काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका–५ मा रहेको आदेश्वर मन्दिरमा पिसाब छर्केको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१७ धोवीचौर घर भई हाल सुकेधारा बस्ने ६१ वर्षीया मिठु तिवारी गर्तौला रहेकी छन् ।
प्रहरी वृत्त स्वयम्भूका अनुसार गत पुस २६ गते मन्दिरमा कोही नभएको मौका पारी एक जना महिलाले बोतलमा पिसाब लिएर आई आदेश्वर मन्दिर भित्रको मूर्ति समेतमा पिसाब फाली फरार भएको निवेदन प्राप्त भएको थियो । सोभन्दा पछि पनि गर्तौलाले फागुन २१ गते सोही आदेश्वर मन्दिरमा आई पिसाब छर्केको खुलेको थियो ।
उनले नागार्जुन नगरपालिका–५ स्थित चुण्डेश्वर मन्दिर, सीतापाइलास्थित गणेश मन्दिर, हरिसिद्धी मन्दिरमा समेत पिसाब छर्केर फोहोर तथा दूषित कार्य गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा सिसिटिभी फुटेजको आधारमा खोजतलास गर्ने क्रममा गर्तौलालाई चैत २१ गते दिउँसो प्लास्टिकको बोतलमा पिसाब जस्तो देखिने तरल पदार्थ रहेको ५ वटा बोतल साथमा लिई आदेश्वर मन्दिरमा आएको अवस्थामा पक्राउ गरिएको हो । उनीमाथि ‘धर्म सम्बन्धी कसुर’मा मुद्दा दर्ता भई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन थप गरेर थप अनुसन्धान कार्य भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा गर्तौलाले २०७६ सालमा हिन्दु धर्म परिवर्तन गरी क्रिस्चियन धर्म मान्दै आएको खुलेको प्रहरीको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - ०९:१८
काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...
श्रावण ५ गते, २०८३ - ०९:१३
विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...
श्रावण ५ गते, २०८३ - ०९:११
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...
श्रावण ५ गते, २०८३ - ०९:०९
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...
श्रावण ५ गते, २०८३ - ०९:०६
काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...
श्रावण ५ गते, २०८३ - ०९:०२
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...
श्रावण ५ गते, २०८३ - ०९:०१
धनगढी । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार...
श्रावण ५ गते, २०८३ - ०८:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा...
श्रावण ५ गते, २०८३ - ०८:५२
विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका १४ लाख ८६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट...
श्रावण ५ गते, २०८३ - ०८:४८
काठमाडौं । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णयसँगै अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्ने प्रक्...



प्रतिकृया लेख्नुहोस्: