Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

‘वाय प्रदूषणका कारण मुटु रोगी उच्च जोखिममा’

मर्निङ वाक’ गरेर थप रोग ननिम्त्याऔँ

खबरडबली संवाददाता

काठमाडौं । केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकाका बासिन्दा रुघाखोकी, घाँटी खसखसाउने, आँखा पोल्ने, श्वासप्रश्वासलगायत विभिन्न समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । 

संयुक्त राष्ट्रसंघको वातावरणसम्बन्धी निकाय ‘युएनईपी’ काअनुसार विश्वव्यापी समस्या निम्त्याएको वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । काठमाडौंमा वायु प्रदूषणकै कारण मानिसको मृत्यु भएको घटना सार्वजनिक नभएको भए पनि यति बेला वायु प्रदूषणसँग सम्बन्धित समस्या लिएर अस्पतालहरूमा जाने बिरामीको संख्या बढेको छ । अल्का अस्पतालका छाती रोग विशेषज्ञ डा. अहिस श्रेष्ठले विगत केही दिनदेखि आँखा, नाक, कान, घाँटी तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या लिएर अस्पताल आउनेको चाप बढेको बताए । छातीको समस्याका कारण कतिपय बिरामीलाई आइसियुमा राख्नु परेको समेत उनको भनाइ छ । उनले वायु प्रदूषणका कारण मुटुमा असर गर्ने र हृदयाघातको समेत उच्च जोखिम हुने बताए ।

उनले भने,‘प्रदूषणको कारणले गर्दा बिरामीको चाप अस्पतालहरूमा बिस्तारै बढ्दै गएको छ । विशेष गरेर श्वासप्रश्वासको समस्या लिएर बढी आउँछन् । सँगसँगै आँखा, नाक, कान, घाँटी तथा छालाका समस्या लिएर आएका छन् । घाँटी खसखस गर्ने, आँखा पोल्ने र आँसु आउनेलगायतका समस्या लिएर आएका छन् । छातीका संक्रमण लिएर बिरामीहरू धेरै छन् ।केही बिरामीहरू आइसियुमा समेत राख्ने अवस्था आएको छ । आइसियुको बिरामीको चाप पनि बढेको छ । वायु प्रदूषणले गर्दाखेरि हृदयघात हुने सम्भावना पनि बढी हुन्छ भन्ने अध्ययनले देखाएको छ । हाम्रो अरू अस्पतालका डाक्टरहरूको कुरा सुन्दा पनि मुटुका रोगीहरूको पनि उत्तिकै चाप बढेको छ ।’

डा. श्रेष्ठले वायु प्रदूषणले वृद्धवृद्धा, बालबालिका तथा गर्भवती र सुत्केरीमा ठूलो जोखिम निम्त्याएको बताए । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा रहेको उनको भनाइ छ । उनले अहिलेको जटिल समयमा व्यायामको रूपमा बिहान हिँड्ने कार्य रोक्नुपर्ने बताए । मर्निङ वाकको नाममा बिहान हिँड्दा थप रोग निम्तिने भन्दै उनले घरमै बसेर व्यायाम गर्न सुझाव दिए । हिँडेर मात्रै व्यायाम हुन्छ भन्ने मान्यताबाट यति बेला पछि हट्नुपर्ने उनको भनाइ छ ।

 उनले भने, ‘उमेर समूहको कुरा गर्दा जहिले पनि स्वास्थ्य जोखिममा  पर्ने भनेकै वृद्धवृद्धा र बालबालिका । अर्को भनेको गर्भवती र सुत्केरी महिला तथा दीर्घरोगीहरु जस्तो मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका रोगी पनि पनि उच्च जोखिममा हुन्छन् । त्यस्ता रोगीले बच्नुपर्ने मेरो सुझाव हुन्छ । हामी स्वस्थ हुनका लागि व्यायाम गर्ने, मर्निङ वाक गर्नेगर्छौं । जब अहिले बाहिर हिँड्दा झन् रोग निम्तिन्छ, बढी अस्वस्थ भइन्छ भने हिँड्नुको के तुक रु त्यसकारण  अहिलेको अवस्था जस्तो छ त्यसलाई विशेष महत्त्व दिनु जरुरी छ ।  अहिलेको अवस्थामा हिडडुल गर्नु एकदम खतरनाक छ । हिडडुल गर्नै पर्ने भए घरकै कोठामा हिँडडुल वा व्यायाम गर्न पनि सकिन्छ । हिँडेर मात्रै व्यायाम हुन्छ भन्ने पनि होइन । हिँडेर मात्रै व्यायाम हुन्छ भन्ने कुरामा अहिले लाग्नु हुँदैन ।’

डा‍‍. श्रेष्ठले वायु प्रदूषणले खतराको तह पार गरेकाले सरकारले जनस्वास्थ्यलाई ध्यानमा राखेर केही न केही निर्णय गर्नुपर्ने बताए । स्वास्थ्य विशेषज्ञहरूसँग परामर्श लिएर सरकारले ठोस निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘सरकारले जनस्वाश्थ्यामा सरोकार राख्ने हो भने यसबारेमा केही न केही सोच्न आवश्यक भइसकेको अवस्था हो । सरकारी तवरबाट के कस्तो निर्णय आउँछ त्यो हेर्न बाँकी नै छ । तर जनस्वास्थ्यको अवस्थालाई खतराको तह पार गरिसकेको अवस्थामा केही न केही निर्णय होला भन्ने ठानेको छ । त्यो सरकारले विशेषज्ञहरूसँग बसेर गर्ने निर्णयको एउटा पाटो भयो तर व्यक्तिगत रूपमा मैले भन्नुपर्दा यो अवस्था आइसकेको छ ।’

डा. श्रेष्ठले वायु प्रदूषण विकराल बन्दै गएकाले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीहरुले समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।  सन्तुलित, पोषिलो र स्वस्थ भोजनमा ध्यान दिनुपर्ने उनको भनाइ छ । बाहिर हिँड्डुल गर्नैपर्ने अवस्थामा मास्क प्रयोग गरेर धेरै हदसम्म बच्न सकिने उनले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सक्कली बिल लिने उपभोक्तालाई सरकारको उपहार : दैनिक लखपति, महिनामा दुई जनाले पाउने १०–१० लाख

  काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...

कोशी सरकार फेरबदलको बहस तीव्र : कांग्रेस अन्योलमा, वाम गठबन्धनको सम्भावना बलियो

विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरदेखि युरोसम्म कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...

पुल बन्यो, बाटो बनेन : जोखिम मोलेर यात्रा गर्न बाध्य डुडुवाका स्थानीय

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...

आयु सकिएको कोशी ब्यारेज : नयाँ पुलको योजना रोकिँदा बढ्दो जोखिममा लाखौँ नागरिक

काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...

आज पनि देशभर वर्षा, ६ प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने चेतावनी

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...

धनगढीमा २७ लाखभन्दा बढीका प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद

धनगढी । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार...

कालीमाटीको नयाँ मूल्यसूची सार्वजनिक, गोलभेँडा ५० र भारतीय प्याज ५७ रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा...

मोरङमा १४ लाखभन्दा बढीका अवैध सामान बरामद, एक जना पक्राउ

विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका १४ लाख ८६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट...

दुई दिने सार्वजनिक बिदा लागू भएपछि अन्य बिदा पुनरावलोकन हुँदै, अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णयसँगै अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्ने प्रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending