काठमाडौं। गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन्।
एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ । आगलागीबाट १४६ पशुचौपाय मरेका छन्। घटनापछि ३८ परिवार विस्थापित भएका छन् । आगलागीबाट रु ४० करोड ४८ लाख बराबरको क्षति भएको छ। विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।
सबैभन्दा बढी कोशी प्रदेशमा १३५ आगलागीका घट्ना भएका थिए। मधेस प्रदेशमा १०५, बाग्मती प्रदेशमा ४४, काठमाडौं उपत्यकामा ४९, गण्डकी प्रदेशमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिम प्रदेशमा ४१ आगलागीका घटना घटेका प्रवक्ता आचार्यले जानकारी दिए। वर्षा कम भएको र सुक्खा मौसमका कारण देशका ठाउँठाउँमा आगलागीका घटना भइरहेका छन्। अब आगलागीका घटना बढ्ने भएकाले सचेत हुन गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: