Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

युद्धकालिन समयमा बेपत्ता छोरो घर फर्किने आशामा ८५ वर्षीया आमा दुर्गाकुमारी

कमसेकम यो समाचार हेरिसकेपछि कान्छो हामीलाई सम्झेर आउँछ कि !

खबरडबली संवाददाता

महोत्तरी  । “मेरो हृदय भन्छ, एक दिन मेरो छोरा फर्किन्छ,” उमेरले ८५ वर्ष पुगिसकेकी बर्दिबास नगरपालिका–३, पाटु की एक आमा दुर्गा कुमारीलाई छोरो फर्केर आउने आस मरिसकेको छैन । ‘बुढेसकाल भयो, आज मर्छु कि भोलि । कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थेँ होला,’ गहभरि आँसु बनाउँदै दुर्गाकुमारीले भनिन्, ‘मरेको प्रमाणित भए बरु किरिया गर्थेँ ।’

२२ वर्ष अघि २०५९ साल जेठ २० गते दाजु गोविन्द कार्कीलाई भेट्न भनेर निस्केका कान्छो छोरा रामबाबु कार्की त्यस पछि अहिले सम्म घर फर्किएका छैनन् ।

युद्धकालीन सो समयमा दुर्गाकुमारीले रेडियोमा बज्दै गरेको सेना र माओवादी लडाकुबिच भिडन्त भएको र मानिसहरू मरिरहेको समाचार रेडियोबाट सुनेकी थिइन् ।२०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउँदै समाचार सुनिरहेको आमा दुर्गाकुमारीको मानसपटलमा अझै ताजै छ ।

केही दिनअघि मात्र काठमाडौँबाट क्याम्पस बिदाको मौका पारेर घर आएका रामबाबु समाचार सकिएपछि नजिकै आएर भने, ‘आमा, म ठुलादाजुलाई भेट्न लमजुङ जान्छु ।’

रामबाबुले जेठो दाजुलाई भेट्न बेसीसहर जाने जिद्दी गर्न थाले । यति टाढा युद्धकालीन अवस्थामा लक्का जवान २२ बर्से कान्छो छोरालाई पठाउन आमाको मन पटक्कै मानेको थिएन । तर, छोराले जिद्दी गर्न थाले पछि आमा दुर्गाले भारी मन बनाउँदै पठाउन बाध्य भइन्।

’प्रतिकूल अवस्थामा दाजु गोविन्द कार्कीलाई भेट्न आमाबाबुसँग बिदा भएर छुटेका छोरा एकाएक हराए । भाइ भेट्न आउँदै गरेको समाचार थाहा पाएर कुरिरहेका दाजु कुरेको कुर्यै भए । भाइ न दाजुसँग पुगे, न फर्किएर घरै आए ।’ आमा दुर्गा कुमारीले भन्नुभयो ।

रामबाबुका बाबु डम्बरबहादुरलाई पनि श्रीमतीले  भनेजस्तै छोरा जिउँदै छ भन्ने आस रहेको बताउँछन् ।उनले भने, ’मेरो हृदयले भन्छ– छोरो फर्केर आउँछ,’

रामबाबु तीन दाजुभाइमा कान्छो हो । माइला दाजु मोहन कार्की रिटायर नेपाल आर्मी हुन् भने जेठा गोविन्द विद्युत् प्राधिकरणका रिटायर कर्मचारी हुन् । दुवै दाजुहरूको जागिरे भएको हुँदा रामबाबुलाई पढाइमा खासै समस्या थिएन । उनी काठमाडौँको एक क्याम्पसमा डिप्लोमा अध्ययनरत थिए।

आमा दुर्गा कुमारी भन्छिन्, ’कतिपय आफन्तले रामबाबुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउँछन् । तर मनले मानेको छैन’

लमजुङमा अझ सरकारी र विद्रोही पक्षबिच बेलाबेला झडप भइरहन्थ्यो । जिल्लामा कैयौँ मानिस मरेका समाचार बज्थे । त्यसैले धेरै जनाले उक्त अवस्थामा लमजुङ जाँदा रामबाबु पनि दोहोरो भिडन्तमा परेको हुन सक्ने आशङ्का गर्छन् । तर, आमाको मन न हो, दुर्गाकुमारीलाई अहिले पनि छोरा कतै जिउँदै छ भन्ने लागिरहेकै छ ।

दुर्गाकुमारी भन्छिन, ’सरकारले पनि छोराको खोजी गरिदेओस् , ‘कि सास, कि लासको यकिन गर्दिनुपर्‍यो नि ,’

छोरा फर्किने आस अझ जीवित नै रहेकोले अंशबन्डा समेत नगरेको बताउँदै उनले भनिन्, ’भाइ हराएपछि दाजु गोविन्दले पनि धेरै खोजी गरे । युद्धकै अवस्थामा उनले माओवादी कमान्डरहरूसँग सम्पर्क गरेर भाइको अवस्था पत्ता लगाउन खोजे । आर्मी, प्रहरीका उच्च पदस्थहरूसँग पनि सोधखोज गरे । तर, भाइको विषयमा कतैबाट यकिन जानकारी पाएनन् । ‘जेठो र माइलोले अब भाग लगाउनुपर्छ भन्छन् । तर, म मानेकी छैन,’ उनले भनिन्, ‘कमसेकम मरे÷बाँचेको टुङ्गो त लाग्नुपर्‍यो नि !’

अहिले दुर्गाकुमारीलाई  हिँडडुल गर्न समेत गाह्रो हुन्छ लौराको सहाराले यताउता हिँडडुल गर्छिन् । उनी मात्र होइन, पति डम्बरबहादुर पनि लौराको सहाराबिना यताउता गर्न नसक्ने अवस्थामा छन्  । जेठा र माइला छोरा भिन्नै घर बनाएर बसेका छन् । यतिको उमेरमा पनि दुर्गाकुमारी आफैँ खाना पकाउँछिन् र पति–पत्नी मिलेर खान्छन् । उनले छोरो फर्किने आसले ऊर्जा आउने गरेको बताउँछिन् ।

रामबाबुका बाबु डम्बरबहादुरले भने, ’कमसेकम यो समाचार हेरिसकेपछि कान्छो हामीलाई सम्झेर  आउँछ कि।’ दुर्गाकुमारीले पनि ‘अब तपाईँहरूले समाचार छापी दिएपछि, कहीँ कतैबाट समाचार हेरेर भए पनि छोरो घर फर्किन्छ कि !’

सङ्क्रमणकालीन अवस्थामा बेपत्ता भएकाहरूको खोजी र छानबिन गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनेका छन् । कानुनसमेत बनिसकेको छ । तर, अझै बेपत्ता भएकाहरूको नामसमेत सूचीकृत हुन सकेको छैन । अहिलेसम्म रामबाबुजस्ता बेपत्ता भएका परिवारले ३ हजार २८८ वटा उजुरी दर्ता गराएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जनाएको छ ।

आयोगमा दर्ता भएकामध्ये ४१४ वटा उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार पर्ने गरी पठाइएकामा १३७ उजुरी फिर्ता आएको आयोगको अभिलेखमा उल्लेख छ । जसमध्ये १३६ उजुरी दोहोरो परेकाले लगत कट्टा गरिएको, २९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोगबाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फर्स्योट भएको र तामेलीमा राखिएकामध्ये ८ वटा उजुरीमा कारबाही प्रक्रिया अघि बढाइएको आर्थिक वर्ष २०७९÷८० मा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

मधेस प्रदेशमा पनि अहिलेसम्म २१५ वटा उजुरी परेको आयोगले जनाएको छ । जसमध्ये विस्तृत छानबिनका लागि १५३, प्रारम्भिक छानबिनका लागि ७ वटा, तामेलीमा राखिएका १२ वटा, दोहोरो परेर लगत कट्टा गरिएका ६ वटा, सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइएका ३३ वटा छन् । जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भइसकेको छ ।

तर, सूचनाको पहुँच तथा सरोकारवालाको बेवास्ताले न रामबाबु जस्ता बेपत्ता व्यक्तिहरूको खोजबिन भएको छ, न त कुनै अभिलेख नै राखिएको छ । त्यसैले दुर्गाकुमारीजस्ता सयौँ परिवारका सदस्यले रामबाबु जस्तै बेपत्ता बनेकाहरूको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले थुनियो पृथ्वी राजमार्ग, अर्को सूचना नआएसम्म सबै सवारी आवागमन बन्द

काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...

श्रीमती कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ, पाँच दिनदेखि प्रहरी हिरासतमा

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...

स्कुलबाट घर फर्किरहेका विद्यार्थीमाथि बाँदरको आक्रमण, हातमा ८ टाँका

अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...

बिरामीमाथि सरकारको नयाँ प्रहार: निजी अस्पतालमा उपचार गराउँदा अब अनिवार्य ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending