फुङलिङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन तथा चाँदी लिलामीमा बिक्री हुन सकेन । लिलामीका लागि तीन पटक सूचना जारी गरिए पनि एक सय ७८ तोला ८२ लाल सुन र पाँच हजार दुई सय ९८ तोला १२ लाल चाँदी लिलामीमा बिक्री हुन नसकेको हो ।
पाथीभरा माताप्रति आस्था राख्ने तीर्थयात्रीले चढाएको उक्त सुन चाँदी लिलामीका लागि पाथीभरा क्षेत्र विकास समितिले गोरखापत्र दैनिक पत्रिका सर्वप्रथम गत वर्षको फागुन २० गते २१ दिने सूचना जारी गरेको थियो । पहिलो पटक सूचना जारी गरिए पनि कसैको आवेदन नपरेकाले पुनः थप दुई पटक सूचना निकालिएको समितिका सूचना अधिकारी नवीन निरौलाले बताए।
तीर्थयात्रीले सुनचाँदी, भेटी, घण्टी, त्रिशूल लगायतको सामग्री चढाउने गरेका छन् । जसको व्यवस्थापन तथा संरक्षण, क्षेत्र विकास समितिले गरिरहेको छ । समितिले भेटीको विवरण हरेक महिना सार्वजनिक गर्दै आइरहेको छ । सङ्कलित सुन तथा चाँदीलाई समेत बिक्री गरी पाथीभराको विकासमा लगानी गर्ने उद्देश्यका साथ तीन पटक सूचना जारी गरिए पनि कोही व्यवसायीले खरिदका लागि आवेदन नदिएको कार्यालयले जनाएको छ ।
हालको बजार भाउ अनुसार समितिसँग करिब चार करोडभन्दा बढीको सुन तथा चाँदी रहेको छ । सोही रकम बराबरको एकै पटक आवेदन पेश गर्नुपर्ने प्रावधान रहेको तर व्यवसायीसँग त्यस अनुसारको क्षमता नभएकाले आवेदन दिन नसकिएको पाथीभारा सुनचाँदी कला व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष गङ्गाराम शंकरले बताए। व्यवसायीले चाहे अनुरूपको र क्षमता अनुसार खरिद गर्न पाउने गरी प्रबन्ध गरिदिन समितिसँग आग्रह गरेपनि त्यो सम्भव नभएको व्यवसायी बताउँछन् । हाल बजारको माग पूर्तिका लागि जिल्ला बाहिरबाट नै सुनचाँदी खरिद गरि व्यवसायीले उपभोक्तालाई सेवा प्रदान गरिरहेको सङ्घले जनाएको छ ।
आवेदन नै नपरेपछि समितिले थप प्रक्रिया अगाडि बढाउने योजनामा रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको संयोजकत्वमा समिति बनाइएको छ । त्यस समितिको सल्लाह र सुझावका आधारमा थप प्रक्रिया अघि बढाइने हाङबाङको भनाइ छ ।
भक्तजनहरूले कम तथा उच्च गुणस्तरका सुनहरू चढाउने गरेका छन् । सुनका गरगहना र चाँदीका सामग्री प्रशोधन गरी शुद्ध बनाएर समितिले बिक्रीको प्रक्रिया अघि बढाएको थियो । यता नेपाली बजारमा भने सुनको मूल्य नयाँ रेकर्डको यात्रमा रहेको छ । मङ्गलबार सुन अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । सुनको मूल्य तोलाको एक लाख ७९ हजार सात सय रुपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: