Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

नेकपा (बहुमत) काठमाडौंले घोषणा गर्यो सरकारविरोधी दस्ता

भ्रष्ट र दलाल अब हाम्रो निसानामा

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (बहुमत)को काठमाडौं जिल्ला समितिले भ्रष्टाचार, वीत्तीय शोषण र मानव बेचविखन विरोधी दस्ता घोषणा गरेको छ । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान सरकार सबै किसिमका बेथितिको संरक्षक भएकोले आफूहरुले सरकारकोविरुद्धमा संघर्ष छेड्ने उद्घोष गरेको छ ।

पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला इन्चार्ज सागर लिम्बुले वर्तमान सरकारले तमाम् बेथितिविरुद्ध कदम चाल्नु पर्नेमा उल्टै संरक्षण गरेको आरोप लगाए । लिम्बुले त्यसतर्फ कसैले पनि ध्यान नदिएको बताउँदै भने,“केहि दिनमै दस्ता भ्रष्ट तथा दलाहरुविरुद्ध खनिने छ, जसको सुरुवात हामीले गर्नेछौं ।” “भ्रष्टाचार वीत्तीय शोषण मानव बेचबिखन विरोधी दस्ता घोषणा मात्रै हैन निकट भविष्यमा तपाईहरुले त्यसको परिणाम देख्न पाउनु हुनेछ ।” लिम्बुले थपे ।

जिल्ला सेक्रेटरी दर्शन कुमार नेपालीले देशको राजधानी काठमाडौंमै सबैखाले बेथितिको जड भएकोले आफूहरुले दस्ताको निर्माण गरेको जानकारी गरे । सेक्रेटरी नेपालीले देशमा मौलाउँदै गइरहेको भ्रष्टाचार, वीत्तीय शोषण, कालाबजारी, मानव बेचबिखन, सामाजिक असमानता, प्राकृतिक स्रोतसाधन माथिको व्यक्तिगत नियन्त्रण र अस्थिरता जस्ता विषयमा न्यायका पक्षधरहरुलाई एकताबद्ध गर्न सचेतपूर्ण संघर्ष र पहल कदमीको आवश्यकता रहेको छ । यो आवश्यकतालाई मध्यनजर गर्दै दस्ताको निर्माण गरेको बताए ।

सो कार्यक्रममा भक्तपुर जिल्ला इन्चर्ज प्रतिमा बजगाई, काठमाडौं जिल्ला संयोजक रामहरी पोखरेल, अखिल (क्रान्तिकारी) बागमती प्रदेश संयोक मिम ऐडीको उपस्थिति रहेको थियो ।

दस्ताको संघर्षको माथि ?
१) परिवर्तनकारी न्यायका पक्षधर आम जनसमुदायलाई भ्रष्टाचार वित्तिय शोषण, मानव बेचविखन अन्याय अत्याचारका विरुद्ध संगठित गर्दै संघर्ष  गर्ने ।
२) सार्वजनिक सम्पत्तिको निजीकरण, दामासाहिकरणका विरुद्ध सम्बन्धित क्षेत्रका सरोकारवाला जनताहरुसंग सहकार्य गर्दै संघर्ष गर्ने ।
३) सरकारी तथा गैरसरकारी क्षेत्रमा हुने भ्रष्टाचार कमिसनखोरका विरुद्ध संघर्ष गर्ने ।
४) भुमि, शिक्षा र स्वास्थ क्षेत्रका सबैखाले माफियाकरणको बिरुद्ध आम जनसमुदायको उपस्थिति सहित संघर्ष गर्ने ।
५) जमिन माथि हुने विभिन्न खालका अवैध चलखेलका विरुद्ध पीडितहरु सहितको संघर्ष गर्ने ।
६) घर जग्गा र उद्योग धितो राखि लघुवित्त, सहकारी र बैंकहरुले अवैज्ञानिक ढंगवाट ब्यक्तिगत सम्पत्ति लिलाम गरि घरवारविहीन बनाउने प्रक्रिया र मिटर ब्याजको विरुद्ध पीडितहरुसंग सहकार्य गरि संघर्ष गर्ने ।
७) सरकारी संघ÷संस्थामा स्थापित निजि बैंकको विस्थापन र सरकारी बैंक स्थापनाको लागी संघर्ष गर्ने ।
८) वैदेशिक ठगिमा परेका व्यक्ति वा समुहको उद्दार तथा न्यायको लागि संघर्ष गर्ने ।
९) विभिन्न मेनपावर र कन्सल्ट्यान्सी लगाएत अन्य क्षेत्रवाट हुने अबैध मानव तस्करिका विरुद्ध संघर्ष गर्ने ।
१०) शैक्षिक क्षेत्रमा भइरहेको सबैखाले विभेद, शोषण, अनियमितता, असमानता र चर्को सुल्क असुलीका विरुद्ध संघर्ष गर्ने ।
११) सार्वजनिक सेवा क्षेत्रमा सम्बद्ध रहेका व्यक्तिहरूको निजि क्षेत्रमा गरिएको लगानी फिर्ता गर्न संघर्ष गर्ने ।
१२) स्थानीय तहमा भइरहेको अनियमियता, भ्रष्टचार र गलत कार्यको विरुद्ध संघर्ष गरिनेछ ।
१३) लागुऔषद नियन्त्रणका लागी सम्बन्धित निकायहरुसंग सहकार्य गरि संघर्ष गर्ने ।
१४) लफ्सिफेदी स्थित बोझेनीका स्थानीय जनताको जग्गा अधिग्रहण प्रक्रिया विरुद्ध संघर्ष गर्ने ।
१५, नेवारी लगायत सार्वजनिक गुठीहरुको निजीकरणको विरुद्ध संघर्ष गर्ने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending