काठमाडौं । देशका विभिन्न ठाउँबाट भेला भएका बालबालिकाहरूले शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई सुझाव दिएका छन् ।
‘जसको सवाल, उसैको सहभागिताः जसको सवालः उसैको आवाज’ भन्दै जाजरकोट, दैलेख, कालीकोट, सर्लाही, सप्तरी र महोत्तरीलगायतका जिल्लाका बालबालिकाहरूले आफ्ना समस्या र मागहरूलाई विधेयकमा समावेश गर्न सुझाव दिएका हुन् ।
उनीहरूले सुरक्षित शिक्षण वातावरण, समावेशी शिक्षा, शिक्षक र शैक्षिक प्रणाली सुधार, सामाजिक चुनौती समाधान, बालविवाह, लैङ्गिक असमानता र अभिभावकको जागरूकता अभियानलगायतका विषयहरु उठाएका छन् ।
बालबालिकाले उठाएका मुद्दाबारे मन्त्री भट्टराईले बालबालिकाको सुझावलाई ‘भविष्यको नभएर वर्तमानको आवश्यकता’ बताउँदै यी मुद्दाहरू विधेयकमा समेट्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले केही सुझाव पहिले नै विधेयकमा समावेश भएको र बाँकीमा मन्त्रालयले गम्भीरताका साथ लिने जानकारी दिइन् ।
यसैगरी, शिक्षकद्वारा विद्यार्थीमाथि हुने गरेको उत्पीडन लुकाउने चलन रोकी कानुनी कारबाही गर्ने, बालमैत्री र सिकाइमैत्री विद्यालय स्थापनाका लागि स्थानीय तह र अन्य मन्त्रालयसँग समन्वय बढाउने र विद्यार्थी(मैत्री शिक्षा नीति बनाउने साथै शिक्षा नीति निर्माणमा बालबालिकाको आवाजलाई प्राथमिकता दिइने र मन्त्रालयले यी सुझावलाई विधेयकमा समेटेर सुरक्षित, समावेशी र गुणस्तरीय शिक्षा प्रणाली निर्माण गर्ने आफू लागिपरेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - ०९:१८
काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...
श्रावण ५ गते, २०८३ - ०९:१३
विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...
श्रावण ५ गते, २०८३ - ०९:११
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...
श्रावण ५ गते, २०८३ - ०९:०९
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...
श्रावण ५ गते, २०८३ - ०९:०६
काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...
श्रावण ५ गते, २०८३ - ०९:०२
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...
श्रावण ५ गते, २०८३ - ०९:०१
धनगढी । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार...
श्रावण ५ गते, २०८३ - ०८:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा...
श्रावण ५ गते, २०८३ - ०८:५२
विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका १४ लाख ८६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट...
श्रावण ५ गते, २०८३ - ०८:४८
काठमाडौं । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णयसँगै अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्ने प्रक्...



प्रतिकृया लेख्नुहोस्: