Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

‘लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो’ भनी पाँच करोड भारु फिरौती माग्ने क्षेत्री कोहलपुरबाट पक्राउ

खबरडबली संवाददाता

नेपालगन्ज । आफू ‘लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो’ भनी सामाजिक सञ्जाल व्हाट्सएप मार्फत पाँच करोड भारतीय रुपियाँ फिरौती माग गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

कोहलपुर नगरपालिका ५ मा कोठा भाडामा लिएर बस्दै आएका सुर्खेतको भेरी गंगा नगरपालिका वडा नम्बर ७ काठेघारी घर भएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई विभिन्न विदेशी नम्बरको व्हाट्सएप मार्फत फिरौती माग गरेकोमा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले बताए। 

उहाँले पक्राउ परेका क्षेत्रीले आफू ‘लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो’ भनी म्यासेज गरेर पाँच करोड भारतीय रुपियाँ माग गरेको र उक्त रकम नदिइएमा जे पनि हुन सक्ने भनी धम्काउने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको बताए । 

साथै प्रारम्भिक अनुसन्धानको क्रममा उनले प्रयोग गर्ने मोबाइलमा विदेशी नम्बरको व्हाट्सएप खोलेको र म्यासेज गरेको समेत देखिएको डिएसपी भण्डारीले बताए। 

प्रहरीका अनुसार चर्चित भारतीय फिरौती माग्ने र हत्या गर्ने लोरेन्स बिस्नोई र अनमोल बिस्नोईको नामबाट क्षेत्रीले फिरौती माग गर्दै आएको पाइएको छ । 

कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार क्षेत्रीमाथि देशका विभिन्न स्थानमा धेरै अपराध र हत्याका मुद्दा हरू दर्ता रहेको पाइएको छ । ती मध्ये ललाई फकाई विवाह गर्छु भनी एक नेपाली युवतीलाई काँकडभिट्टा हुँदै भारत तर्फ लगी गएकोमा उनीमाथि इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापामा जिउ मास्ने बेच्ने उद्योगको मुद्दा लागेको छ । 

यस्तै, जिल्ला प्रहरी कार्यालय झापाबाट साल २०६२ चैत आठ गते धाक धम्की दिँदै सर्वसाधारणबाट चन्दा असुली गर्ने गरेकोले मुद्दा समेत उनीमाथि लागेको छ ।

महानगरीय परिसर काठमाडौँबाट साल २०६४ भदौ ९ गते धाक धम्की दिई मानिसलाई नियन्त्रणमा लिई ट्याक्सीमा राखेर फिरौती रकम असुल गरेकोले मुद्दा पनि चलेको प्रहरीले जनाएको छ ।

यसै गरी सुर्खेत स्थित इलाका प्रहरी कार्यालय छिन्चुबाट साल २०६४ चैत २७ गते संविधान सभा निर्वाचन २०६४ का उम्मेदवार ऋषि शर्मा प्रचार प्रसार सकेर आउँदै गर्दा सुर्खेत मेहलकुना जहरेबजार नजिक लोधे भन्ने स्थानमा उनले समेतले गोली हानी मारेको कर्तव्य ज्यान मुद्दा पनि क्षेत्रीलाई लागेको छ ।

सोही प्रकारले २०६५ साल चैतमा द्वन्द्व पीडित सेना प्रहरीको आन्दोलनमा हतियार खोसेको विषयमा काठमाडौँ उनीमाथि मुद्दा चलेको थियो ।

कोटेश्वरको निखिलेश्वर मन्दिरमा शक्ति बहादुर बस्नेतलाई गोली हानेको केशमा पाँच वर्ष कैद र ६० हजार जरिवाना फैसला भएकोमा उक्त कैद भुक्तान गरी साल २०७० फागुन २८ गते कारागारबाट राम बहादुर क्षेत्री छुटेका थिए ।

२०५९ सालमा नेपाल आर्मीमा भर्ना भई छोटो समय मात्र सेवा गरी त्यहाँबाट भागेपछि खासै कुनै पेसा तथा व्यवसाय नगरेका राम बहादुर बुढा क्षेत्रीले कहिले कुन समूह त कहिले कुन समूहसँग मिलेर देशको विभिन्न स्थानमा आपराधिक क्रियाकलाप गर्ने गरेको नेपाल प्रहरीको अनुसन्धानबाट खुल्न आएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । 

उनले आपराधिक क्रियाकलाप गर्नको लागि भारतीय आधार कार्ड, विभिन्न विदेशका व्हाट्सएप नम्बरहरू समेत प्रयोग गर्ने गरेको पाइएकोले उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी भण्डारीले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending