Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

जनतासँग माओवादी, तराई मधेश जागरण अभियान पुनः सुरु

खबरडबली संवाददाता

बाँके। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताएका छन ।

बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन ।

हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने,  ‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ ।’ जनमुक्ति सेनाको झण्डै ४० प्रतिशत संख्या महिला रहेको स्मरण गर्दै उहाँले महिला कमाण्डरले नेतृत्व गरेका सबै लडाई जितिने गरेको पनि स्मरण गरे ।

हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाहरुले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताउँदै प्रचण्डले भने,  ‘महिलाहरु चुलो चौकाबाट निस्केर बन्दुक बोकेर युद्ध मोर्चामा जान तयार नभएको भए आजको राजनीतिक परिवर्तन संभव थिएन र राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सभागिताको संवैधानिक सुनिश्चितता अझ धेरै टाढाको विषय हुने थियो ।’

अध्यक्ष प्रचण्डले अगाडी भने,  ‘यो नेपालसहित संसारभरिकै समानता पक्षधर श्रमजीवी जनताका लागि उर्जाको स्रोत बनेको छ भने सामन्तहरुका लागि आफ्नो हैकम खोसिएकोमा चुनौतीको विषय बनेको छ ।’

जनयुद्धको रापतापबाट महिला, जनजाति, किसान, मजदुर, दलित, मधेशी, मुस्लिम लगायत उत्पीडित वर्गको मुक्तिका लागि ऐतिहासिक सफलता प्राप्त गरे पनि पछिल्ला आठ दश वर्षमा पार्टीले आफ्नो वर्ग र समुदायसँगको सम्बन्ध कायम राख्न केही कमजोरी भएको स्विकार गरेका छन । ‘कतै न कतै कमजोरी भयो भन्ने महसुस गरेर नै पछिल्लोपटक सरकारको नेतृत्व गर्दा रुपान्तरणको अभियान सुरु गरियो । यसले दलाल बिचौलियाहरु आतंकित र चिन्तित हुन थाले,’ अध्यक्ष प्रचण्डले भने,  ‘माओवादी सरकारमा रहिरह्यो भने हाम्रो सेटिङको जालो भत्कने भयो भनेर नै सरकार ढालिएको नेपाली जनताले प्रष्टरुपमा बुझिसकेका छन् ।’ माओवादी नेतृत्वको सरकार कांग्रेस–एमालेले ढालेको नभई दलाल र विचौलियाहरुले ती दलका केही नेतालाई कब्जा गरेर सरकार ढालिएको उनले जनाए ।


सरकारले अहिले जताततै बेथिति बढाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विद्युत प्राधिकरणको नेतृत्व हटाउने, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई काम गर्न नदिनेदेखि राष्ट्र बैंकमा आफ्नो अनुकूल गभर्नर ल्याउन अस्वभाविक रुपमा कार्यविधि परिवर्तन गर्नेसम्मका काम भइरहेको बताए । सरकारको जग नै गलत भएकाले यसले अझ बढी गलत गर्दै जाने खतरा देखेर नै पार्टीले सरकारविरुद्ध खबरदारी अभियान थालेको उनले स्पष्ट पारेका छन । 

अब आफ्नै वर्ग र समुदायमा फर्केर आफ्नै एजेण्डाको बलमा कसैसँग सहकार्य नगरेर एक्लै निर्वाचन लड्ने सङ्कल्पका साथ अघि बढेको जानकारीसमेत उनले दिए ।

रोकिएको अभियान पुनः सुरु

अध्यक्ष प्रचण्डले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेश जागरण अभियान पुनः सुरु गरिएको जानकारी दिए । अभियान नवलपरासीबाट सुरु गर्नु पर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान सुरु गरिएको उनले जानकारी दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि पाँच अर्ब सुनिश्चित छ : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...

मौद्रिक नीतिमा नयाँ व्यवस्था : वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...

जनतालाई आर्थिक भार नपर्ने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छु: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ ।  ...

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ - मन्त्री लम्साल

समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ

अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छ: कृषिमन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ: मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending