नुवाकोट । नुवाकोटको छापडाँडाँमा बसले किच्दा महिलाको मृत्यु भएको छ। तारकेश्वर गाउँपालिका–१, छापडाँडाँमा बसले किचेर सोही ठाउँकी ३७ वर्षीया मञ्जु तामाङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार काठमाडौंबाट नुवाकोटको बट्टार हुँदै लर्केपतर्फ जाँदै गरेको बा२ख ६८०४ नम्बरको यात्रु बसले उनलाई किचेको हो । आफन्तको घेवामा गएर फर्कँदै गर्दा तारकेश्वर–५ निग्लेनीबाट श्रीमान श्रीमती उक्त बसमा चढेका र ओर्लने क्रममा बसले किचेको प्रहरी निरीक्षक श्रीकृष्ण बानियाँले बताए।
बसबाट ओर्लेर सहचालकलाई भाडा तिरिरहेका श्रीमानलाई कुर्ने क्रममा मन्जुलाई बसको टायरले किचेको प्रहरीले जनाएको छ। तामाङको शव त्रिशूली अस्पतालमा पोस्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ।
मृतकका आफन्तले घटनाको दोषीलाई कारबाही गरिनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन्। बसधनी तथा बस समितिले मृतकका परिवारलाई कानुनअनुसार क्षतिपूर्ति दिने सहमति गरेका छन्। घटनाका विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - ०८:४९
काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा अत्यधिक झण्डा प्रयोग नहोस् भन्ने उद्देश्यसहित नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आगामी फागुन २१ गत...
पौष २ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रह...
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन




प्रतिकृया लेख्नुहोस्: