काठमाडौं । काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले गत चैत १५ गते गरेको प्रदर्शनपछि पक्राउ परेकामध्ये ८९ जना रिहा भएका छन् ।
तीनकुने, कोटेश्वर, जडीबुटी र सिनामंगल क्षेत्रमा भएको तोडफोड, आगजनी र हिंसात्मक घटनामा पक्राउ परेका १४८ मध्ये ८९ जनालाई आफन्त र परिवारको जिम्मामा छाडिएको हो ।
त्यसदिन शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै दुर्गा प्रसाईंको समूहले स्थानीय प्रशासनबाट अनुमति लिएका थिए । गृहमन्त्री रमेश लेखकले शुक्रबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा जानकारी दिए अनुसार प्रतिनिधि सभाका माननीय एवम् धवल शमशे राणा र राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित आपराधिक कार्यमा संलग्न १४८ जनालाई नियन्त्रणमा लिइएको थियो ।
जसमध्ये राणा र मिश्रसहित ६६ जनामाथि जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर अनुसन्धान भइरहेको उनले बताए । लेखकका अनुसार शान्तिपूर्ण प्रदर्शन गर्ने भनेका प्रसाईंलै नै चैत १५ गते तीनकुने क्षेत्रमा जम्मा भएको भिडलाई भड्काउने काम गरेका थिए ।
‘प्रदर्शनका क्रममा अगुवामध्ये दुर्गा प्रसाईं चैत १५ गते दिउँसो बा. प्र. ०१–०२८ च. ०२०१ नम्बरको गाडी हाँकी अश्लील शब्द प्रयोग गर्दै, भिडलाई उत्तेजित बनाउँदै सुरक्षाकर्मीलाई किच्ने नियतकासाथ सुरक्षा घेरा तोडे’, मन्त्री लेखकले भने, ‘प्रसाईंले बलपूर्वक सुरक्षा ब्यारिकेडमाथि गाडी हाँकेपछि माहौल बिग्रिन पुगेको थियो ।’
उनले प्रसाईंकै उक्त हर्कतका कारण तीनकुनेको माहौल बिग्रिएको पनि बताएका छन् । ‘प्रसाईंको उक्त हर्कतलगत्तै भिड उत्तेजित भई सुरक्षाकर्मीमाथि ढुंगामुढा र सिसाका बोतल लगायत वस्तु प्रहार गरेका थिए’, उनले भने ।
कार्यक्रमस्थलबाट अगुवा भनिएकाले नै भिडलाई उत्तेजित बनाउने काम गरेको उनले बताए । ‘सबै साथीहरू परपर बसेर हेर्ने होइन, अगाडि वढ्नोस्, संसद् भवन बानेश्वरतर्फ अगाडि बढ्नुहोस्’ भनेपछि अनियन्त्रित बनेको भिडलाई नियन्त्रणमा लिन प्रहरीले मौखिक रुपमा पटकपटक सचेत गराएको थियो’, उनले भने ।
नेतृत्व गरेकाकै उक्साहटमा थप आक्रामक भएको भिडलाई तितरबितर गरी परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्यात्मक रुमपा क्रमश बल प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको लेखकले बताए ।
‘अनियन्त्रित भिडले सडकको ट्राफिक आइल्याण्ड भत्काउने, तोडफोड गर्ने, सुरक्षाकर्मीमाथि हरतरहले आक्रमण गर्ने जस्ता उच्छृङ्खल गतिविधि निरन्तर जारी राख्दै नजिकै रहेको इन्द्रेणी सहकारीको भवनमा ढुंगा हान्ने र आगजनी सुरू गरेका थिए’, उनले भने, ‘आगजनी नियन्त्रणमा लिन सुरक्षाकर्मीबाट हरसम्भव प्रयास भए पनि दमकल तथा सुरक्षा निकायको गाडीमाथि भिडले आक्रमण गरी अवरोध गरेकोले तत्काल सम्भव नभएको हो ।’
उनले सुरक्षा निकायको समन्वयात्मक परिचालन तथा शान्ति सुव्यवस्था कायम गर्न खटिएका सुरक्षाकर्मीले आफू घाइते हुँदासमेत मानवीय क्षति नहोस भनेर अत्यन्तै संयमता अपनाएको बताए । ‘भिडको उदन्डता र नेतृत्वकर्ताको उक्साहट हेर्दा प्रहरीले संयमता नअपनाएको भए अझै ठूलो क्षति हुने अवस्था सिर्जना हुने थियो’, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - ०९:१८
काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...
श्रावण ५ गते, २०८३ - ०९:१३
विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...
श्रावण ५ गते, २०८३ - ०९:११
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...
श्रावण ५ गते, २०८३ - ०९:०९
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...
श्रावण ५ गते, २०८३ - ०९:०६
काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...
श्रावण ५ गते, २०८३ - ०९:०२
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...
श्रावण ५ गते, २०८३ - ०९:०१
धनगढी । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार...
श्रावण ५ गते, २०८३ - ०८:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा...
श्रावण ५ गते, २०८३ - ०८:५२
विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका १४ लाख ८६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट...
श्रावण ५ गते, २०८३ - ०८:४८
काठमाडौं । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णयसँगै अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्ने प्रक्...



प्रतिकृया लेख्नुहोस्: