नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जको खड्गवार हात्तीसारमा गणेशगज नामको हात्तीले आक्रमण गर्दा हात्तीको स्याहारमा खटिएका माउतेको मृत्यु भएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका–९ घर भई बाँके राष्ट्रिय निकुञ्जको फणित पदमा कार्यरत अन्दाजी ४५ वर्षका आशाराम थारुको घटनास्थलमै मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए ।
उनका अनुसार खड्वार हात्तीसारमा बुधवार राती घाँस, दाना हाल्ने क्रममा १८ वर्षको गणेशगज नामक हात्तीले थारुलाई आक्रमण गरेको हो । वरिष्ठ संरक्षण अधिकृत कँडेलले भने–‘हात्तीले पहिला सूँडले हानेर माउतेलाई पछार्यो, त्यसपछि किचेर मार्यो ।’
बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार थारुले २०७३ सालदेखि खड्गवारमा उक्त हात्तीको स्याहार गर्दै आउनु भएको थियो । बाँकेमा २०७३ सालमा यिनै थारुले गणेशगजलाई बर्दियाबाट ल्याएर आउनु भएको थियो ।
‘हात्तीलाई मात चढ्यो भने आक्रमण गर्छ, केही दिन देखी हात्तीको मात चढेको सङ्केत देखिरहेको थियो,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलले थप्नुभयो ‘मात चढेपछि रिसाउने र आक्रमण गर्ने सम्भावना हुन्छ ।’
हात्तीको आक्रमणबाट मृत्यु भएका थारुको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उहाँको शव पोस्टमार्टम पश्चात् परिवारलाई बुझाउने प्रहरीले जनाएको छ ।
माउते थारुलाई आक्रमण गर्ने हात्तीलाई अहिले नियन्त्रणमा राखिएको बाँके निकुञ्जले जनाएको छ । ‘हात्तीमा मात चढेको हुँदा यसलाई कन्ट्रोल गरेर मात्रै राख्न सक्छौँ,’ संरक्षण अधिकृत कँडेलले भने।
गणेशगजले यसअघि पनि माउतेलाई आक्रमण गरेको तर त्यस बेला उनी जोगिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: