Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

पाथीभरामा चढाइएको चार करोडभन्दा बढीको सुनचाँदी लिलामीमा बिक्री हुन सकेन

खबरडबली संवाददाता

फुङलिङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन तथा चाँदी लिलामीमा बिक्री हुन सकेन । लिलामीका लागि तीन पटक सूचना जारी गरिए पनि एक सय ७८ तोला ८२ लाल सुन र पाँच हजार दुई सय ९८ तोला १२ लाल चाँदी लिलामीमा बिक्री हुन नसकेको हो ।

पाथीभरा माताप्रति आस्था राख्ने तीर्थयात्रीले चढाएको उक्त सुन चाँदी लिलामीका लागि पाथीभरा क्षेत्र विकास समितिले गोरखापत्र दैनिक पत्रिका सर्वप्रथम गत वर्षको फागुन २० गते २१ दिने सूचना जारी गरेको थियो । पहिलो पटक सूचना जारी गरिए पनि कसैको आवेदन नपरेकाले पुनः थप दुई पटक सूचना निकालिएको समितिका सूचना अधिकारी नवीन निरौलाले बताए।

तीर्थयात्रीले सुनचाँदी, भेटी, घण्टी, त्रिशूल लगायतको सामग्री चढाउने गरेका छन् । जसको व्यवस्थापन तथा संरक्षण, क्षेत्र विकास समितिले गरिरहेको छ । समितिले भेटीको विवरण हरेक महिना सार्वजनिक गर्दै आइरहेको छ । सङ्कलित सुन तथा चाँदीलाई समेत बिक्री गरी पाथीभराको विकासमा लगानी गर्ने उद्देश्यका साथ तीन पटक सूचना जारी गरिए पनि कोही व्यवसायीले खरिदका लागि आवेदन नदिएको कार्यालयले जनाएको छ ।

हालको बजार भाउ अनुसार समितिसँग करिब चार करोडभन्दा बढीको सुन तथा चाँदी रहेको छ । सोही रकम बराबरको एकै पटक आवेदन पेश गर्नुपर्ने प्रावधान रहेको तर व्यवसायीसँग त्यस अनुसारको क्षमता नभएकाले आवेदन दिन नसकिएको पाथीभारा सुनचाँदी कला व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष गङ्गाराम शंकरले बताए। व्यवसायीले चाहे अनुरूपको र क्षमता अनुसार खरिद गर्न पाउने गरी प्रबन्ध गरिदिन समितिसँग आग्रह गरेपनि त्यो सम्भव नभएको व्यवसायी बताउँछन् । हाल बजारको माग पूर्तिका लागि जिल्ला बाहिरबाट नै सुनचाँदी खरिद गरि व्यवसायीले उपभोक्तालाई सेवा प्रदान गरिरहेको सङ्घले जनाएको छ ।

आवेदन नै नपरेपछि समितिले थप प्रक्रिया अगाडि बढाउने योजनामा रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको संयोजकत्वमा समिति बनाइएको छ । त्यस समितिको सल्लाह र सुझावका आधारमा थप प्रक्रिया अघि बढाइने हाङबाङको भनाइ छ ।

भक्तजनहरूले कम तथा उच्च गुणस्तरका सुनहरू चढाउने गरेका छन् । सुनका गरगहना र चाँदीका सामग्री प्रशोधन गरी शुद्ध बनाएर समितिले बिक्रीको प्रक्रिया अघि  बढाएको थियो । यता नेपाली बजारमा भने सुनको मूल्य नयाँ रेकर्डको यात्रमा रहेको छ । मङ्गलबार सुन अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । सुनको मूल्य तोलाको एक लाख ७९ हजार सात सय रुपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उम्मेदवारी मनोनयनअघि मन्त्री पदबाट राजीनामा दिने/नदिने निर्णय गर्छु : कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची, १७ अर्ब बराबरको ठेक्का रद्द

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित आठ जनाको मृत्यु

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...

गगन थापाले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर, अरु क-कसले गरेनन् ?

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...

नख्खु कारागारबाट फरार कैदीद्धारा ठमेलमा एक युवकको हत्या, रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...

बङ्गलादेशमा दासमाथि भएको घटनाको विरोधमा इनरुवामा प्रदर्शन

इनरुवा। बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुव...

राष्ट्रियसभा निर्वाचन: निर्वाचन अधिकृत नियुक्त

काठमाडौ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाच...

प्रचण्ड-नेपालले भेटे खनालपत्नी चित्रकार

काठमडौँ। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनु भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्...

शीतलहरबाट तराई-मधेश क्षेत्रको जनजीवन प्रभावित

महोत्तरी। अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीसहित सम्पूर्ण तराई–मधेश क्षेत्रको जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिनयता तापक्रम तल झरेपछि बालबाल...

कर्णाली करिडोर खण्डमा सवारी दुर्घटना: छ जना घाइते

कालीकोट। जमुना हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश  ०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending