Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

नेपाली चियाको अधिकांश हिस्सा विदेश निर्यात

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा उत्पादित अधिकांश चिया निर्यात हुने गरेको छ। आन्तरिक बजारमा त्यसको तुलनामा कम खपत हुने गरेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयका अनुसार नेपाली चिया ८८.६ प्रतिशत निर्यात हुने गरेको छ। बैंकको आर्थिक वर्ष २०८०–८१ को वार्षिक कार्ययोजनामा कोशी प्रदेशमा प्रशोधित अर्थोडक्स चिया ११.४ प्रतिशत मात्र आन्तरिक बजारमा खपत हुने उल्लेख गरेको छ।

‘अर्गानिक’ प्रमाणित चिया २१.६३ प्रतिशत निर्यात हुने गरेको छ। त्यस्तो चिया तेस्रो मुलुकमा निर्यात हुने गरेको बैंकले जनाएको छ। कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले नेपालको चिया उद्योग विकासमा महत्वपूर्ण भूमिका खेलेको छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्दै जाँदा यसको आर्थिक प्रभाव पनि उल्लेखनीय देखिन्छ। अर्थोडक्स चियाको गुणस्तर, प्राकृतिक स्वाद, र सुगन्धले अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाएको अध्ययनले देखाएको छ।

विशेषगरी इलाम, पाँचथर, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाहरूमा अर्थोडक्स चियाको व्यावसायिक खेती विस्तार भइरहेको छ। अध्ययनका अनुसार कोशी प्रदेशमा हाल एक सय वटा अर्थोडक्स चिया प्रशोधन उद्योगहरू सञ्चालनमा छन्।

तीमध्ये २१ वटा ‘अर्गानिक सर्टिफाइड’ र ७९ वटा ‘अर्गानिक अनसर्टिफाइड’ छन्। आर्थिक वर्ष २०७९–८० मा ७८ लाख ३८ हजार ९४६ केजी प्रशोधित अर्थोडक्स चिया उत्पादन भएको थियो। कुल उत्पादनमा अर्गानिक सर्टिफाइड चियाको हिस्सा ११।९ प्रतिशत र अनसर्टिफाइड चियाको हिस्सा ८८.१ प्रतिशत छ।

अध्ययनमा सहभागी गराइएका ८४ उद्योगमा कुल ३ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ लगानी रहेको पाइएको छ। त्यसमध्ये ३६.४ प्रतिशत ऋण र ६३.६ प्रतिशत स्वपुँजी रहेको बैंकले जनाएको छ।

अर्गानिक सर्टिफाइड चियाको आन्तरिक बजार मूल्य प्रतिकेजी ९४१।६० रुपैयाँ छ भने अन्तर्राष्ट्रिय बजार मूल्य ८०१.५१ रुपैयाँ छ। अनसर्टिफाइड चियाको मूल्य आन्तरिक बजारमा ४३३.७१ रुपैयाँ र अन्तर्राष्ट्रिय बजारमा ४०८.३१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

धेरैजसो चिया भारतीय बजारमा निर्यात हुने गरेको छ। अर्गानिक चिया भने समुद्रपारका मुलुकहरुसम्म पुग्ने गरेको छ।
चिया तथा कफी विकास बोर्डका अनुसार अमेरिका, जापान, चीन लगायत मुलुकमा चिया र कफी निर्यात हुँदै आएको छ।

विषादी नभएको चिया अन्तर्राष्ट्रिय बजारका पारखीहरुले मन पराउने गरेको इलामको फिक्कलस्थित सिद्धिबिनायक चिया उद्योगका सञ्चालक दिनेश अग्रवाल बताउँछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन रेनकोट, लाखौंको मन जित्ने यात्रा : भाइरल भिडियोका बालबालिका र क्यामेरापछाडिको कथा

काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो...

भारतबाट केरा आयात रोकिएपछि चितवनका किसान दंग, बारीमै दोब्बर मूल्य

चितवन । भारतबाट केरा आयात रोकिएपछि चितवनका केरा किसानले वर्षौंपछि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्। सरकारले आयातमा रोक लगाएसँगै स्थानीय उत्प...

पृथ्वी राजमार्गमा माइक्रोबस दुर्घटना, तनहुँमा ८ यात्रु घाइते

तनहुँ । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। गण्डकी प्रदेश–०१–००१ ख ०१७१ नम्बरको माइक्र...

निर्वाचन क्षेत्रमै लडे रास्वपा सांसद गोविन्द पन्थी, सामान्य घाइते

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी आफ्नै निर्वाचन क्षेत्रमा लडेर सामान्य घाइते भएका छन्। गुल्मी नि...

सरकारसँग एनसेलको नयाँ टकराव, प्रधानमन्त्री कार्यालयमा पुग्यो पुनरावलोकनको निवेदन

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरणका क्रममा सरकारले राखेका सर्तमाथि गम्भीर असन्तुष्ट...

अर्थतन्त्र उकास्ने दौडमा प्रधानमन्त्री बालेन, उद्योगी–व्यवसायीसँग शृङ्खलाबद्ध छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछिल्ला दुई सातायता निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीक...

बागमती किनार फेरिँदै : हटाइएका बस्तीमा अब पार्क, हरियाली र पदमार्ग

काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्...

नाबालिकाको डिम्ब कारोबार प्रकरण : एक महिला पक्राउ, चिकित्सकमाथि पनि अनुसन्धान

काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...

‘काठमाडौं र सत्ता केन्द्रित हुँदा जनता र संगठनबाट टाढियौं, यही हाम्रो ठूलो कमजोरी भयाेः प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending