Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

घोडाघोडी क्याम्पसको स्ववियु् निर्वाचनमा अनेरास्ववियु विजयी

खबरडबली संवाददाता

घोडाघोडी। कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अशोक गौतम विजयी भएको छन। अनेरास्ववियु र  नेपाल विद्यार्थी सङ्घको संयुक्त प्यानलका अध्यक्ष पदका साझा उम्मेदवार अशोक गौतमसहित प्यानल विजयी भएको हो।  

उक्त क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विरासत भत्काउँदै अनेरास्ववियुको संयुक्त प्यानलले जित हासिल गरेको हो।

अनेरास्ववियुले घोडाघोडीमा स्ववियु निर्वाचनको इतिहासमै पहिलो जित दर्ता गरेको जनाइएको छ। कैलालीमा त्रिवि अन्तर्गतको यस वर्षको स्ववियु निर्वाचनमा अनेरास्ववियुको यो पहिलो जित हो।

गौतम छ सय ७० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अखिल (क्रान्तिकार)का गणेश भण्डारीले चार सय २८ मत प्राप्त गर्नुभयो भने अर्का  विप्लब निकट अखिल समाजवादीबाट उम्मेदवार यामबहादुर खत्रीले १० मत प्राप्त गरे।

सचिवमा गौतम प्यानलकै नेविसङ्घका प्रविन सिंह विजयी भएको छन। कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी विजयी भएको छन।

त्यसैगरी सदस्यमा गौतम पक्षको संयुक्त प्यानलबाट गोविन्द चौधरी, रमेश चौधरी, पद्यमा शाही, खिमा साउद, अनिता विक, सुवास चौधरी विजयी भएको छन भने अखिल क्रान्तिकारिका  रोशन चौधरी सदस्यमा विजयी भएको छन। 

घोडाघोडी बहुमुखी क्याम्पसमा १६ सय ९१ मतदाता रहेकोमा शनिबार मतदान कार्यक्रममा  ११ सय २६ जनाले मतदान गरेका थिए। जसमा ११ सय १२ मत सदर हुँदा १२ मत बदर भएको  घोडाघोडी बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन संयोजक बिनोदकुमार खड्काले जानकारी दिए।

समानुपातिक तर्फसमेत अनेरास्ववियु ४२४ मत प्राप्तगरी पहिलो हुन सफल भएको छ। त्यसैगरी ३८९ मत प्राप्तगरी अखिल क्रान्तिकारी दोस्रो र २५४ मत प्राप्त गरी नेविसङ्घ  तेस्रो विद्यार्थी सङ्गठनको रूपमा रहेको जनाइएको छ। अन्तिम मत परिणाम आइतबार सार्वजनिक भएको हो।

यस अघि चैत ५ गते अन्तिम मतदाता नामावलीमा विवाद भएपछि स्थगित भएको निर्वाचन शनिबार सम्पन्न भएको थियो।

नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ र एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबिच चुनावी तालमेल हुँदा नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियु चुनावी तालमेल प्रतिस्पर्धा रहेका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending