Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

अब ७५३ वटै पालिकामा नागरिक आरोग्य सेवाः स्वास्थ्यमन्त्री

खबरडबली संवाददाता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने बताएको छन ।

शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौँको सेवा शुभारम्भ गर्नुहुँदै स्वास्थ्यमन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको बताएको हो ।

उहाँले भन्नुभयो, ‘‘हाम्रो नागरिक आरोग्य सेवा ७५३ पालिकामा पुग्दैछ । यो पटकको बजेटमा हामीले नागरिक आरोग्य सेवा सबै पालिकामा पुर्‍याउने गरी व्यवस्था गर्दैछौँ । यसमा सबैको पहुँचलाई हामीले सुनिश्चित गर्न खोजिरहेका छौँ । आयुर्वेद उपचार प्रणाली, आयुर्वेद स्वास्थ्य उपचार प्रणालीको बारेमा ज्ञान हुन सबै नेपालीलाई आवश्यक छ । किनकी यो हाम्रो मौलिक प्रणाली हो । यो हाम्रो जीवनपद्धति हो । यो हाम्रो संस्कृति र सभ्यता पनि हो । आयुर्वेद विषयको नेपाल हब बन्नुपर्दथ्यो । नेपालबाटै यो उत्पत्ति भएको भन्नेकुरा संसारमा फिँजिनु पर्दथ्यो ।’’

उनले आयुर्वेद क्षेत्रलाई व्यापक ढङ्गले विकास गर्ने कोशिस सरकार रहेको बताए । उनले नागरिक आरोग्य सेवा सबै पालिकामा पुर्‍याउने गरी आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता जनाए। उनले आयुर्वेद नेपालको मौलिक प्रणाली हुनुका साथै जीवनपद्धति भएको उल्लेख गरे ।

मन्त्री पौडेलले आयुर्वेद नेपालको संस्कृति र सभ्यता भएको बताउँदै नेपाल आयुर्वेद क्षेत्रको हब बन्नुपर्ने बताए। उनले आयुर्वेद नेपालबाटै उत्पत्ति भएको हो भन्नेकुरा विश्वलाई बुझाउन सक्नुपर्नेमा जोड दिए ।

‘‘पाँच वर्षअघि क्यान्सर हुनेहरुको सङ्ख्या कति थियो र आज कति छ ? आज सर्भाकल क्यान्सरबाट मृत्यु हुने महिलाको सङ्ख्या दिनमा चार जना छ । आजभन्दा १५ वर्ष अगाडि यस्तो थिएन । अटिजमको समस्या भएकाहरुको सङ्ख्या आजभन्दा पाँच वर्ष अगाडि जति थियो, आज तीन गुणा बढेको छ । यसरी नै बिरामी बढ्दै जाने हो भने हामीले उपचार सेवा उपलब्ध गराउने कुरा असाध्यै कठिन हुन्छ ।,’’ मन्त्री पौडेलले भने, ‘‘राज्यले थेग्नै नसक्ने गरी भार बढ्ने स्थिति हुन्छ । त्यसो हुनाले हामीले बिरामी बढाउने होइन । बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ । त्यसअन्तर्गत यि कामहरू भइरहेका छन् । हामीले निरोगी नेपाली वा नेपालीलाई रोग लाग्न नदिन केके उपाय अपनाउन सकिन्छ, त्यसमा कोशिस गरिरहेका छौँ । हामीले स्क्रिनिङको कार्यक्रम व्यापक ढङ्गले सञ्चालन गरेका छौँ । आयुर्वेद क्षेत्रलाई व्यापक ढङ्गले विकास गर्ने कोसिस गरिरहेका छौँ ।’’ 

मन्त्री पौडेलले सरकारले बिरामी हुन नदिने उपायहरूको बारेमा खोजी गरिरहेको बताए। उनले सरकारले निरोगी नेपाली बनाउने गरी अभियान सुरु गरिरहेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending