Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नयाँ युगको शुभारम्भ

\"New-Constitution-relese\"काठमाडाैं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएको छ । जनताबाट निर्वाचित संस्थाले चुनेका राष्ट्रपति डा. रामवरण यादवले ‘नेपालको संविधान’ जारी गरेका हुन् ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ– संविधानसभा भवन नयाँ बानेश्वरमा आइतबार बसेको संविधानसभाको १३५औँ (अन्तिम) बैठकबाट राष्ट्रपति यादवले संविधान जारी भएसँगै लागू भएको घोषणा गरेका छन् । राष्ट्रपतिको घोषणासँगै ०६३ माघ १ गतेदेखि लागू भएको ‘अन्तरिम संविधान’ खारेज भएको छ । नयाँ संविधानको धारा ३ सय ८ को व्यवस्थाअनुसार अन्तरिम संविधान खारेज भएको हो ।
संविधान घोषणा समारोहमा राष्ट्रपति यादवले संविधानसभाले नेपाली कागजमा मुद्रण गरेको पाँच प्रति संविधानमा हस्ताक्षर गरेर घोषणा गरेका थिए । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले उपलब्ध गराएका संविधानका प्रतिमा ढोगेर हस्ताक्षर गर्दै राष्ट्रपति कार्यालयको छापसमेत लगाइसकेपछि उनले जारी गरेका हुन् । त्यसअघि राष्ट्रपति यादवले ‘संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु’ भन्ने विवरण पढेर सुनाएका थिए । राष्ट्रपतिले संविधान जारी भएको घोषणा गर्दा सभासद् मात्रै होइन, समारोहमा निम्त्याइएको अतिथिहरूले समेत झन्डै एक मिनेट लामो तालीका गडगडाहटले अनुमोदन गरेका थिए ।
तीन सय ५० पृष्ठको नयाँ संविधानमा ३५ भाग, तीन सय आठ धारा र नौ अनुसूची छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, सात प्रदेशसहितको संघीय संरचना, सार्वभौमसत्ता तथा राजकीयसत्ता जनतामा निहित हुने, समानुपातिक समावेशी व्यवस्थाजस्ता विषय संविधानका मुख्य विशेषता हुन् । ०७० माघ ८ गतेबाट दोस्रो संविधानसभाको बैठक सुरु भएको थियो । त्यसयता ६ सय सात दिनको अवधिमा एक सय ३० दिनमा बसेका एक सय ३५ बैठकले नयाँ संविधान बनाएको हो ।
राष्ट्रपति यादवले संविधान जारी भएको घोषणा गरेपछि आइतबारै बसेको मन्त्रिपरिषद् बैठकले तयार गरेर दिएको एक पेज लामो मन्तव्य राखेका थिए । नेपाली जनताले झन्डै सात दशकअघि सुरु गरेको अथक लोकतान्त्रिक आन्दोलन र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनाले मूर्त रूप दिएको उनको भनाइ थियो ।
‘यस संविधानको घोषणासँगै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ,’ उनले भने, ‘संविधानको घोषणासँगै देश दिगो शान्तिको बाटोमा अघि बढ्ने विश्वास छ ।’
नयाँ संविधानले सबै क्षेत्र र समुदायका जनताको आकांक्षा र अधिकारलाई समान ढंगले संरक्षण गर्ने उनले विश्वास व्यक्त गरे । ‘हिमाल, पहाड, तराई, मधेसका जनतालाई सहकार्य र मेलमिलापका साथ प्राप्त उपलब्धि संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासहितको संविधान कार्यान्वयन गरेर अघि बढ्न आह्वान गर्दछु,’ उनले भने, ‘जनतामा निहित सार्वभौमसत्ताको रक्षा गर्न हामी सबै एक हुनुपर्छ ।’
संविधानसभाको बैठकमा झन्डै १५ मिनेटको अन्तिम मन्तव्य दिएका सभामुख नेम्वाङले नयाँ संविधानले भावी नेपालको रूपरेखा कोरेको बताए । अहिले नसमेटिएका विषय पछि पनि संशोधनमार्फत समेट्न सकिने बताउँदै उनले त्यसका लागि यो संविधानले मार्गप्रशस्त गरेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending