Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

लालबन्दीका १९ स्वास्थ्य संस्था बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका १९ वटा अवैध स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिएको छन । उनी निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न शनिबार साँझ लालबन्दी आइपुग्नुभएको थियो । उनले राति अबेरसम्म लालबन्दी र नवलपुरका २३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको छन ।

त्यसक्रममा मुख्यमन्त्री सिंहले सेवा सञ्चालन अनुमति पत्र नरहेका र मापदण्ड अनुसार सेवा सञ्चालन नभएका १९ वटा स्वास्थ्य संस्थालाई तत्काल बन्द गर्न निर्देशन दिएको हो । अनुगमन गरिएका २३ वटा स्वास्थ्य संस्थामध्ये दुईवटा अस्पतालसँग सेवा सञ्चालन अनुमति पत्र दुरुस्त रहेको र दुईवटा अस्पताल नवीकरण गर्नुपर्ने देखिएको मुख्यमन्त्री सिंहले उल्लेख गरेको छन ।

मुख्यमन्त्री सिंहले केही साताअघि पनि लालबन्दी नगरपालिकास्थित नवलपुरको स्वास्थ्य संस्थाको अनुगमन गरेको थिए । मुख्यमन्त्री सिंहले आफूले अनुगमन गरेर बन्द गर्न निर्देशन दिएको अस्पताल पुनः सञ्चालन भइरहेको गुनासो आएको र त्यससम्बन्धमा स्थानीय प्रहरी परिचालन गरेर निगरानी गर्न प्रदेश प्रहरी प्रमुख ९डीआईजी० लाई निर्देशन दिएको लालबन्दीमा सञ्चारकर्मीसँग बताएको छ ।

मुख्यमन्त्री सिंहले शनिबार बेलुका महोत्तरीको बर्दिवास र सर्लाहीको लालबन्दीका स्वास्थ्य संस्थाको अनुगमन गर्नुअघि शुक्रबारसम्ममा प्रदेशभरका ७५ वटा अवैध स्वास्थ्य संस्था बन्द गराइएको जानकारी दिए । केही ठाउँमा पालिकाले अधिकार क्षेत्रबाहिर गएर आफूले बन्द गर्न निर्देशन दिएको स्वास्थ्य संस्थालाई अल्पकालिन सञ्चालन अनुमति पत्र दिएको पाइएको भन्दै त्यसो नगर्न पालिकासँग आग्रह गरेको छन । 

अनुगमनपश्चात सबै ठाउँमा पुनः प्रदेश सरकार पुग्न नसक्ने भन्दै अब स्थानीय प्रहरीमार्फत निगरानी गर्न सुरु गरिसकिएको मुख्यमन्त्री सिंहले जानकारी दिए। मुख्यमन्त्री सिंहले केही साताअघि सर्लाही सदरमुकाम मलङ्गवामा अनुगमन गरी बन्द गर्न निर्देशन दिएको अवैध निजी अस्पताल अहिले पुनः खुलेयाम सञ्चालन भइरहेको व्यापक जनगुनासो आइरहेको छ  ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending