Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

एसइईमा चिटः गहुँबारीमा राउटर, हात हातमा मोबाइल

शीतल माविस्थित परीक्षा केन्द्रको प्रवेशद्वारमा परीक्षार्थीको खानतलासी गर्दै शिक्षक। तस्बिरः राजु लामिछाने/ गाेरखापत्रबाट
खबरडबली संवाददाता

रुकुमपश्चिम । सूचना प्रविधिको विकाससँगै अधिकांशको पहुँचमा पुगेको इन्टरनेट सेवा परीक्षामा चिट चोर्ने मुख्य माध्याम बनेको पाइएको छ। गत चैत ७ गतेबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा रुकुमपश्चिमका अधिकांश परीक्षा केन्द्रका परीक्षार्थीबाट चिट चोर्न प्रयोग भएको मोबाइल जफत गरिएपछि उक्त तथ्य खुलेको हो। 

परीक्षा केन्द्रको प्रवेशद्वार, कक्षा कोठामा केन्द्राध्यक्ष तथा गार्ड र जिल्लाबाट परिचालन भएको अनुगमन समितिले ठुलो मात्रामा विद्यार्थीबाट मोबाइल सेट जफत गरेको जनाएको छ। जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले अनुगमनका क्रममा मोबाइलको प्रयोग हुने गरेको, बजारमा चिट फोटोकपी गरेर समेत परीक्षा हलमा पठाउने गरेको पाइएको जानकारी दिए। 

अनुगमन टोलीले शीतल मावि चौरजहारीबाट ७० वटा र हिमालय मावि खोलागाउँबाट ३७ वटा मोबाइल एकैदिन जफत गरेको थियो। यसैगरी आठबिसकोटमा रहेको बालकल्याण माविबाट ३१, विरेन्द्र मावि बाँफिकोटबाट २१, सिद्धार्थ मावि मग्माबाट चार वटा र बालकल्याण मावि सोलाबाङबाट २० वटा मोबाइल जिल्लाबाट गएको अनुगमन टोलीले मात्रै जफत गरेको जनाएको छ। 

यसबाहेक केन्द्राध्यक्ष र परीक्षा गार्डको टोलीले प्रवेशद्वार, परीक्षा हलबाट विभिन्न मितिमा मोबाइल खोसेको बताइन्छ। शीतल माविका केन्द्राध्यक्ष यदु रानाले पहिलो दिन गेटमै ६० वटा र अर्को दिन ३० वटा मोबाइल निकालेको जानकारी दिनुभयो। जिल्लाबाट अनुगमन टोली आएपछिको दिनमा समेत १४ वटा मोबाइल जफत गरिएको उनले बताए । आठबिसकोटको बालकल्याण माविबाट केन्द्राध्यक्षको टोलीले विभिन्न दिनमा गरेर १५० वटा मोबाइल खोसेर परीक्षापछि फिर्ता गरेको बताइएको छ। 

हिमालय मावि खोलागाउँका केन्द्राध्यक्ष भीमबहादुर ओलीले अनुगमन समितिले जफत गरेका बाहेक ४३ वटा मोबाइल प्रवेशद्वारमै निकालेको बताए । ओलीका अनुसार विद्यार्थीले मोबाइलमा इन्टरनेटको पहुँच जोडेर चिट चोर्न प्रयोग गर्ने गरेको तर बेलैमा थाहा पाएर रोकिएको छ। विद्यालयको छेउमा रहेको गहुँबारीमा इन्टरनेटको राउटर लुकाएर राखेको अवस्थामा फेला पारेर आफूले निकालेको केन्द्राध्यक्ष ओलीले जनाउनुभयो। परीक्षामा प्रविधिको दुरुपयोग गर्न खोजेको उनको भनाइ छ। 

शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपश्चिमका प्रमुख ताराप्रकाश पुनले पछिल्लो पुस्ताले परीक्षामा समेत प्रविधिको गलत प्रयोग गरेको बताए। जिल्लामा रहेका १५ वटै परीक्षा केन्द्रमा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमन गरिएको र परीक्षा केन्द्रबाट करिब पाँच सय मोबाइल अनुगमन टोली र केन्द्राध्यक्षले निकालेको उनले बताए । मोबाइलमा डेटाको प्रयोग, डेटाको पहुँच नभएको ठाउँमा वाइफाइका लागि राउटर समेत राख्ने गरेको पाइएको उहाँले बताउनुभयो। इन्टरनेटको प्रयोगमार्फत मोबाइलमा म्यासेन्जर र ह्वाटसएप लगायतबाट एपबाट चिट चोर्न कोसिस गरेको एकाइ प्रमुख पुनले जानकारी दिए।

विभिन्न परीक्षा केन्द्रबाट अनुगमन टोलीबाट जफत गरिएका मोबाइल मुचुल्कासहित जिल्ला ल्याइएको प्रहरी नायक उपरीक्षक प्रमेश विष्टले जनाउनुभयो। उहाँका अनुसार सबै परीक्षा सकिएपछि परीक्षार्थीलाई सचेत बनाउँदै कागज बनाएर फिर्ता गरिने छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: