Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

विभिन्न स्थानमाा भएकाे आगलागीबाट लाखाैंकाे क्षती

खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न स्थानमाा भएकाे आगलागीबाट लाखाैंकाे क्षती भएकाे छ । पाँचथर, संखुवाससभा, खाेटाङ, कन्चनपुर र सल्यानमा आगलागी भएकाे हाे ।

पाँचथरकाे तुम्वेवा गाउँपालिका-५ हाङगुमस्थित सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने पदम लाल तामाङको घर र गोठमा समेत बुधबार दिउँसो आगलागी हुँदा करिब १० लाख ५७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको   छ ।

कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-५ बम्पुर टोल बस्ने नैन सिंह बिष्टको गोठमा बुधबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

संखुवासभाकाे चैनपुर नगरपालिका-११ डाँडागाउँ बस्ने बिनोद राईको घरमा बुधबार राति लागेको आगो फैलिएर उनकै भाइ दिल कुमार राईको घर समेत पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।  

यसैगरी संखुवासभाकै  खाँदबारी नगरपालिका-१ पोखरी बजार बस्ने रामु विश्वकर्माको घरमा बिहीबार बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

खोटाङकाे ऐसेलुखर्क गाउँपालिका-३ लबुवास्थित सामुदायिक वनमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नर बहादुर राईको २ वटा घर र उनको छोराको १ वटा घर जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।  

यसैगगरी सल्यानकाे कालिमाटी गाउँपालिका-२ खैरिकाँडा बस्ने ४५ वर्षीय केशलाल वलीको घर र गोठमा गए राति लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ५२ वर्षीय प्रेम बहादुर बिकको घर समेत पूर्णरूपमा जलेर करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको प्रमुख सचेतकमा दुलाल नियुक्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरेको छ । सिन्धुपाल्चो...

संसद्मा बादलको अभिव्यक्ति त्रुटिपूर्ण ठहर, पार्टीले सच्यायो धारणा

संसद्मा के भनेका थिए बादलले?

गोरखा बचत तथा ऋण सहकारीमा ४ अर्ब १२ करोड अपचलन आरोप, चार पक्राउ

काठमाडौं । गोरखा बचत तथा ऋण सहकारी संस्थामा ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संस्थाक...

रात्रिकालीन बससेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ ।    ललितपुरको...

विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग

काठमाडौं । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने उल्लेखप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन म...

रास्वपाले वाचापत्रको प्रतिबद्धता कार्यान्वयन कहिले गर्ने ?

वाचापत्र र कानुनी व्यवस्थाबीचको अन्तर

हाँडीगाउँमा यसरी मनाइयो गहना खोज्ने जात्रा (तस्बिरहरू)

  काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा ...

गुणस्तरीय स्वास्थ्य सेवा सुधारका योजना बनाउँदै बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान

काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि स...

भेरी नदीमा डुबेका एसईई परीक्षार्थीको मृत्यु

सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्...

'धनकी देवी' भनिने चिनियाँ महिला ठूलो क्रिप्टोकरेन्सी ठगि प्रकरणमा दोषी ठहर

काठमाडौँ । एक चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय ठगी अनुसन्धानको सम्बन्धमा दोषी ठहर गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भनिएको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending