बोट नौ महिनामा पसाउने र एक वर्षभित्रै उत्पादन दिने गरेको छ ।
यहाँ उत्पादित केरा स्थानीय बजारबाहेक काठमाडौँ, पोखरासम्म पुग्ने गरेको किसान बताउँछन् । केराखेतीमा लागेका अधिकांश किसान मेचीनगरका पर्शुराम गिरी जस्तै वैदेशिक रोजगारीबाट फर्केकाहरू संलग्न छन् । पाँच कठ्ठादेखि ५० बिघासम्म जमिनमा केराखेती लगाउने किसान जिल्लामा रहेका केन्द्रले जनाएको छ ।
२०६० मा बाह्रदशीका डम्बर पाहिमले १० बिघा क्षेत्रफलमा पहिलोपटक व्यावसायिक केराखेती सुरु गरेका थिए । त्यसपछि झापा गाउँपालिका–३ का चन्द्रबहादुर बस्नेतले इजरायलबाट फर्केर ३० बिघा जग्गामा केराखेती गरेपछि अन्य क्षेत्रमा पनि यसको अनुकरण हुन थालेको पाहिमले बताए ।
२०७१ मा जिल्लामा ३० हेक्टर क्षेत्रफलमा मात्र व्यावसायिक केराखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । हाल क्षेत्रफल विस्तार भएर जिल्लामा एक हजार ९०० हेक्टरमा व्यावसायिक खेती भइरहेको भन्दै जिल्लामा वार्षिक ३७ हजार मेट्रिक टन केरा उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
प्रतिघरी पाँच सयदेखि सात सयसम्ममा बोटबाटै बिक्री हुने गरेको कृषक गिरीले बताए । कम मेहनत र पुँजीमा छिटो र बढी आम्दानी दिने भएकाले किसानको आकर्षण बढ्न थालेको उनको धारणा छ ।
खेती विस्तार, प्राविधिक ज्ञानलगायत क्षेत्रमा स्थानीय सरकार, ज्ञान केन्द्र तथा अन्य सरोकार भएका निकायले अनुदान दिने, बजारीकरणमा सहजीकरण गर्ने, कृषि बिमामा सहयोगलगायत कार्यक्रम सञ्चालन गरेपछि केराखेतीतर्फ किसान आकर्षित भएका गिरीले जानकारी दिए । उनका अनुसार मल, सिँचाइ, हुरी, कीराको सङ्क्रमण, उचित उपचारको अभावलगायत कारणले केराखेती गर्न चुनौती थपिँदै गएको छ ।
झापाका किसानले चिनीचम्पा, मालबोक, जि–नाइन र इजरायली प्रजातिका केराखेती गर्दै आएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: