Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

ओलीलाई पन्छाएर माओवादीको सहयोगमा कांग्रेस नेतृत्वकोे सरकार बन्दैछ ?

खबरडबली संवाददाता

काठमाडौं ।  सडकदेखि सदनसम्म राजसंस्थाको पक्ष र विपक्षमा बहस भइरहेकै बेला सरकार परिवर्तनसँगै मन्त्री हेरफेरको चर्चा सुरु भएको छ । अहिले राजसंस्था र पूर्वराजालाई फर्काउने र संविधान र गणतन्त्रको रक्षाका लागि उभिने दुवै पक्ष सडक आन्दोलनसँगै सदनमा चर्काचर्की बहसमा उत्रेका छन् । सोही बहसबीच सरकार परिवर्तन र मन्त्री हेरफेरको चर्चा हुन थालेको हो ।

पछिलो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजिकिँदै गएका छन् । यसबीचमा देउवा र प्रचण्डबीच गोप्य छलफलसमेत भएको स्रोतको दाबी छ । सोहीबीचमा माओवादीका एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढालेर नयाँ सरकार बनाउने संकेत गरेका छन् ।

संघीय संसद् भवन बानेश्वर परिसरमा आइतबार माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले ओली नेतृत्वको सरकार देश र जनताका लागि बोझिलो भइसकेको टिप्पणी गर्दै कांग्रेस र माओवादी केन्द्रबीच सहकार्य गर्दै सरकार बनाउने संकेत गरेका छन् ।

उनले भने, ‘अब गणतन्त्रका पक्षधरहरूबीच सहकार्य गरी अर्काे सरकार बनाउनुपर्ने हुन्छ ।’ सहकार्यको सरकारका लागि माओवादीले एमालेभन्दा कांग्रेससँग नै छलफल चलाउने उनले बताए । एमालेभन्दा कांग्रेस नै बढी प्रगतिशील रहेको दाहालको दाबी छ ।

‘क्रान्ति, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको बीचमा सहकार्य, व्यवस्था र संविधानको रक्षा, संविधानको सफल कार्यान्वयनको प्रक्रियामा एमालेभन्दा कांग्रेस सापेक्षित प्रगतिशील भएको नाताले हाम्रो छलफल कांग्रेससँग बढी हुन्छ,’ दाहालले भने ।

अहिले सडकभन्दा मुख्यतः सरकारमै समस्या रहेको र सरकारमा बसेर व्यवस्थाविरोधी गतिविधि भइरहेको उनको आरोप छ । व्यवस्थाविरोधी गतिविधिलाई निरुत्साहित गर्न, संघीय लोकतान्त्रिक पक्षधरहरू एकठाउँमा उभिन अर्को सरकार बनाउनुपर्ने उनले बताए । उनले माओवादीले गणतन्त्रविरोधीसँग कुनै पनि हालतमा सहकार्य नगर्ने बताए । ‘गणतन्त्रविरोधीहरूसँग हाम्रो सहकार्य हुँदैन, गणतन्त्र पक्षधरहरूको सहकार्यको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ, यो प्रक्रियामा हामी छलफल सुरु गरिराखेका छौं,’ दाहालले भने, ‘प्रारम्भिक छलफल हो, यसले आकार ग्रहण गरिसकेको छैन ।’

प्रधानमन्त्री ओलीको सरकार सञ्चालन गर्ने शैलीले आमजनतामा वितृष्णा पैदा भएको र सडकमा पनि अराजकता बढेको उनले आरोप लगाए । ओली सरकारको गतिविधिले प्रतिगामीलाई फाइदा पुगिरहेको बताउँदै उनले आफूहरू पूर्वराजाको सक्रियताबाट नआत्तिएको तर सरकारको बेथिति र अराजकतालाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

माओवादी केन्द्रका नेताले सरकारै परिवर्तनको कुरा गर्दैगर्दा एमालेका नेता रघुजी पन्तले जनताको चासो सम्बोधनका लागि मन्त्री परिवर्तन गर्नुपर्ने सुझाव प्रधानमन्त्री ओलीलाई दिएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई एमाले स्थायी कमिटी सदस्य पन्तले मन्त्रीहरू परिवर्तन गरी जनताको चासोलाई सम्बोधन गर्नुपर्ने सुझाव प्रतिनिधिसभाको बैठकबाटै दिएका छन् ।

सरकारप्रति प्रश्न उठ्दा मन्त्रीहरूले स्पष्ट जवाफसमेत दिन नसकेको भन्दै उनले मन्त्रीहरू फेर्न सुझाव दिएका हुन् । सांसद पन्तले प्रतिनिधिसभा बैठकमा सांसदहरूलाई बुझेर मात्र प्रश्न गर्न आग्रह गरे । ‘आज कुरा उठ्यो सुविधा दिने विधेयक ल्याइँदै छ, म नाम लिन्नँ, प्रतिपक्षका सांसद गार्ड लिएर हिँड्नुहुन्छ, अहिले सांसद मात्रै हुनुहुन्छ, भन्नुस् न त्यो विधेयक आउँदै छ भन्ने कुरा साँचो हो कि होइन ?’ पन्तले भने ।

सर्वोच्च अदालतको आदेशानुसार नै डेढ वर्षदेखि कानुन मन्त्रालयमा सो विधेयकको ‘ड्राफ्ट’ बनिरहेको उनले बताए । ‘सरकारबाट पावरमा भएकाले अन्धाधुन्ध सुविधा लिए भनेर सर्वोच्च अदालतले जथाभावी नगर, मापदण्ड बनाएर मात्रै देऊ भन्यो, त्यो विधेयकको ड्राफ्ट डेढ वर्षदेखि कानुन मन्त्रालयमा चलिरहेको छ, यो सरकार आएको कति भो ?’ सांसद पन्तले प्रश्न गरे ।

प्रश्न उठाइएछि संसद्मा जवाफ नदिएर मन्त्रीहरूले बाहिर बोलेर हिँडेको भन्दै उनले आपत्ति जनाए । ‘यो त मन्त्रीजीहरूले बोल्नुपर्ने, मन्त्रीजीहरूको पारा देखेर छक्क पर्छु, हिजो प्रकाशमानजीले यो कुरा होइन भनेर पाल्पामा बोल्नुभएछ, आएर त्यही कुरा संसद्मा भने भो नि † भन्नुप¥यो नि आएर, कसरी बनेको ? के कारणले बनेको ? कुन अवस्थामा छ ? सरकारको सोच के छ ? पटक–पटक प्रश्न उठेपछि मन्त्रीहरू कानमा तेल हालेर बस्न मिल्छ ?’ उनले मन्त्रीहरूप्रति आक्रोश पोख्दै भने ।

सांसद पन्तले जनताको चासो सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै भने, ‘म प्रधानमन्त्रीलाई पनि आग्रह गर्छु, जनताको चासोलाई सम्बोधन गरौं, जनताको भावनालाई सम्बोधन गरौं, लोकतन्त्र भनेको जनभावनाअनुसार अघि बढ्ने हो, उहाँको क्याबिनेटले राम्ररी जनताको सेवा गरेको छैन भने यो प्रधानमन्त्रीय व्यवस्था हो, मन्त्रीहरू फेर्ने बेला आयो, पफर्मेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न जरुरी छैन, निश्चय पनि प्रधानमन्त्रीले मूल्यांकन गर्नुभएकै होला ।’ यो समाचार आजको राजधानी दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE