घोराही । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा देखिएको वर्तमान सङ्कट समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था आवश्यक रहेको बताएको छन ।
रिपोर्टर्स क्लब नेपाल दाङले विहीवार घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्राईले प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था भएमा सरकार स्थिर रहने देशमा आर्थिक विकास संस्थागत हुने बताएको हो।
अहिलेकै व्यवस्थामा राजनीतिक स्थायित्व नहुने र देश झन् आर्थिक सङ्कटमा फस्ने अवस्था देखिएकाले राष्ट्रिय सहमति कायम गरेर केन्द्रमा प्रत्यक्ष राष्ट्रपति र प्रदेशमा मुख्यमन्त्री हुने व्यवस्था गर्नुपर्ने बताए। छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा समस्या समाधान हुने भन्दै पूर्व प्रधानमन्त्री भट्राईले भने, ूप्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जान नसक्ने र डराउने हो भने अझै १५/२० वर्ष देशको हालत यस्तै हुन्छ । कुनै परिवर्तन हुँदैन ।' उनले गम्भीर अवस्थामा फसेको अर्थतन्त्रलाई जोगाउनका लागि त्यसतर्फ जानुपर्ने आवश्यकता रहेको धारणा राखेको थिए।
राष्ट्रिय सहमति जुटाएर निर्वाचन प्रणाली सुधार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रदेश मुख्यमन्त्रीका साथै प्रत्यक्ष निर्वाचित संघीय र प्रदेश सांसदको व्यवस्था गर्नुपर्ने बताएको हो । त्यसैगरी उहाँले विषय विज्ञबाट मन्त्री चयन गरेर सरकार चलाउन सके सुशासन र गतिशीलता ल्याउन सकिने बताए।
पूर्व प्रधानमन्त्री भट्टराईले भुत भइसकेको राजतन्त्र फेरी फर्किएर आउन सक्ने सम्भावना नभएकाले राजतन्त्रका बारेमा अनावश्यक बहस आवश्यक नभएको बताए। राजनीतिक व्यवस्थामा असफल भइसके र केही भाडाका मानिस ल्याएर सडकमा उत्रिँदैमा लामो त्याग, तपस्या र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था नढल्ने बताए।
वर्तमान संविधानले राजतन्त्रको परिकल्पना नगरेको भन्दै उनले ल्याउने नै भए आगामी निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गर्दै संविधान संशोधन गरेर राजतन्त्र ल्याउन राप्रपालाई आग्रह गरेको थिए। उनले भने,'अहिलेको व्यवस्थामा राजतन्त्र आउन सक्ने अवस्था छैन । राजतन्त्र ल्याउछौँ भनेर उर्फिनु मसानघाटमा पुगेको मृत शरिर फर्काछौ भन्नु जस्तै हो,त्यो सम्भव नै छैन।'उहाँले राजनीतिमा आउने नै रहर भए निर्वाचनका माध्यमबाट प्रतिष्पर्धामा ज्ञानेन्द्र शाह पनि आउनसक्ने बताए।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष समेत रहेका भट्राईले उपलव्धीलाई बचाउँदै देशको विकासका लागि गणतन्त्रका पक्षधर एक ठाउँमा उभिनुपर्ने बताए। देशमा राजनीतिक अधिकार स्थापित भएपनि आर्थिक समृद्धि र सुशासन कायम गर्न बाँकी रहेको भन्दै उनले नयाँ विचारमा आधारमा नयाँ शक्ति पार्टी लागेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...
आषाढ़ २४ गते, २०८३ - १४:४६
काठमाडौँ। फिफा विश्वकप प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ । बिहीबारदेखि सेमिफाइनल प्रवेशका लागि विभिन्न श...
आषाढ़ २४ गते, २०८३ - १४:३५
काबुल । गत जुन महिनामा करिब ७६ हजारभन्दा बढी अफगान शरणार्थी छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ । अफगान सरकारका उप प्र...
आषाढ़ २४ गते, २०८३ - १३:५४
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्...
आषाढ़ २४ गते, २०८३ - १३:४४
हेटौँडा। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। लागूऔष...
आषाढ़ २४ गते, २०८३ - १३:३२
काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्ट जवाफ द...
आषाढ़ २४ गते, २०८३ - १३:२०
प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?
आषाढ़ २४ गते, २०८३ - १२:५०
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको असंसदीय अभिव्यक्ति संसद्को अभिलेख (र...



प्रतिकृया लेख्नुहोस्: