Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८२ बुधबार | 30th April, 2025 Wed
Investment bank

युद्धकालिन समयमा बेपत्ता छोरो घर फर्किने आशामा ८५ वर्षीया आमा दुर्गाकुमारी

कमसेकम यो समाचार हेरिसकेपछि कान्छो हामीलाई सम्झेर आउँछ कि !

खबरडबली संवाददाता

महोत्तरी  । “मेरो हृदय भन्छ, एक दिन मेरो छोरा फर्किन्छ,” उमेरले ८५ वर्ष पुगिसकेकी बर्दिबास नगरपालिका–३, पाटु की एक आमा दुर्गा कुमारीलाई छोरो फर्केर आउने आस मरिसकेको छैन । ‘बुढेसकाल भयो, आज मर्छु कि भोलि । कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थेँ होला,’ गहभरि आँसु बनाउँदै दुर्गाकुमारीले भनिन्, ‘मरेको प्रमाणित भए बरु किरिया गर्थेँ ।’

२२ वर्ष अघि २०५९ साल जेठ २० गते दाजु गोविन्द कार्कीलाई भेट्न भनेर निस्केका कान्छो छोरा रामबाबु कार्की त्यस पछि अहिले सम्म घर फर्किएका छैनन् ।

युद्धकालीन सो समयमा दुर्गाकुमारीले रेडियोमा बज्दै गरेको सेना र माओवादी लडाकुबिच भिडन्त भएको र मानिसहरू मरिरहेको समाचार रेडियोबाट सुनेकी थिइन् ।२०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउँदै समाचार सुनिरहेको आमा दुर्गाकुमारीको मानसपटलमा अझै ताजै छ ।

केही दिनअघि मात्र काठमाडौँबाट क्याम्पस बिदाको मौका पारेर घर आएका रामबाबु समाचार सकिएपछि नजिकै आएर भने, ‘आमा, म ठुलादाजुलाई भेट्न लमजुङ जान्छु ।’

रामबाबुले जेठो दाजुलाई भेट्न बेसीसहर जाने जिद्दी गर्न थाले । यति टाढा युद्धकालीन अवस्थामा लक्का जवान २२ बर्से कान्छो छोरालाई पठाउन आमाको मन पटक्कै मानेको थिएन । तर, छोराले जिद्दी गर्न थाले पछि आमा दुर्गाले भारी मन बनाउँदै पठाउन बाध्य भइन्।

’प्रतिकूल अवस्थामा दाजु गोविन्द कार्कीलाई भेट्न आमाबाबुसँग बिदा भएर छुटेका छोरा एकाएक हराए । भाइ भेट्न आउँदै गरेको समाचार थाहा पाएर कुरिरहेका दाजु कुरेको कुर्यै भए । भाइ न दाजुसँग पुगे, न फर्किएर घरै आए ।’ आमा दुर्गा कुमारीले भन्नुभयो ।

रामबाबुका बाबु डम्बरबहादुरलाई पनि श्रीमतीले  भनेजस्तै छोरा जिउँदै छ भन्ने आस रहेको बताउँछन् ।उनले भने, ’मेरो हृदयले भन्छ– छोरो फर्केर आउँछ,’

रामबाबु तीन दाजुभाइमा कान्छो हो । माइला दाजु मोहन कार्की रिटायर नेपाल आर्मी हुन् भने जेठा गोविन्द विद्युत् प्राधिकरणका रिटायर कर्मचारी हुन् । दुवै दाजुहरूको जागिरे भएको हुँदा रामबाबुलाई पढाइमा खासै समस्या थिएन । उनी काठमाडौँको एक क्याम्पसमा डिप्लोमा अध्ययनरत थिए।

आमा दुर्गा कुमारी भन्छिन्, ’कतिपय आफन्तले रामबाबुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउँछन् । तर मनले मानेको छैन’

लमजुङमा अझ सरकारी र विद्रोही पक्षबिच बेलाबेला झडप भइरहन्थ्यो । जिल्लामा कैयौँ मानिस मरेका समाचार बज्थे । त्यसैले धेरै जनाले उक्त अवस्थामा लमजुङ जाँदा रामबाबु पनि दोहोरो भिडन्तमा परेको हुन सक्ने आशङ्का गर्छन् । तर, आमाको मन न हो, दुर्गाकुमारीलाई अहिले पनि छोरा कतै जिउँदै छ भन्ने लागिरहेकै छ ।

दुर्गाकुमारी भन्छिन, ’सरकारले पनि छोराको खोजी गरिदेओस् , ‘कि सास, कि लासको यकिन गर्दिनुपर्‍यो नि ,’

छोरा फर्किने आस अझ जीवित नै रहेकोले अंशबन्डा समेत नगरेको बताउँदै उनले भनिन्, ’भाइ हराएपछि दाजु गोविन्दले पनि धेरै खोजी गरे । युद्धकै अवस्थामा उनले माओवादी कमान्डरहरूसँग सम्पर्क गरेर भाइको अवस्था पत्ता लगाउन खोजे । आर्मी, प्रहरीका उच्च पदस्थहरूसँग पनि सोधखोज गरे । तर, भाइको विषयमा कतैबाट यकिन जानकारी पाएनन् । ‘जेठो र माइलोले अब भाग लगाउनुपर्छ भन्छन् । तर, म मानेकी छैन,’ उनले भनिन्, ‘कमसेकम मरे÷बाँचेको टुङ्गो त लाग्नुपर्‍यो नि !’

अहिले दुर्गाकुमारीलाई  हिँडडुल गर्न समेत गाह्रो हुन्छ लौराको सहाराले यताउता हिँडडुल गर्छिन् । उनी मात्र होइन, पति डम्बरबहादुर पनि लौराको सहाराबिना यताउता गर्न नसक्ने अवस्थामा छन्  । जेठा र माइला छोरा भिन्नै घर बनाएर बसेका छन् । यतिको उमेरमा पनि दुर्गाकुमारी आफैँ खाना पकाउँछिन् र पति–पत्नी मिलेर खान्छन् । उनले छोरो फर्किने आसले ऊर्जा आउने गरेको बताउँछिन् ।

रामबाबुका बाबु डम्बरबहादुरले भने, ’कमसेकम यो समाचार हेरिसकेपछि कान्छो हामीलाई सम्झेर  आउँछ कि।’ दुर्गाकुमारीले पनि ‘अब तपाईँहरूले समाचार छापी दिएपछि, कहीँ कतैबाट समाचार हेरेर भए पनि छोरो घर फर्किन्छ कि !’

सङ्क्रमणकालीन अवस्थामा बेपत्ता भएकाहरूको खोजी र छानबिन गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनेका छन् । कानुनसमेत बनिसकेको छ । तर, अझै बेपत्ता भएकाहरूको नामसमेत सूचीकृत हुन सकेको छैन । अहिलेसम्म रामबाबुजस्ता बेपत्ता भएका परिवारले ३ हजार २८८ वटा उजुरी दर्ता गराएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जनाएको छ ।

आयोगमा दर्ता भएकामध्ये ४१४ वटा उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार पर्ने गरी पठाइएकामा १३७ उजुरी फिर्ता आएको आयोगको अभिलेखमा उल्लेख छ । जसमध्ये १३६ उजुरी दोहोरो परेकाले लगत कट्टा गरिएको, २९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोगबाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फर्स्योट भएको र तामेलीमा राखिएकामध्ये ८ वटा उजुरीमा कारबाही प्रक्रिया अघि बढाइएको आर्थिक वर्ष २०७९÷८० मा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

मधेस प्रदेशमा पनि अहिलेसम्म २१५ वटा उजुरी परेको आयोगले जनाएको छ । जसमध्ये विस्तृत छानबिनका लागि १५३, प्रारम्भिक छानबिनका लागि ७ वटा, तामेलीमा राखिएका १२ वटा, दोहोरो परेर लगत कट्टा गरिएका ६ वटा, सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइएका ३३ वटा छन् । जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भइसकेको छ ।

तर, सूचनाको पहुँच तथा सरोकारवालाको बेवास्ताले न रामबाबु जस्ता बेपत्ता व्यक्तिहरूको खोजबिन भएको छ, न त कुनै अभिलेख नै राखिएको छ । त्यसैले दुर्गाकुमारीजस्ता सयौँ परिवारका सदस्यले रामबाबु जस्तै बेपत्ता बनेकाहरूको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा दुईवटा औषधि पसल सिल

ओखलढुंगा । ओखलढुंगामा सरकारले तोकेको मापदण्ड विपरीतका औषधिहरु बिक्री गर्ने दुई वटा औषधि पसलमा सिल गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ४ मा रहेको प...

सरकारी सम्पतीकाे दुरुपयाेगः उपमहानगरकाे गाडी सिक्ने क्रममा दुर्घटना हुँदा दुईजना घाइते, शाखा अधिकृत पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिकाको गाडीले ठक्कर दिँदा दाङमा चार वर्षिया बालिकासहित दुईजना घाइते भएका छन् । सो गाडी उपमहानगरकी अधिकृत रेवा रावतले चलाएकी थ...

सांसद साहको प्रश्नः तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक ?

स्मृति प्रतिष्ठानको भवनबाट एमालेको कार्यालय तत्काल हटाउन माग

वर्तमान शासन व्यवस्थाको विकल्प छैनः अध्यक्ष प्रचण्ड’

भजनी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था...

राउटे मुखिया सुर्यनाराणको मृत्यु

दैलेख । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटेका मुखिया सुर्यनारायण शाहीको मृत्यु भएको छ । शाहीको सोमबार राति ९ बजे ४९ वर्षको उमेरमा मृत्यु भएको हो ।...

शुक्रबार धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री

विराटनगर । सुनसरीको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा भेटिएको छ ।  शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्...

७९ वटा ऐन एकैपटक संशोधन गर्ने विधेयक संसदबाट पारित

काठमाडौं। ७९ वटा ऐन एकैपटक संशोधन गर्ने ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ प्रतिनिधि सभाबाट पारित भएको छ ।  मंगलबारको सभामा कानुन, न्याय तथा संसदी...

राजनीतिमा युवालाई प्रोत्साहन गर्नुपर्छ, नयाँ जोस, जाँगर र शैली भएकाहरूलाई हामीले सघाउनुपर्छ : हरिवंश आचार्य (अन्तर्वार्ता)

काठमाडाैं । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार...

फोहरजन्य वस्तु बेचेर १४ लाख आम्दानी

तनहुँ ।  व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरेर आठ महिनाको अवधिमा रु १४ लाख आम्दानी गरेको छ । गत भदौदेखि फोहर सङ्कलन गरी व्यवस्थित कार्य थालेको यस...

डिआईजी आचार्यको मधेश प्रदेशको कार्यकाल: १ अरब बढी राजश्व संकलन

रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका तत्कालीन प्रमुख डिआईजी हाल एआईजी लालमणि आचार्यको कार्यकालमा १ अरब भन्दा बढी राजश्व संकलन भएको छ। डिआईज...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending