काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गरेको छन।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै नेकपा ९एमाले० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेले आँकलन नै नगरेको भए देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताए।
“हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन। यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ। देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ”, प्रधानमन्त्री ओलीले भने, “स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो। यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस्। पहिलाको युथ फोर्स जस्तै। यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस्।”
प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने स्पष्ट गरे। “प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्को नियुक्ति गर्यो। सक्कियो। त्यही हो जवाफ। उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम हो्इन”, प्रधानमन्त्री ओलीले भन्नुभयो।
प्रधानमन्त्री ओली यही चैत १८ गतेभित्र अध्यादेशलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गरे। विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, “यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईंहरु, प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। आखिर तपाईंहरु चिसै पानीले नुहाउनुपर्छ। हामी न मात्तिछौँ। न आत्तिन्छौँ। धैर्यपूवर्क अगाडि बढ्छौँ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...
आषाढ़ २४ गते, २०८३ - १४:४६
काठमाडौँ। फिफा विश्वकप प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ । बिहीबारदेखि सेमिफाइनल प्रवेशका लागि विभिन्न श...
आषाढ़ २४ गते, २०८३ - १४:३५
काबुल । गत जुन महिनामा करिब ७६ हजारभन्दा बढी अफगान शरणार्थी छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ । अफगान सरकारका उप प्र...
आषाढ़ २४ गते, २०८३ - १३:५४
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्...
आषाढ़ २४ गते, २०८३ - १३:४४
हेटौँडा। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। लागूऔष...
आषाढ़ २४ गते, २०८३ - १३:३२
काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्ट जवाफ द...
आषाढ़ २४ गते, २०८३ - १३:२०
प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?
आषाढ़ २४ गते, २०८३ - १२:५०
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको असंसदीय अभिव्यक्ति संसद्को अभिलेख (र...



प्रतिकृया लेख्नुहोस्: