Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

लालबन्दीका १९ स्वास्थ्य संस्था बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका १९ वटा अवैध स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिएको छन । उनी निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न शनिबार साँझ लालबन्दी आइपुग्नुभएको थियो । उनले राति अबेरसम्म लालबन्दी र नवलपुरका २३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको छन ।

त्यसक्रममा मुख्यमन्त्री सिंहले सेवा सञ्चालन अनुमति पत्र नरहेका र मापदण्ड अनुसार सेवा सञ्चालन नभएका १९ वटा स्वास्थ्य संस्थालाई तत्काल बन्द गर्न निर्देशन दिएको हो । अनुगमन गरिएका २३ वटा स्वास्थ्य संस्थामध्ये दुईवटा अस्पतालसँग सेवा सञ्चालन अनुमति पत्र दुरुस्त रहेको र दुईवटा अस्पताल नवीकरण गर्नुपर्ने देखिएको मुख्यमन्त्री सिंहले उल्लेख गरेको छन ।

मुख्यमन्त्री सिंहले केही साताअघि पनि लालबन्दी नगरपालिकास्थित नवलपुरको स्वास्थ्य संस्थाको अनुगमन गरेको थिए । मुख्यमन्त्री सिंहले आफूले अनुगमन गरेर बन्द गर्न निर्देशन दिएको अस्पताल पुनः सञ्चालन भइरहेको गुनासो आएको र त्यससम्बन्धमा स्थानीय प्रहरी परिचालन गरेर निगरानी गर्न प्रदेश प्रहरी प्रमुख ९डीआईजी० लाई निर्देशन दिएको लालबन्दीमा सञ्चारकर्मीसँग बताएको छ ।

मुख्यमन्त्री सिंहले शनिबार बेलुका महोत्तरीको बर्दिवास र सर्लाहीको लालबन्दीका स्वास्थ्य संस्थाको अनुगमन गर्नुअघि शुक्रबारसम्ममा प्रदेशभरका ७५ वटा अवैध स्वास्थ्य संस्था बन्द गराइएको जानकारी दिए । केही ठाउँमा पालिकाले अधिकार क्षेत्रबाहिर गएर आफूले बन्द गर्न निर्देशन दिएको स्वास्थ्य संस्थालाई अल्पकालिन सञ्चालन अनुमति पत्र दिएको पाइएको भन्दै त्यसो नगर्न पालिकासँग आग्रह गरेको छन । 

अनुगमनपश्चात सबै ठाउँमा पुनः प्रदेश सरकार पुग्न नसक्ने भन्दै अब स्थानीय प्रहरीमार्फत निगरानी गर्न सुरु गरिसकिएको मुख्यमन्त्री सिंहले जानकारी दिए। मुख्यमन्त्री सिंहले केही साताअघि सर्लाही सदरमुकाम मलङ्गवामा अनुगमन गरी बन्द गर्न निर्देशन दिएको अवैध निजी अस्पताल अहिले पुनः खुलेयाम सञ्चालन भइरहेको व्यापक जनगुनासो आइरहेको छ  ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नीतिगत र संस्थागत कब्जा अन्त्य गर्न सरकार निर्मम बन्छ: अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ धेरै निर्मम बन्ने बताएको छन्। शुक्रबार राजधानीमा आयोजित ...

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रि...

राजस्व छली आशंकामा नियन्त्रणमा रहेका ७७९ विद्युतीय सवारीबारे छानबिन समिति गठन

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन ...

सुधन गुरुङमाथिको छानबिन सकेर प्रतिवेदन प्रधानमन्त्री शाहलाई बुझाइयो

काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको...

अत्यधिक गर्मीका कारण कपिलवस्तुका विद्यालय तीन दिन बन्द

कपिलवस्तु । अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द भएका छन् । तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण ...

गृह मन्त्रालयले एसएसपी सरुवा सच्यायो, उपत्यका ट्राफिकमा सुरेश काफ्ले पठाइए

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपीहरूको सरुवा सूची सच्याएको छ। जेठ १८ गते प्रधानमन्त्री तथा तत्कालीन गृहमन्त्री बालेन्द्र शाहको निर्णयअन...

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान, द्विपक्षीय वार्तामा व्यापार–ऊर्जा लगायत विषयमा छलफल हुने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। उनी भारतीय विदेशमन्त्री एस। जयशंकरको निमन्त्रणामा २२ देखि २४ जेठसम्म...

संविधान संशोधन गर्दा धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक...

प्रधानमन्त्रीलाई मोबाइलमा के म्यासेज लेखेका रहेछन् सचिव कृष्णहरिले ?

काठमाडौँ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले राजदूत नियुक्तिका लागि सहयोग माग्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई म...

संसद्मा पेश भएका आठ अध्यादेशको स्वीकृति प्रक्रिया अघि बढेन

काठमाडौं । सरकारले संसद्मा पेश गरेका आठ वटा अध्यादेशको स्वीकृति प्रक्रिया अझै अघि बढाएको छैन। संसद्को अधिवेशन नरहेका बेला जारी गरिएका यी अध्यादेशहरू स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending