Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

निसासिँदो काठमाडौं उपत्यका: ९० दिनमा ७५ दिन श्वास फेर्नै गाह्रो

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकावासीले विगत तीन महिनामा ७५ दिन अस्वस्थ हावामा सास फेर्न वाध्य भएको देखिएको छ । इसिमोडले गरेको एक समीक्षात्मक अध्ययनले यस्तो देखाएको हो ।

सन् २०२५ मा अत्यधिक प्रदूषण हुनु ‘सामान्य प्रक्रिया’ जस्तो देखिएको जनाउँदै इसिमोडका वैज्ञानिकले पश्चिमी नेपालमा खडेरीका कारण मनसुन शुरु हुनुु अघिको अवधीमा ठूलो स्तरमा बन ढडेलो लागेको कारण प्रदुषण ह्वात्तै बढेको जनाएका छन्  ।

हावाको प्रवाह थोरै बढेको कारण शुक्रवार वायु प्रदुषणको स्तरमा केही सुधार आएपनि यो साताभर वायु प्रदूषण भक्तपुर, शंखपार्क, रत्नपार्क, भैंसीपाटी, खुमलटार लगायतका क्षेत्रमा वायु गुणस्तर सुचकांक (एक्यूआई) २५० हो हाराहारीमा रहेको थियो । उच्च वायु प्रदूषणका कारण सर्वसाधारणलाई आँखा पोल्ने, खोकी लाग्ने, घाँटी खसखस हुने लगायत श्वासप्रश्वासजन्य रोगीहरु बढेको विभिन्न अस्पतालहरुले जनाएका छन् ।  

इसिमोडका वायु प्रदूषण विश्लेषक सागर अधिकारीका अनुसार पानी नपरेको कारण हालको सुख्खा अवस्थाले देशभरि वन डढेलोका घटनाहरू बढेका छन् । सार्वजनिक यातायात क्षेत्रले गर्ने उत्सर्जन, सडक धुलो लगायतका अन्य कारणले हुने उत्सर्जनलाई वन डढेलोले काठमाडौं उपत्यकाको प्रदूषणलाई झनै खराब बनाएको अधिकारी बताउछन् ।  

वन डढेलो लाग्दा कार्बन मोनोअक्साइड, अत्यन्त सुक्ष्म कणहरु अर्थात् पिएम २.५ लगायत कालो कार्बन उत्सर्जन हुने गर्दछ । वायु प्रदूषणका जिम्मेवार मानिने यी सुक्ष्म कणहरू श्वासप्रश्वासमार्फत् मानिसको रक्तप्रवाहमा सिधा प्रवेश गर्न सक्छन् । यिनै बिषाक्त कणहरुको कारण श्वासप्रश्वासको समस्या  देखि मानिसको मृत्यु समेत निम्तिन सक्छ ।  

त्रिभुवन विश्वविद्यालयको पाटन बहुमुखी क्याम्पसका सहायक प्राध्यापक नारायणबाबु धितालका अनुसार वन डढेलाले हुने मृत्युदर ठयाक्कै यति हो भनेर यकिन नभएकाले यसका लागि तथ्यांक संकलन गर्न आवश्यक छ ।

‘सन् २०१९ मा पिएम २.५ जस्ता सुक्ष्म कणहरुले नेपालमा कुल  ४८ हजारको मृत्यु भएको थियो । हामीले अध्ययनलाई  विश्लेषण गर्ने क्रममा ग्लोबल बर्डन अफ डिजिजका द्वितीय तथ्यांकलाई हेरेका थियौ,’ उनी थप्छन् ।  

वन जंगलमा हुने आगलागीबाट उत्सर्जित कालो कार्बन वा धुँवालाई जलवायु परिवर्तनको कारक समेत मानिन्छ । यसले  हिन्दूकुश हिमालय क्षेत्रमा रहेका जलवायु प्रणालीलाई समेत प्रभाव पार्ने क्षमता राख्दछ ।  

क्लिन एयर फन्डले हालै जारी गरेको एक अध्ययन प्रतिवेदनका अनुसार कालो कार्बनले हिमनदी पग्लने गतिलाई तीब्र पार्न र मनसुनको नियमित प्रक्रियालाई समेत परिवर्तन गर्न सक्दछ ।  

‘हामीलाई थाहा छ कि हिन्दुकुश हिमालयमा हिमनदी पग्लिनमा कालो कार्बनले उल्लेखनीय योगदान पु¥याएको छ ।  केही क्षेत्रमा त यो  प्रदूषकका कारण ३९ प्रतिशतसम्म हिउँ पग्लिएको पाइएको छ । कालो कार्बन उत्सर्जनलाई सम्बोधन गर्न समन्वित, वहुक्षेत्रीय दृष्टिकोण आवश्यक छ,’ इसिमोडका अर्का वायु प्रदुषण विश्लेषक खुश्वु शर्मा भन्छिन् ।  

‘यो गर्न सकेमा हाम्रा हिमनदीहरू मात्र सुरक्षित हुदैनन, यस क्षेत्रका लाखौं मानिसहरूको लागि सफा हावा सुनिश्चित हुन्छ,’  शर्माले भनिन् ।  

विशेषगरी वालीनाली थन्क्याएपछि बाँकी रहेका कृषि अवशेषहरु जलाउँदा निस्कने धुँवा र वन ढडेलोको कारण निस्कने धुँवाका कारण नेपालमा माघ, फागुन, चैत र वैशाख महिनामा प्रदूषण ह्वात्तै बढ्ने गरेको पाइन्छ ।

नेपालको वातावरण विभाग र अन्य निकायहरुको सक्रियतामा  देशका विभिन्न स्थानमा स्थापना गरिएको वायु गुणस्तर मापन केन्द्रहरुले देशव्यापी रुपमा प्रदूषणका हिसाबले ‘हटस्पटहरू’ पत्ता लगाउन सहज पारेको वैज्ञानिक ठान्छन् ।  

विश्वव्यापी रुपमा भैरहेको तापक्रम वृद्धिलाई सीमित गर्न लागि कार्बन उत्सर्जन कटौती गर्ने प्रयाशलाई प्रभावकारी पार्न एकातिर आवश्यक छ भने अर्कोतिर बन डढेलो निगरानी प्रणाली, दिगो भूमि व्यवश्थापन सहितको योजनाले भविश्यमा वायु प्रदुषण रोक्न सहयोगी हुने इसिमोडको वैज्ञानिकले बताएका छन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सक्कली बिल लिने उपभोक्तालाई सरकारको उपहार : दैनिक लखपति, महिनामा दुई जनाले पाउने १०–१० लाख

  काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...

कोशी सरकार फेरबदलको बहस तीव्र : कांग्रेस अन्योलमा, वाम गठबन्धनको सम्भावना बलियो

विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरदेखि युरोसम्म कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...

पुल बन्यो, बाटो बनेन : जोखिम मोलेर यात्रा गर्न बाध्य डुडुवाका स्थानीय

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...

आयु सकिएको कोशी ब्यारेज : नयाँ पुलको योजना रोकिँदा बढ्दो जोखिममा लाखौँ नागरिक

काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...

आज पनि देशभर वर्षा, ६ प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने चेतावनी

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...

धनगढीमा २७ लाखभन्दा बढीका प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद

धनगढी । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार...

कालीमाटीको नयाँ मूल्यसूची सार्वजनिक, गोलभेँडा ५० र भारतीय प्याज ५७ रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा...

मोरङमा १४ लाखभन्दा बढीका अवैध सामान बरामद, एक जना पक्राउ

विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका १४ लाख ८६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट...

दुई दिने सार्वजनिक बिदा लागू भएपछि अन्य बिदा पुनरावलोकन हुँदै, अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णयसँगै अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्ने प्रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending