काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नै नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारमा जाने कुनै नीति नभएको र नहुने उनले बताएका हुन् ।
साो क्रममा उनले भने, ‘सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौं ।’ कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको भनेर चर्चा भइरहेको भन्दै प्रचण्डले त्यसमा सत्यता नभएको बताए । ‘देशमा संकट आयो भने संकट कसरी समाधान भन्ने हाम्रो विचार त हामी दिन्छौं । तर यही सरकारमा गएर हामी पनि कोट हुने, त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन । बाँकी प्रचार सबै भ्रम हो,’ उनले भने ।
सरकारमा रहेका दलका नेताहरुसँग सत्यनिरुपण र मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको तर माओवादी सरकारमा जानेबारे कसैसँग छलफल नभएको प्रचण्डले जिकिर गरे ।
‘कसैसँग औपचारिक कुरा भएको हो कि भन्ने आएको छ, कुरा पनि कसैसँग भएको छैन,’ उनले भने, ‘अन्यअन्य विषयमा त कुरा हुन्छ, जस्तो टीआरसी, सत्य निरुपणसँग सम्बन्धित, बेपत्तासँग सम्बन्धित कुरा त गर्नु नै पर्छ, मैले गरी पनि राख्या छु । तर सरकार बनाउने बारेमा यो पटक हामी बिल्कुल छैनौं ।’
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठनको सुरुआतदेखि नै माओवादी केन्द्रको ठूलो विमति भएको भन्दै प्रचण्डले सरकारमा मिलनविन्दु नदेखेको बताए ।
आफूहरु भ्रष्टाचार नियन्त्रणको पक्षमा र वर्तमान सरकार भ्रष्टाचारी संरक्षणको पक्षमा रहेको टिप्पणी गर्दै प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने कि भ्रष्टाचारीको रक्षा गर्ने, हामी त्यसमाथि रोक्नुपर्छ भन्ने अभियानका पक्षपाती भयौं । अहिलेको सरकार त्यसलाई बचाउनेको पक्षपाति भएपछि त्यहाँ अहिले सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौं ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - २१:२७
काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...
आषाढ़ ३२ गते, २०८३ - २१:१३
ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...
आषाढ़ ३२ गते, २०८३ - २१:०५
अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...
आषाढ़ ३२ गते, २०८३ - २०:५६
काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...



प्रतिकृया लेख्नुहोस्: