Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

माओवादीको स्थगित अभियान बिहीबारबाट सुरु हुने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ । फागुन १२ गतेदेखि झापाबाट सुरु भएको अभियान राजावादीहरूले व्यवस्थाविरुद्ध सक्रियता बढाएपछि रौतहटमा आएर स्थगित गरिएको थियो ।

मधेस प्रदेशको बारा र पर्सा बाँकी रहेको छ । अभियानमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू भोलि बाराको सिमरा विमानस्थल ओर्लिने उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज मातृका यादवले जानकारी दिए । 

यादवका अनुसार मधेसको कार्यक्रम सकेर ९ गते चितवनको अभियानमा सहभागी हुने छन् । केन्द्रीय नेताहरू सिम्रौनगढमा बास बस्नेछन् । चितवनको अभियान सकिएपछि फेरि काठमाडौँ फर्किने जानकारी आफूले पाएको उनले बताए । अबको कार्यक्रम लगातार गर्नेभन्दा पनि बिचबिचमा ब्रेक गरेर सञ्चालन हुने यादवले जानकारी दिए । अभियान बिचैमा स्थगित हुँदा बाहिर गलत सन्देश भएकोबारे पार्टीले समीक्षा गरेको उनले बताए । 

‘केन्द्रीय नेतृत्व जिल्लाको अभियानमा केन्द्रित हुँदा काठमाडौँको राजनीतिमा भूमिका खेल्न नसकिने रहेछ । अब पहिलेको जस्तो निरन्तर अभियान हुँदैन । बिच बिचमा ब्रेक गरेर सञ्चालन गर्नेगरी तयारी गरेका छौँ । चितवनसम्मको अभियान चलाएर फेरि काठमाडौँ फर्किनेछौँ । अभियान स्थगित हुँदा बाहिर गलत म्यासेज गएको छ । यी सबैलाई व्यवस्थापन गरी अगाडि बढ्नेछौँ’, यादवले भने । 

यसअघि पूर्वनिर्धारित कार्यक्रम अनुसार बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुने तय भएको थियो ।  यस्तै नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम)मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुने तय भएको थियो ।

यस्तै कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending