टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले अभिभावकविहीन बालबालिकाका लागि अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन गर्न थालेको छ । नगरपालिकाले टीकापुर–१ वनगाउँस्थित सरस्वती माविमा संरक्षण केन्द्र सञ्चालनको तयारी गरेको छ ।
विद्यालयमा ५० बालबालिका अट्ने संरक्षण केन्द्र निर्माण भइसकेको छ । पालिकाले ४० विद्यार्थीलाई यस वर्ष नयाँ शैक्षिक शत्रदेखि संरक्षणमा राख्न सकिने गरी तयारी थालेको छ । यसका लागि रु २० लाख बजेटको व्यवस्था गरिएको शिक्षा अधिकृत नरेश अवस्थीले बताए ।
‘अभिभावकविहीन बालबालिकाको शैक्षिक विकासमा सहयोग पुगाउने उद्देश्य हो, बालबालिकाको आवास तथा गासकै समस्या रहेकाले शैक्षिक विकासमा समस्या देखिएको छ’, उनले भने, ‘अभिभावक नभएका बालबालिकाको संरक्षण पालिकाको जिम्मेवारी हो । उनीहरुले पढ्न पाउनु उनीहरुको नैसर्गिक अधिकार भएकाले हामीले संरक्षण केन्द्र सञ्चालन गर्न थालेका हौँ ।’
पालिकाले शैक्षिक वर्ष २०८२ देखि लागू हुने गरी संरक्षण केन्द्र सञ्चालन गर्न थालेको छ । केन्द्रमा पालिकाभित्रमा स्थायी बसोबास भएका बालबालिका बस्न पाउनेछन् । सरस्वती मावि बनगाउँले विद्यार्थी भर्नाका लागि गत माघ ३ गते नै सूचना निकालिसकेको छ । अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्रमा नयाँ विद्यार्थी भर्नाका लागि विद्यालय व्यवस्थापन समितिले निर्णय गरी अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ परिच्छेद ५ को उपदफा १ बमोजिम सूचना निकालिएको प्रधानाध्यापक खगेन्द्रबहादुर घर्तीमगरले बताए ।
‘पालिकाले छात्रावासका लागि बजेट विनियोजन गरेको छ, हामीसँग यसअघि नै छात्रावास छ’, उनले भने, ‘विगतमा मुक्तकमलहरी बसिरहेका थिए । उनीहरुले कक्षा १२ सम्मको पढाई सकेकाले छात्रावास खाली थियो ।’ छात्रावासमा १६ वर्षमुनिका बालबालिकालाई मात्र भर्ना लिइनेछ । असहाय केन्द्रमा बस्नका लागि हालसम्म करिब २० बालबालिकाले आवेदन दिएका छन् । पालिकाले संरक्षण केन्द्रमा राखेर अभिभावक विहिन बालबालिकालाई कक्षा १२ सम्म लालनपालन र शिक्षा दिनेछ ।
जनप्रकाश आधारभूत विद्यालय टीकापुर–४ का प्रधानाध्यापक रघुनाथ उपाध्याय अभिभावकविहीन बालबालिकालाई विभिन्न सङ्घसंस्थाले संरक्षण गरिरहेको अवस्थामा सरकार आफैँले दायित्व निर्वाह गर्नु सकारात्मक भएको बताए । ‘सरकार आफैँले बालबालिका संरक्षण गर्नु जिम्मेवारी बोध गर्नु हो’, उनले भने, ‘बालबालिकाको शिक्षामात्र नभई पोषण र सुरक्षामा समेत सहयोग पुग्छ ।’
अभिभावक विमला चौधरी पालिकाले संरक्षण केन्द्र स्थापनामा सघाएमा अभिभावक नभएका छोरीहरुको सुरक्षा हुने बताउँछिन् । ‘अभिभावक नभएका धेरै छोरीहरु अर्काको घरमा काम गर्नुपर्ने अवस्था छ, सङ्घसंस्थाले पनि संरक्षणका नाममा काममा लगाउँछन्’, उनले भनिन्, ‘सरकारले व्यवस्था गरेमा उनीहरुका हरेक अधिकार सुरक्षित हुन्छन् । यो राम्रो कार्य हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: