काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग,नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको मिति तय भएको छ ।
गत फागुन २७ गते वाइसीएल अध्यक्ष सुबोधराज शेर्पालीको अध्यक्षता र पार्टी अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा बसेको भर्चुअल बैठकबाट २०८२ साल जेठ १७ गतेदेखि १९ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको हो ।
पार्टी अध्यक्ष दाहालसंगै पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेत, संगठनका इन्चार्ज राम प्रसाद सापकोटा क.दिपशिखाको विशेष आतिथ्यता सहित सुरु भएको उक्त बैठकबाट प्रदेश बैठकदेखि राष्ट्रिय सम्मेलनको लागि विभिन्न उपसमितिहरु समेत गठन गरि सम्मेलनको तयारी सुरु गरेका छन् ।
पछिल्लो समय सत्तामा रहदा होस वा बाहिर सुशासनको पक्षमा माओवादी केन्द्रले राखेको अडानको कारण जनता गएको सकारात्मक सन्देश र कार्यकर्तामा स्वस्फूर्त रुपमा पैदा भएको उत्साहलाई शक्तिमा बदलेर पार्टीलाई नयाँ ढंगले अगाडि लैजान वाइसीएल संगठनको महत्त्वपूर्ण भुमिका रहेको भन्दै संगठनलाई मजबुत बनाउदै लैजान र राष्ट्रिय सम्मेलनको भव्य तयारी गर्न अध्यक्ष प्रचण्ड मले वाइसीएल केन्द्रीय कमिटीको बैठक मार्फत निर्देशन गरेको वाइसीएल नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले बताए ।
पछिल्लो नयाँ युवा पुस्तामा माओवादीको उपस्थिति कम भएको कारण, युवाहरुमा रहेको नकारात्मक भ्रम चिर्न पनि राष्ट्रिय सम्मेलनले विशेष योगदान पुर्याउने अध्यक्ष शेर्पालीले बताए । उनले भने ' अबको वाइसीएल जहाँ युवा उभिन्छ त्यहाँ वाइसीएल देखिन्छ, जहाँ युवाहरूको मुद्दा ब्युतिन्छ त्यहाँ वाइसीएलको बलियो प्रतिबद्धता रहन्छ ।'
बैठकले राष्ट्रिय सम्मेलनको मुल नारा ' उद्यमशिलता, नवप्रवर्दन र स्वरोजगारका लागि आजको युवा आन्दोलन । सुशासन, सामाजिक न्याय, नेपाल सम्बद्धि र सामाजबादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन' भन्ने तय भएको छ ।
सम्मेलनको मुल व्यवस्थापन संगठनका अध्यक्ष सुवोधराज शेर्पाली र केन्द्रीय सदस्यहरुले गर्नेछन् भने राजनैतिक तथा संगठन प्रतिवेदन उपसमितिमा अध्यक्ष शेर्पाली, महासचिव गणेश शाही लगायतले गर्नेछन् । संगठनात्मक कार्यविधि, निर्वाचन कार्यविधि र विधान संशोधन प्रस्ताव कार्यदलमा बरिस्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ क.कसम, मीन बहादुर घर्ति, ललित श्रेष्ठ लगायत छन् ।
त्यसैगरी अतिथि व्यवस्थापन तथा समन्वय उपसमिति , स्वास्थ उपसमिति,अनुशासन तथा आचार संहिता अनुगमन समिति, निर्वाचन उपसमिति, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, स्वयंसेवक परिचालन लगायतका विभिन्न उपसमितिहरु बनाएर सम्मेलन भव्य रुपमा सफल पार्न लागिरहेको वाइसीएल नेपालले बताए । साथै बैठकबाट स्थानीय, जिल्ला तथा प्रदेशहरुको पनि बैठक मिति तय गरेर परिपत्र जारी गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: