नेपालगन्ज । आफू ‘लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो’ भनी सामाजिक सञ्जाल व्हाट्सएप मार्फत पाँच करोड भारतीय रुपियाँ फिरौती माग गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
कोहलपुर नगरपालिका ५ मा कोठा भाडामा लिएर बस्दै आएका सुर्खेतको भेरी गंगा नगरपालिका वडा नम्बर ७ काठेघारी घर भएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई विभिन्न विदेशी नम्बरको व्हाट्सएप मार्फत फिरौती माग गरेकोमा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले बताए।
उहाँले पक्राउ परेका क्षेत्रीले आफू ‘लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो’ भनी म्यासेज गरेर पाँच करोड भारतीय रुपियाँ माग गरेको र उक्त रकम नदिइएमा जे पनि हुन सक्ने भनी धम्काउने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको बताए ।
साथै प्रारम्भिक अनुसन्धानको क्रममा उनले प्रयोग गर्ने मोबाइलमा विदेशी नम्बरको व्हाट्सएप खोलेको र म्यासेज गरेको समेत देखिएको डिएसपी भण्डारीले बताए।
प्रहरीका अनुसार चर्चित भारतीय फिरौती माग्ने र हत्या गर्ने लोरेन्स बिस्नोई र अनमोल बिस्नोईको नामबाट क्षेत्रीले फिरौती माग गर्दै आएको पाइएको छ ।
कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार क्षेत्रीमाथि देशका विभिन्न स्थानमा धेरै अपराध र हत्याका मुद्दा हरू दर्ता रहेको पाइएको छ । ती मध्ये ललाई फकाई विवाह गर्छु भनी एक नेपाली युवतीलाई काँकडभिट्टा हुँदै भारत तर्फ लगी गएकोमा उनीमाथि इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापामा जिउ मास्ने बेच्ने उद्योगको मुद्दा लागेको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय झापाबाट साल २०६२ चैत आठ गते धाक धम्की दिँदै सर्वसाधारणबाट चन्दा असुली गर्ने गरेकोले मुद्दा समेत उनीमाथि लागेको छ ।
महानगरीय परिसर काठमाडौँबाट साल २०६४ भदौ ९ गते धाक धम्की दिई मानिसलाई नियन्त्रणमा लिई ट्याक्सीमा राखेर फिरौती रकम असुल गरेकोले मुद्दा पनि चलेको प्रहरीले जनाएको छ ।
यसै गरी सुर्खेत स्थित इलाका प्रहरी कार्यालय छिन्चुबाट साल २०६४ चैत २७ गते संविधान सभा निर्वाचन २०६४ का उम्मेदवार ऋषि शर्मा प्रचार प्रसार सकेर आउँदै गर्दा सुर्खेत मेहलकुना जहरेबजार नजिक लोधे भन्ने स्थानमा उनले समेतले गोली हानी मारेको कर्तव्य ज्यान मुद्दा पनि क्षेत्रीलाई लागेको छ ।
सोही प्रकारले २०६५ साल चैतमा द्वन्द्व पीडित सेना प्रहरीको आन्दोलनमा हतियार खोसेको विषयमा काठमाडौँ उनीमाथि मुद्दा चलेको थियो ।
कोटेश्वरको निखिलेश्वर मन्दिरमा शक्ति बहादुर बस्नेतलाई गोली हानेको केशमा पाँच वर्ष कैद र ६० हजार जरिवाना फैसला भएकोमा उक्त कैद भुक्तान गरी साल २०७० फागुन २८ गते कारागारबाट राम बहादुर क्षेत्री छुटेका थिए ।
२०५९ सालमा नेपाल आर्मीमा भर्ना भई छोटो समय मात्र सेवा गरी त्यहाँबाट भागेपछि खासै कुनै पेसा तथा व्यवसाय नगरेका राम बहादुर बुढा क्षेत्रीले कहिले कुन समूह त कहिले कुन समूहसँग मिलेर देशको विभिन्न स्थानमा आपराधिक क्रियाकलाप गर्ने गरेको नेपाल प्रहरीको अनुसन्धानबाट खुल्न आएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
उनले आपराधिक क्रियाकलाप गर्नको लागि भारतीय आधार कार्ड, विभिन्न विदेशका व्हाट्सएप नम्बरहरू समेत प्रयोग गर्ने गरेको पाइएकोले उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी भण्डारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: