काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग नेपालले तेस्रो राष्ट्रिय सम्मेलनको तयारी सुरु गरेको छ । सम्मेलनका लागि प्रदेश बैठकदेखि विभिन्न उपसमितिहरु गठन गरेको छ ।
सम्मेलनको मूल व्यवस्थापन संगठनका अध्यक्ष शेर्पाली र केन्द्रीय सदस्यहरुले गर्नेछन् भने राजनैतिक तथा संगठन प्रतिवेदन उपसमितिमा अध्यक्ष शेर्पाली, महासचिव गणेश शाही लगायतले गर्नेछन् ।
संगठनात्मक कार्यविधि, निर्वाचन कार्यविधि र विधान संशोधन प्रस्ताव कार्यदलमा बरिस्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ क।कसम, मीन बहादुर घर्ति, ललित श्रेष्ठ लगायत छन् ।
अतिथि व्यवस्थापन तथा समन्वय उपसमिति, स्वास्थ उपसमिति, अनुशासन तथा आचार संहिता अनुगमन समिति, निर्वाचन उपसमिति, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, स्वयंसेवक परिचालन लगायतका विभिन्न उपसमितिहरु बनाएर सम्मेलन भव्य रुपमा सफल पार्न लागिरहेको शेर्पालीले बताए । साथै बैठकबाट स्थानीय, जिल्ला तथा प्रदेशहरुको पनि बैठक मिति तय गरेर परिपत्र जारी गरेका छन् ।
सम्मेलनको मूल नारा ‘उद्यमशिलता, नवप्रवर्द्धन र स्वरोजगारका लागि आजको युवा आन्दोलन । सुशासन, सामाजिक न्याय, नेपाल समृद्धि र सामाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन’ पनि तय गरेको छ ।
सुशासनको पक्षमा माओवादीले राखेको अडानले जनतामा गएको सकारात्मक सन्देश र कार्यकर्ताको उत्साहलाई शक्तिमा बदलेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन वाइसीएलको भूमिका महत्वपूर्ण रहेको र संगठनलाई थप मजबुत बनाउँदै अगाडि बढाउनुपर्ने अध्यक्ष शेर्पालीले बताए ।
गत फागुन २७ गते अध्यक्ष शेर्पालीको अध्यक्षतामा बसेको बैठकले २०८२ जेठ १७ देखि १९ सम्म काठमाडौंमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो । सम्मेलनमा पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहने छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - २१:२७
काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...
आषाढ़ ३२ गते, २०८३ - २१:१३
ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...
आषाढ़ ३२ गते, २०८३ - २१:०५
अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...
आषाढ़ ३२ गते, २०८३ - २०:५६
काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...



प्रतिकृया लेख्नुहोस्: