नुवाकोट । नुवाकोटको छापडाँडाँमा बसले किच्दा महिलाको मृत्यु भएको छ। तारकेश्वर गाउँपालिका–१, छापडाँडाँमा बसले किचेर सोही ठाउँकी ३७ वर्षीया मञ्जु तामाङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार काठमाडौंबाट नुवाकोटको बट्टार हुँदै लर्केपतर्फ जाँदै गरेको बा२ख ६८०४ नम्बरको यात्रु बसले उनलाई किचेको हो । आफन्तको घेवामा गएर फर्कँदै गर्दा तारकेश्वर–५ निग्लेनीबाट श्रीमान श्रीमती उक्त बसमा चढेका र ओर्लने क्रममा बसले किचेको प्रहरी निरीक्षक श्रीकृष्ण बानियाँले बताए।
बसबाट ओर्लेर सहचालकलाई भाडा तिरिरहेका श्रीमानलाई कुर्ने क्रममा मन्जुलाई बसको टायरले किचेको प्रहरीले जनाएको छ। तामाङको शव त्रिशूली अस्पतालमा पोस्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ।
मृतकका आफन्तले घटनाको दोषीलाई कारबाही गरिनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन्। बसधनी तथा बस समितिले मृतकका परिवारलाई कानुनअनुसार क्षतिपूर्ति दिने सहमति गरेका छन्। घटनाका विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - २१:२७
काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...
आषाढ़ ३२ गते, २०८३ - २१:१३
ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...
आषाढ़ ३२ गते, २०८३ - २१:०५
अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...
आषाढ़ ३२ गते, २०८३ - २०:५६
काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...



प्रतिकृया लेख्नुहोस्: