Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

समयमै काम गर्दा पनि भुक्तानी नपाएपछि व्यवसायी तनावमा

खबरडबली संवाददाता

रेसुङ्गा। गुल्मी जिल्लामै दर्जनौँ विकास योजना निर्माण व्यवसायीले काम नगरेर अलपत्र छन् । तर, समयमै काम गर्ने निर्माण व्यवसायीलाई सरकारले पुरस्कार र ऊर्जाको सट्टा मानसिक र आर्थिक दण्ड दिइरहेको पाइएको छ । त्यसको उदाहरण रेसुङ्गा नगरपालिका–९ का निर्माण व्यवसायी विजय खनाल हो । उनले धेरै योजनाहरू समयमै गरे पनि पैसा नपाएर पीडित छन। 

देशभर १५ शय्याको अस्पताल निर्माणको अभियान चलेपछि विभिन्न स्थानीय सरकारले अस्पतालको टेन्डर खोले । निर्माण व्यवसायी खनालले आर्थिक वर्ष ०७७/०७८ मा बिकेओआइ–अर्जुन–न्यु लिजा जे।भी मार्फत गुल्मी दरबार काम गर्नुभयो । उहाँले जिल्लामा सबैभन्दा छिटो अस्पताल बनाएपछि गुल्मी दरवारको सवैतिर चर्चा भयो । तर, निर्माण व्यवसायी खनालले सम्झौता अनुसारको रकम पाएनन । 

श्रोत, साधन नभएपछि लामो समय अस्पताल निर्माण भएर पनि अलपत्र बन्यो । अहिले दुई महिनादेखि पालिकाले आधारभूत अस्पताल सञ्चालन गरेको छ । निर्माण व्यवसायीले आफूले पाउनुपर्ने रकम ७४ साल ४६ हजार ९५ रुपियाँ पालिकाले नदिएपछि दर्दनाक पत्र पठाउनु भएको छ । पालिकाले अस्पतालबाट सेवा दिन थाले पनि सम्झौता अनुसारको बाँकी पैसा नदिएका कारण आर्थिक अवस्था निकै बिग्रेको, मानसिक तथा नैतिक समस्यासँगै रोगहरू समेत लागेको निर्माण व्यवसायी विजय खनालले पत्रमा लेख्नु भएको छ । ‘पैसाको कारण मानसिक र नैतिक रूपमा कमजोर र रोग समेत लागेका छन् । पैसाको लागि पालिकादेखि मन्त्रीसम्म गुहार मागे पनि काम लागेन,’उनले भने,‘ यही कारण म बाट केही भए कार्यालयले सबै जिम्मेवारी लिनुपर्नेछ ।’ 

अस्पताल निर्माणको पैसा स्वास्थ्य मन्त्रालयबाट नआएका कारण आफूहरूलाई भुक्तानीमा समस्या परेको गुल्मी दरवार गाउँपालिकाका योजना शाखा प्रमुख टङ्क पन्थीले बताए। उनले गत वर्ष पालिकाले केही पैसा बिनियोजन गरेर निर्माण व्यवसायीलाई दिए पनि अब अवस्था नरहेको बताउनुभयो । निर्माण व्यवसायी खनालले गुल्मीको अग्लुङ्ग फेदी खोला पुल चार महिनामै निर्माण गरे। गुल्मीको पञ्चमी पोखरी–अग्लुङ्ग हुँदै प्युठान जोड्ने सडकमा पुल चार महिनामै निर्माण गरे पनि भौतिक पूर्वाधार कार्यालयले साढे दुई करोड रकम दिएको छैन । 

आफूले निर्माण गर्ने ९९ प्रतिशत योजनामा म्याद थप नगरेको खनालले बताउनुहुन्छ । तर, काम गरेको पैसा समयमै नपाउँदा निकै पीडा बोकेर हिँड्नु परेको उहाँको गुनासो छ । खनालले गुल्मी र पाल्पाबाट समयमै काम गरेका योजनाको १२ करोड बढी रकम पाउनुपर्ने रहेको दाबी गरे। सडक पूर्वाधार कार्यालय गुल्मीका इन्जिनियर सचिदानन्द चौधरीले गत र अहिले गरेर निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने ३८ करोड दायित्व रहेको बताए। ‘पुँजीगत बजेट खर्च नगरे पनि सुख छैन । 

समयमै काम गरे निर्माण व्यवसायीले रकम पाउँदैनन्,’चौधरीले भने,‘गत वर्ष भौचर काटेको १२ करोड प्रदेशबाट भुक्तानी भएन ।’ यो वर्ष सडक पूर्वाधार कार्यालयमा २१३ योजना रहेका छन् । योजना धेरै बजेट कम भएका कारण कार्यालय सङ्कटमा रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending