Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

बार निर्वाचनमा काठमाडौंमा खस्यो ५० प्रतिशत मत

खबरडबली संवाददाता

काठमाडौं । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि जारी मतदानमा हालसम्म काठमाडौँमा ४९.२५ प्रतिशत (३२००) मत खसेको छ ।  बिहान ८ बजेदेखि सुरु मतदानमा दिउँसो २ बजेसम्म उक्त मत खसेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले बताए । बार निर्वाचन समितिका अनुसार काठमाडौँ उपत्यकामा ६ हजार ४९७ मतदाता रहेका छन् । 

मतदाताहरूले मतदान गर्ने क्रम जारी छ । बेलुका ४ बजेसम्म सर्वोच्च अदालत र नेपाल बार एसोसिएसन परिसरमा ३ ठाउँमा मतदान हुनेछ । केन्द्रसँगै उपत्यकाबाहिर उच्च र जिल्ला अदालतहरूमा पनि मतदान चलिरहेको छ ।उपत्यकाबाहिर ३५०० मतदाता रहेका छन्, जसले ३५ वटा मतदान केन्द्रमा मतदान गरिरहेका छन् । 

उपत्यका बाहिरको मतपेटिका आएपछि काठमाडौँमा गणना सुरु हुने निर्वाचन अधिकृत सिटौलाले बताए ।  ‘चैत २५ सम्म बाहिरको मतपेटिका सङ्कलन भएर आइसक्ने अनुमान छ, बाहिरको मतपेटिका आएपछि गणना सुरु हुन्छ,’ उनले भने ।

मतदानका लागि रामशाहपथस्थित सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसन परिसर गरी दुई ठाउँसहित देशभर ३६ मतदान केन्द्र तोकिएको छ । बार निर्वाचनमा ९ हजार  ९९७ ले नयाँ नेतृत्व छनोटका लागि मतदान गर्दैछन् । 

३ वर्षे कार्यकालको २५ सदस्यीय ३ वर्षीय पदाधिकारीका लागि निर्वाचनमा सत्ता पक्षीय नेकपा एमालेनिकट पेसागत कानुन व्यवसायी सङ्गठन र नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन  बिच गठबन्धन भएको छ । जसलाई राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी निकट कानुन व्यवसायीहरूले समर्थन गरेका छन् । 

सत्ता पक्षीय लोकतान्त्रिक प्रगतिशील तथा देशभक्त कानुन व्यवसायी समूह नाम दिइएको उक्त समूहबाट डीएलएका प्राडा विजयप्रसाद मिश्र उम्मेदवार छन् भने एमाले निकट पीपीएलएका केदार कोइराला महासचिवका उम्मेदवार छन् ।

यस्तै यता प्रतिपक्षी समूह नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक कानुन व्यवसायी सङ्गठनले राष्ट्रिय स्वतन्त्र पार्टी  निकट स्वतन्त्र कानुन व्यवसायी सङ्गठन र नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायीहरूसँग मिलेर प्यानल बनाएको छ । जसमा आरपीएलएका रमनकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार छन् भने रास्वपा निकट कानुन व्यवसायी यज्ञमणि न्यौपाने महासचिवका उम्मेदवार छन् ।

जसलाई नेकपा एसलगायतका दलनिकट कानुन व्यवसायीहरूले समर्थन गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सक्कली बिल लिने उपभोक्तालाई सरकारको उपहार : दैनिक लखपति, महिनामा दुई जनाले पाउने १०–१० लाख

  काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...

कोशी सरकार फेरबदलको बहस तीव्र : कांग्रेस अन्योलमा, वाम गठबन्धनको सम्भावना बलियो

विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरदेखि युरोसम्म कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...

पुल बन्यो, बाटो बनेन : जोखिम मोलेर यात्रा गर्न बाध्य डुडुवाका स्थानीय

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...

आयु सकिएको कोशी ब्यारेज : नयाँ पुलको योजना रोकिँदा बढ्दो जोखिममा लाखौँ नागरिक

काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...

आज पनि देशभर वर्षा, ६ प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने चेतावनी

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...

धनगढीमा २७ लाखभन्दा बढीका प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद

धनगढी । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार...

कालीमाटीको नयाँ मूल्यसूची सार्वजनिक, गोलभेँडा ५० र भारतीय प्याज ५७ रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा...

मोरङमा १४ लाखभन्दा बढीका अवैध सामान बरामद, एक जना पक्राउ

विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका १४ लाख ८६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट...

दुई दिने सार्वजनिक बिदा लागू भएपछि अन्य बिदा पुनरावलोकन हुँदै, अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णयसँगै अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्ने प्रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending