बाँके । नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नती सुरु भएको करिब ६ बर्ष बिते पनि अहिलेसम्म निर्माणको काम पूरा हुन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिका सबइन्जिनियर पवन बुढाले पछिल्लो पटक निर्माण कम्पनीलाई गत असारमा काम सक्नेगरी ठेक्का सम्झौता भएको जानकारी दिए ।
उनले भने, ‘पटक–पटक पत्राचार, कारबाही र कालोसूचीमा राख्ने चेतावनीपछि फेरि काम अघि बढेको छ ।’ निर्माण कम्पनीले दुई दिनमा काम सक्ने प्रतिबद्धता जनाएको भन्दै उहाँले काम पूरा नभए कालोसूचीमा राख्ने बताए । उपमहानगरपालिकाले हाल जरिवाना तिराएर काम अघि बढाउन सहमति दिएको हो ।
निर्माण कम्पनीले पटक–पटक सडक निर्माणका लागि बाटो बन्द गराएर सडकमा अलकत्रा हाले पनि अलपत्र छोड्ने गरेको छ । पछिल्लो समय एक हप्ताअघि सडकमा आवागमन अबरुद्ध गराएर अलकत्रा हाले पनि थप निर्माण कार्य अघि नबढेको स्थानीय भोला रानाले बताए ।
बिगतमा सडक पराकिलो बनाउँदा केही घरधनीले घर भत्काउन ढिलाइ गरेका कारण सडक निर्माणमा बिलम्ब भएपछि गतवर्ष फेरि असफाल्ट कालोपत्रे गर्ने गरी नयाँ ठेक्का स्वीकृत गरी काम सुरु गरिएको थियो ।
६ वर्षअघि सडक निर्माण सुरु भए पनि विवादका कारण एसियाली विकास बैँकको परियोजनाले हात झिकेपछी सडक निर्माणको काम अलपत्र परेको थियो । गत माघमा नगरस्तरीय ७५ लाख बजेटमा अस्फाल्ट कालोपत्रेको काम असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी पिके कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । तर दोस्रो पटक पनि सम्झौताअनुसार काम अघि नबढेपछि स्थानीयबासिन्दा आक्रोशित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - २१:२७
काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...
आषाढ़ ३२ गते, २०८३ - २१:१३
ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...
आषाढ़ ३२ गते, २०८३ - २१:०५
अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...
आषाढ़ ३२ गते, २०८३ - २०:५६
काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...



प्रतिकृया लेख्नुहोस्: