काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका तत्कालीन गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अतिरिक्त सक्रियता देखाएको छ।
दाङ उच्च अदालतबाट प्रक्रियागत रुपमा जिल्ला अदालतहुँदै लामिछाने बसेको स्थायी ठेगानामा आदेशको जानकारी हुनुपर्ने भए पनि प्रहरीले आदेश सार्वजनिक हुने बित्तिकै पक्राउ गरेको हो।
प्रक्रियागत रूपमा दाङ उच्च अदालतको आदेश रूपन्देही जिल्ला अदालत हुँदै लामिछाने बसेको काठमाडौँको प्रहरीलाई जानकारी भएपछि मात्रै पक्राउ गर्नुपर्ने भए पनि आदेश सार्वजनिक भएको केहीबेरमै उनलाई समातिएको छ।
लामिछानेलाई यसरी पक्राउ गर्दा अदालती प्रक्रिया मिचिएको र सरकारले पनि उनीमाथि अनावश्यक धरपकट गरेको भन्दै सार्वजनिक रुपमा आलोचना सुरु भएको छ।
शुक्रबार साँझ उच्च अदालत दाङको आदेश मिडियाबाट सार्वजनिक भएलगत्तै प्रहरीले निलकण्ठ निवासबाट लामिछानेलाई पक्राउ गरेर काठमाडौं प्रहरी परिसरमा ल्याएको थियो।
बुटवलको सुप्रिम सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा रूपन्देही जिल्ला अदालतको आदेश अनुसार उनी एक करोड धरौटीमा रिहा भएका थिए।
उक्त आदेश अन्यायपूर्ण भएको र आफूलाई साधारण तारिखमै छाड्नुपर्ने मागदाबीसहित उच्च अदालत पुगेका लामिछानेलाई उल्टै पुर्पक्ष थुनाका लागि पठाउने आदेश भएको हो।
दाङ उच्च अदालतका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रुपन्देही जिल्ला अदालतबाट लामिछानेलाई १ करोड धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण रहेको भन्दै सच्याएको हो।
रूपन्देही, काठमाडौँ, चितवनसहितका जिल्लाहरूमा सहकारी ठगी मुद्दा खेपिरहेका लामिछाने ती जिल्लामा धरौटीमा रिहा भएका थिए। पर्साको मुद्दा दर्ता नहुँदै उनलाई रूपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै दाङ उच्च अदालतले थुनामा पठाएको हो।
यसअघि ८४ दिन थुनामा बसेर धरौटीमा रिहा भएका लामिछाने ८५ दिन बाहिर बसेपछि शुक्रबार पुन पक्राउ परेका हुन् । दाङ उच्च अदालतले लामिछानेलाई आफ्नै निवेदनमा पराजित गरिदिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेको निर्वाचन क्षेत्र रहेको चितवनमा आमसभा गर्ने तयारी गरिरहेका बेला उनी पूर्पक्षका लागि थुनामा पुगेका छन्।
यो अवधिमा मौन रहेका लामिछाने चितवनबाटै आफ्ना राजनीतिक कुराहरू भन्ने बताइरहँदा उनलाई शनिबार बिहान थुनामा राख्न प्रहरीले काठमाडौँबाट विमान चढाउने तयारी गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - ०९:१८
काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...
श्रावण ५ गते, २०८३ - ०९:१३
विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...
श्रावण ५ गते, २०८३ - ०९:११
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...
श्रावण ५ गते, २०८३ - ०९:०९
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...
श्रावण ५ गते, २०८३ - ०९:०६
काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...
श्रावण ५ गते, २०८३ - ०९:०२
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...
श्रावण ५ गते, २०८३ - ०९:०१
धनगढी । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार...
श्रावण ५ गते, २०८३ - ०८:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा...
श्रावण ५ गते, २०८३ - ०८:५२
विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका १४ लाख ८६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट...
श्रावण ५ गते, २०८३ - ०८:४८
काठमाडौं । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णयसँगै अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्ने प्रक्...



प्रतिकृया लेख्नुहोस्: