काठमाडौं । नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्गकेन्द्रित तराई(मधेस जागरण अभियान पुनः स्थगित भएको छ। राजावादीको सक्रियता बढेपछि काठमाडौं केन्द्रित कार्यक्रमका लागि अभियान स्थगित फर्किएका हुन्।
गत फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो। उक्त अभियान बिहीबारदेखि बाराबाटै पुनः सुरू भएको थियो।
चितवनसम्म आइपुगेको अभियान सोमबारदेखि स्थगित भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौं विरोध सभा गर्दैछ।
काठमाडौंको कार्यक्रम सकिएपछि माओवादीले बैठक गरेर पुनः अभियानलाई निरन्तरता दिनेछ।
प्रतिकृया लेख्नुहोस्: