बागलुङ । स्वतन्त्र विद्यार्थी यूनियनको नयाँ नेतृत्वका लागि बागलुङस्थित धवलागिरि बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा अनेरास्ववियुकी आश्मिन शेख विजयी भएको छन।
बुधबार विहान सम्पन्न मत परिणामअनुसार अखिल संयुक्तबाट उम्मेदवार बनेकी अनेरास्ववियुकी शेखले ५५२ मत प्राप्त गरी विजयी भएको हो । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघकी सृष्टि आचार्यले ४९१ ले मत प्राप्त गरे।
सभापतिमा उम्मेदवारी दिए पनि नेविसंघकी उम्मेदवार आचार्यलाई समर्थन गरेका दिपक सुवेदीले ७ मत प्राप्त गरे। शेख धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित हुने पहिलो महिला बनेको छिन ।
सचिवमा नेविसंघका सचिन हरिजन ५३४ मत प्राप्तगरी विजयी भएको छन । उनका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारी ९अखिल संयुक्त प्यानल० का रुद्रबहादुर पुनले ५०९ मत प्राप्त गरिन। कोषाध्यक्षमा पनि नेविसंघका बिशाल थापाले ६५४ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्त प्यानलकी रेशा शर्माले ३८४ मत प्राप्त गरिन।
सदस्यहरूमा नेविसंघका ७ र अनेरास्ववियका १ जना उम्मेदवार विजयी भएका छन् । नेविसंघका प्रशान्त सुवेदीले ६१२, दीपसागर सुवेदीले ६११, सुदिप घर्ती मगरले ५५८, सृष्टि घर्तीले ५४३, सुवासबाबु घर्तीले ५२२, सेमान्त शर्माले ५१८ र शुभम राजभण्डारीले ४९६ र अनेरास्ववियुका विकल्प घर्ती मगरले ५६४ मत प्राप्त गरी विजयी भएका हुन् ।
बागलुङको एक मात्र आङ्गिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसमा मंगलबार भएको मतदानमा १ हजार ५९ मत खसेको थियो । क्याम्पसमा १ हजार ४ सय ७६ मतदाता रहेका थिए । निर्वाचनमा कांग्रेसले नेविसंघको एकल प्यानल बनाएको थियो । एमाले, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस र राप्रपाको संयुक्त प्यानल बनाएर निर्वाचनमा सहभागी भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: