ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर तथा शिक्षा सुधारमा केन्द्रित बृहत् सिकाइ मेलाको तयारी गरेको छ। गाउँपालिकाले यही चैत २७ गते सीपमा आधारित बृहत् सिकाइ मेला आयोजना गर्ने भएको हो।
पालिकाभरका अभिभावक, शिक्षक, विद्यार्थी, बुद्धिजीवी लगायतको सहभागितामा सिकाइ मेला आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो। अध्यक्ष वनेमका अनुसार खस्किँदो शैक्षिक गुणस्तर सुधार गर्ने पहलस्वरूप सिकाइ मेलाको आयोजना गरिएको हो। सिकाइ मेलाले शिक्षा सुधारमा सहयोग पुग्ने अपेक्षा राखिएको वनेमको भनाइ छ।
शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्य राखेरै बृहत् शैक्षिक सम्मेलन लगायतका कार्यक्रम ९गतिविधि० गर्दै आएको गाउँपालिकाले अहिले शिक्षकलाई सिकाइमैत्री वातावरण निर्माण केन्द्रित तालिम पनि दिँदै आएको छ। ‘गुणस्तरीय शिक्षाका लागि सिकाइमैत्री विद्यालय’ भन्ने नारासहित आधारभूत तहका शिक्षकको सहभागितामा सिकाइमैत्री तालिम सञ्चालन गरिँदै आएको गाउँपालिकाले जनाएको छ।
सोमबार सम्पन्न हुने सिकाइमैत्री तालिममा आधारभूत तह ९कक्षा १–८० सञ्चालित पालिकाभरका विद्यालयमा कार्यरत ११५ जना शिक्षक सहभागी भएका गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले जानकारी दिए । तालिमको सहजीकरण राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरे, विषय विज्ञ अर्जुन भट्ट र कमला देवकोटाले गरिरहेको तामाङले बताए।
यसअघि गाउँपालिकाले पालिकाभरका बाल विकास केन्द्रका शिक्षक ९बाल विकास सहयोगी कार्यकर्ता० लाई ६५ दिने मन्टेस्वरी सिकाइसम्बन्धी तालिम प्रदान गरेको थियो। चैत पहिलो साता सम्पन्न भएको सो तालिममा पालिकाभरका २६ जना बाल विकास सहयोगी कार्यकर्ताले सहभागिता जनाएका थिए।
त्यस्तै गत जेठ महिनामा गुणस्तरीय शिक्षा र शैक्षिक सुधारको योजना बनाई गाउँपालिकाले बृहत् शैक्षिक सम्मेलनको आयोजना गरेको थियो। पालिकाभरका अभिभावक, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाको सहभागितामा शैक्षिक सम्मेलन सम्पन्न गरिएको थियो। यता सिकाइ मैत्रीलगायत गुणस्तरीय शिक्षा तथा शैक्षिक सुधार केन्द्रित तालिमबाट प्राप्त सीप र दक्षतालाई आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष वनेमले बताए। उनका अनुसार नयाँ शैक्षिक सत्रदेखि शिक्षकहरूले तालिमबाट प्राप्त सीप र दक्षतामा आधारित शिक्षण गर्नुपर्ने छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: