गाजा। ओस्कार विजेता फिल्म ‘नो अदर ल्यान्ड’का प्यालेस्टिनी सह–निर्देशक हमदान बल्लाललाई इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पक्राउ गरेको छ ।
उनलाई पक्राउ गर्नुअघि इजरायली जनताले उनी माथी कुटपिटसमेत गरेका थिए । उनका सहकर्मी युवल अब्राहमले एक पोस्टमार्फत उनको पक्राउका बारेमा जानकारी दिएका हुन् ।
यसबारे वकिल ली त्सेमेलले सुसिया गाउँमा फिल्म निर्माता हमदान बलालसहित तीन प्यालेस्टिनी नागरिकलाई पक्राउ गरिएको बताए । उनले प्रहरीसँग सम्पर्क गर्न नसकेको पनि बताएकी छिन । कसैले भने, उनलाई उपचारको लागि सैन्य सुविधामा हिरासतमा रहेको बताएको थियो।
यो घटना आफूले आफ्नै आँखाले देखेको फिल्मका सह निर्देशक बेसल आद्राले बताए । उनले भने कि दुई दर्जन भन्दा बढी इजरायलीहरू प्यालेस्टाइनी बसोबास गर्नेहरू समुदायमा प्रवेश गरेका थिए । उनका अनुसार कसैले इजरायली वर्दी लगाएका थिए, कसैले राइफल बोकेका थिए र कसैले मास्क लगाएका थिए। सो क्रममा स्थानीयले ढुंगा प्रहार गरेका थिए ।
जब सैनिकहरूले प्यालेस्टिनी नागरिकहरूलाई आफ्नो हतियार देखाउँदै थिए। उनले अगाडी भने, ‘हामी ओस्कारबाट फर्केका थियौँ र त्यसपछि हरेक दिन हामीमाथि नयाँ–नयाँ आक्रमण भइरहेको छ । सायद यो उनीहरुले हाम्रो फिल्म बनाउनुको बदला हुनसक्छ । यो हामीलाई सजाय जस्तो लाग्छ।’
इजरायली सेनाले यस मामिलामा इजरायली र प्यालेस्टिनी नागरिकहरू संलग्न रहेको ‘हिंसक झडप’ पछि इजरायली नागरिकलाई पक्राउ गरिएको दाबी गरेको छ। यससँगै ३ प्यालेस्टिनी नागरिक पक्राउ परेका छन् । जसविरुद्ध उनले सैनिकलाई ढुंगा हानेको आरोप लागेको थियो । यद्यपि, साक्षीहरूका अनुसार यो कथन पूर्ण रूपमा सही थिएन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...
आषाढ़ २४ गते, २०८३ - १४:४६
काठमाडौँ। फिफा विश्वकप प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ । बिहीबारदेखि सेमिफाइनल प्रवेशका लागि विभिन्न श...
आषाढ़ २४ गते, २०८३ - १४:३५
काबुल । गत जुन महिनामा करिब ७६ हजारभन्दा बढी अफगान शरणार्थी छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ । अफगान सरकारका उप प्र...
आषाढ़ २४ गते, २०८३ - १३:५४
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्...



प्रतिकृया लेख्नुहोस्: